मनसुन एकसाता ढिलो

मनसुन एकसाता ढिलो

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २७, २०७६

काठमाडौं । सामान्यतया नेपालमा मनसुन जुन १० मा प्रवेश गर्ने गरेकोमा यस वर्ष भने एक साता ढिलो हुने मौसम विज्ञान महाशाखाका मौसमविद् समीर श्रेष्ठले बताएका छन् । 

श्रेष्ठका अनुसार मनसुनका लागि भारतको अरब सागरमा न्यून चापीय क्षेत्र विकसित हुँदै सामुद्रीक चक्रवात बन्ने क्रम जारी छ । 

बंगालको खाडीमा पनि न्यून चापीय क्षेत्र विकसित हुँदै सामुद्रीक चक्रवात बन्ने क्रम जारी छ ।

भारतको केरलामा आइपुगेको मनसुन उपयुक्त वातावरण बनिनसकेकाले एक साता ढिलो हुने श्रेष्ठले बताए ।