लिटल च्याम्प्समा प्रितम तेस्रो

लिटल च्याम्प्समा प्रितम तेस्रो

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २७, २०७६

काठमाडौं । भारतीय टिभि च्यानल जिटिभीको कार्यक्रम सारेगमप लिटल च्याम्प्स को आइतबार राती भएको फाइनलमा नेपालका तर्फबाट सहभागी एघार वर्षीय प्रितम आचार्य तेस्रो भएका छन्। 

भारतकी सुगन्धा दाते विजेता बनेको कार्यक्रममा मोहम्मद कैफ दोस्रो भए । नेपालका अर्का सहभागी आयुष केसी भने  अन्तिम तीनमा पर्न सकेनन् । उनी चौथो भए । 

टप सिक्समा पर्न सफल प्रितम तथा आयुषले प्रतियोगिता जित्न नसकेपनि जजहरुको मन भने जितेका थिए ।  

प्रतियोगितामा तेस्रो भएका प्रितमले कार्यक्रमको सुरूवातदेखि नै निर्णायक मण्डल र कार्यक्रममा सहभागी पाहुनाहरूको मन जित्दै आएका थिए। उनले गाएको ‘सन्देशे आते हैं’ र ‘तडप तडपके इस दिलमे’ गीत खुबै रूचाइएका थिए।

सुरशाला एकेडेमीले नेपालबाट दुई बाल प्रतिभा आयुष केसी र प्रितम आचार्यलाई जिटिभीमा सिफारिस गरेको थियो।