दैनिक हिँड्दा सुध्रन सक्छ वृद्ध महिलाको स्वास्थ्य

दैनिक हिँड्दा सुध्रन सक्छ वृद्ध महिलाको स्वास्थ्य

लोकसंवाद संवाददाता  |  जीवनशैली  |  जेठ २७, २०७६

वासिंटन । स्वस्थ अथवा निरोगी रहनका लागि व्यायाम जरुरी हुन्छ । शारीरिक रूपमा सक्रिय मानिसलाई अन्यको तुलनामा हृदय रोग, मोटोपन, सुगरलगायत रोगको खतरा कम हुन्छ ।

यस्तोमा प्रश्न उठ्न सक्छ- कति समय व्यायाम गर्दा यी रोगबाट बचेर लामो जीवन जिउन सकिन्छ ?

हावर्ड युनिभर्सिटीका प्रोफेसर आइ-मीन लीले आफ्नो शोधमा यसको उत्तर खोजेका छन् । उनका अनुसार दिनमा केवल केही पाइला हिँडेर वृद्ध महिलाले आफूलाई स्वस्थ बनाउन सक्छन् । तर, वृद्ध पुरुषका लागि यो सफल हुन्छ÷हुँदैन, यसबारे अझै पत्ता लागेको छैन ।

दैनिक १० हजार कदम हिँड्नु मानक होइन

स्वस्थ रहनका लागि दैनिक १० हजार पाइला हिँड्नुपर्ने आम बुझाइ छ । तर, पछिल्लो शोधले यसलाई नकारेको छ । स्वस्थ रहनका लागि १० हजार पाइला नै हिँड्नुपर्ने मानक खारेज गरेको छ ।

शोधकर्ताका अनुसार यदि कुनै महिला दिनमा दस हजार कदमभन्दा कम पनि हिँड्छिन् भने उनी स्वस्थ रहन सक्छिन् । यो खबर द न्युयोर्क टाइम्समा छ ।