पोर्चुगलले जित्यो युईएफए नेसन्स लिग

पोर्चुगलले जित्यो युईएफए नेसन्स लिग

लोकसंवाद संवाददाता  |  खेलकुद  |  जेठ २७, २०७६

काठमाडौं, एजेन्सी । आइतबार राति भएको फाइनलमा घरेलु टोली पोर्चुगलले नेदरल्यान्ड्सलाई १–० गोल अन्तरले पराजित गर्दै पोर्चुगलले युईएफए नेसन्स लिग फुटबलको उपाधि जितेको छ ।

गाेन्जालो गुइडेसको गोलमा पोर्चुगलले उपाधि जित्न सफल भएको हो । 

पहिलो हाफसम्म दुवै टिमले गोलरहित बराबरी खेलेका थिए ।

पहिलो हाफमा बराबरी खेलेको पोर्चुगलले ६० औं मिनेटमा गोल गर्न सफल भयो ।

गाेन्जालोको गोलबाट पोर्चुगलले अग्रता बनाएको थियो ।

एक गोलको अग्रता बनाएसँगै पोर्चुगलले रक्षात्मक खेल खेलेको थियो ।

बाँकी समयसम्म नेदरल्यान्ड्सलाई १–० गोलको अवस्थामा रोक्दै पोर्चुगलले विजय भएको हो ।