प्रतिनिधि सभाको बैठक स्थगित

प्रतिनिधि सभाको बैठक स्थगित

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २७, २०७६

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले गुठीसम्बन्धी विधेयकका विरोधमा सोमवारको प्रतिनिधि सभा बैठक अवरुद्ध गरेका छन् ।

आइतबार गुठीसम्बन्धी विधेयकको विरोधमा माइतीघरमा भएको प्रदर्शनमा भएको प्रहरी हस्तक्षेपको विरोधमा कांग्रेस सांसदले बैठक अवरूद्ध गरेको हुन् । 

अवरोधपछि सभामुख कृष्णबहादुर महराले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए।

तर, १५ मिनेटका लागि स्थगित भएको बैठक पुनः मंगलबार ११ बजे बस्ने गरी स्थगित भएको  हो ।