प्रधानमन्त्री के.पी. ओलीद्वारा मार्ग प्रशस्तको अपेक्षा !

प्रधानमन्त्री के.पी. ओलीद्वारा  मार्ग प्रशस्तको अपेक्षा !

ऋतु आशिक  |  दृष्टिकोण  |  मंसिर ११, २०८१

कम्युनिष्ट पार्टीप्रतिको
तिम्रो घृणित चाहनाको परिपूर्ति
राष्ट्रले थेग्न सक्दैन ।
कम्युनिष्टको भाङ्ग्रो लगाएर
कम्युनिष्ट पार्टीको बर्को ओढेर 
ब्वाँसोमा रूपान्तरित हुँदै 
ओलीको पर्याय नै 
ब्वाँसोको प्रारूप हो । 

लोकसंवाद, भाद्र २७, २०८१

 मुलुकभित्र यसबेला प्रधानमन्त्री ओलीका देशप्रति घात प्रतिघातको सिलसिलेवार क्रमशः नाङ्गिदै आएका छन् । साँच्चै भन्नुपर्दा नेपाल कम्युनिष्ट पार्टीभित्र उनका चलखेलहरू झन्–झन् प्रष्ट हुँदै गइरहेका छन् । शुरू गरौँ उनको राजनीति जीवनको उदयकालको तथा नक्सलवादी आन्दोलनको प्रवाहको काल थियो । जीवनको गुजारा गर्न उनी अन्य सामान्य जीवनका आफ्ना कालमा हली, गोठाला गर्दै राति–राति झापाली संगत हुँदै रात–विरात तत्कालीन कोअर्डिनेशनमा भर्ती हुँदै, जसको घरमा गाँस, बास तथा सामान्य जीवन व्यतित गर्ने धार्मिक आस्थाका धरोहरलाई खुकुरीद्वारा छपकाएर धर्मप्रसाद ढकालको हत्यामा १४ वर्षे कारागार जीवन बिताएको कुरा उनको विगत इतिहास लिपिवद्ध भएको छ । 

१४ वर्षे जेल जीवनको ब्याज खाँदै उनको पदस्थापना बढ्दै तथा जालझेल, तिकडमका माहिर तथा वाकपटुता तथा संकीर्ण स्वार्थ र सनकीको प्रतिमूर्तिको रूपमा उनी स्थापित हुँदै जानु उनको घृणित चातुरियताको अहम् भूमिका थियो । आफूलाई मन नपराउने प्रति तथा पार्टीभित्रको उनको वर्चश्व चलाउँदै, चलाउँदै चुलिँदै चुलिदै पार्टीको कुन कुन व्यक्तिलाई कसरी उसलाई पहिलो फुर्काएर ऊसँग नजिक भएर, उसको प्रियपात्र भएर त्यसलाई कसरी सिध्याउने त्यसको निपुणता प्राप्तिको ब्वाँसो प्रवृत्तिका पुनरावृत्ति, नख्खु जेल जीवन नै अध्ययन मनन् चिन्तनको लागि विश्वविद्यालय थियो । 

 के.पी. ओलीको जेल जीवन अर्थात् भनौँ राजनैतिक लेखपढ तथा राजनैतिक सोचको परिपक्वता नख्खु जेल नै थियो । उनमा अथाह ज्ञानको परिस्कृत तथा जेल जीवनलाई उनले अध्ययन शीलको विश्वविद्यालयकै प्रारूपको शिक्षा दीक्षा स्वयम् अध्ययनले प्राप्त गरेका छन् । 

मसहित हामी ४ जना दाजुभाइ हौ, बुबाले मलाई एक पटक सोध्नुभएको थियो त यी ४ जनामध्ये रोज्नुपर्‍यो भने कसलाई रोज्छस् । छिमेकमा परिवारको निकटताले हामी बीच छिमेकी भन्ने दूरी नै थिएन मैले ‘अमुक भाइ’ मेरो जीवनको गोरेटोमा ऊ नै काफी छ । यस किसिमबाट मैले बुबालाई भन्दा बुबा आफैँ छक्क पर्नुभएको थियो । 

अझै पनि ती भाइप्रति मेरो अथाह र विश्वास छ, ऊप्रति स्नेत यी हरफ लेख्दासम्म अरूप्रति न्यून नै छ । उनैको भनाइ अनुसार–मैले सुनेको छु–ती भाइ काठमाडौँमा अभाव बीच बाँच्दा–बाँच्दै पनि के.पी. ओलीप्रतिको निकटता तथा उनको तत्कालीन आवश्यकताका लागि सामान्य–भन्दा सामान्य लुगाफाटो तथा मिठो मसिनो खानकीहरूको पहुँच तथा उसलाई आवश्यकताको जोहो उनले गर्ने गर्थे, साँच्चै भन्नु हो भने हिजोको ओलीलाई आजको ओली बनाउन उनको अहम् भूमिका छन् । 

ती भाइप्रति म अझै यसकारण गर्व गर्छु कि ओलीको चकाचौधको समयमा, ओलीको आफ्नो समयको चुरीफुरीको बेला पद प्रतिष्ठाप्रति उनको आकर्षण र लोभ नहुनु उसले आफूलाई धेरै माथि पुर्‍याएकोमा म आफूलाई गर्व गर्छु । समय–समयमा मेरो कमजोरीलाई कोर्रा हान्ने गर्छ, ती कोर्रामा म आफूलाई आउँदा दिनहरूको लागि सचेतता हुन्छु । 

देशप्रति लुट खसौट मच्चाएर कम्बोडियामा थुपारेको अरोप लागेको अरबौं रूपैयाँ मुलुक भित्राउनु पर्छ, त्यस भित्राउनका लागि आफूद्वारा गरिएको देशप्रतिको घात प्रतिघातका लागि आफूलाई जिम्मेवार ठहराउँदै प्रधानमन्त्रीबाट तुरुन्त राजिनामा दिने हो कि ! मार्ग प्रशस्त गर्ने हो कि !  नेकपा एमालेमा कम्युनिष्ट पार्टी शुद्धीकरणका लागि मार्ग प्रशस्त गर्दै आत्मालोचना गर्नु उचित हुन्छ कि !  

जब–जब जेल जीवन के.पी. ओलीको चल्दै थियो । जेल जीवनमा त्यसबेला उनीलाई खुबै पढ्नुपर्नेको रूपमा भाइले चित्रण गर्ने गर्थे, उसको अध्ययन क्षमताप्रति उनी गर्व गर्थे । 

भारतीय पत्रकारसँग ओलीको वाक पटुता

तत्कालीन प्रधानमन्त्री के.पी. ओलीसँग भारतीय पत्रकारको सिधा–सिधा कुराकानीमा ओलीको ज्ञानको परिवेशको अगाडि ती भारतीय पत्रकार आफूलाई कट्टु खोलिरहेको अनुभव गर्न सकिन्छ । नेपालको प्राचीन वैभवताले सिँगारिएको कुरादेखि भारतभन्दा नेपालको वैशिष्टताका उदाहरण एक पछि अर्को जब–जब पेश गर्दै थिए मलाई लाग्यो विश्वविद्यालयको जीवनलाई उछिन्ने उनको स्व अध्ययनको उचाइलाई मैले त्यसबेला ती भारतीय पत्रकारलाई यसरी भुत्लाए कि उनी त्यसबेला वास्तवमै नेपालका प्रधानमन्त्री त्यसै भएका रहेनछन् । म त्यसबेला उनीप्रति गर्व गर्थेँ, मेरो छिमेकी भाइले उसमा रहेको प्रचुर ज्ञानको महिमा मलाई सुनाएका थिए । ती तर्क तथा विद्वताप्रति म नतमस्तक भएको थिए । 

महाकालीदेखि एम.सी.सी. सम्म आइपुग्दा

जब–जब महाकाली नदी भारत सरकारलाई बुझाउने चलखेलको भूमिकामा युद्धस्तरमा एमाले पार्टीबाट ओलीको नेतृत्वमा दोहोरो भूमिकामा सामान्य रूपमा देखा पर्दै, आफूलाई भारतीय सरकारका समक्षको क्रय विक्रयको डिजाइन अनुरूप भारतीय राजदूतको चिर्कटो चिट बाँडेर उसको विश्वास पात्रको रूपमा के.पी. ओलीको प्रवेश हुन्छ । तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी अस्वस्थताका कारण उपस्थित नहुनु, के.पी. ओलीको लागि नेपालको कम्युनिष्ट आन्दोलनमा हाइज्याकर शैलीमा के.पी. ओलीको टर्निङ पोइन्ट थियो । ती टर्निङ पाइन्टमा नै उनले आफूलाई भारतीय सरकारको सबभन्दा प्रिय मान्छेको रूपमा आफूलाई हत्याइसकेको अर्थात् नेपालको दुर्दशाका दिनहरूको सङ्केत तथा नेपाललाई भारतको अधिनस्थ बनाउँदै लाने त्यसको ‘सुपारी’ ग्रहण गरिएको कुरा यसबेला स्पष्ट हुन्छ । 

के.पी. ओलीको भ्रष्टाचारको मोड 

के.पी. ओली स्पष्ट रूपमा सामान्य मान्छेले पनि के बुझ्न सक्छ भने मुलुक यसबेला लोडसेडिङ मुक्त छ । मुलुक लोडसेडिङको बेलामा उद्योगहरूलाई बिजुली खपत गराउँदै फ्याक्ट्री, कलकारखाना वक्यौता रहेको रकम उद्योग पतिसँग उठाउन पहल गर्नुपर्नेमा उल्टै उद्योग कलकारखाना जो अरबौँको तादातमा रहेको रकम नउठाउन उर्दी गर्नुको पछाडि ती उद्योगपतिहरूसँग के.पी. ओलीले अरबौँ रूपैयाँको आफैँले अपचलन गरेको कुरा सामान्यले पनि अड्कल गर्न सक्छ । यस किसिमबाट विद्युत महसुलसम्म दोहन गर्नेले राष्ट्रको निम्ति आफूलाई समर्पित गर्छ भन्ने कुरा महाकालीदेखि एम.सी.सी. सम्म आएर भ्रष्टाचारको घैँटो भरिएर फुट्ने क्रमममा परि आएको कुरा झन्–झन् स्पष्ट हुँदै आएको छ । 

कम्बोडिया बैंकमा देखा परेको झण्डै–झण्डै ३३ अरब

एमालेको वृहत आमसभालाई छुट्याउँदै तथा थाती राखेका एमालेका आम सभाका कमाण्डरको कम्बोडियाको यात्राले झन्–झन् सशंकित तथा ती परिघटनाले सत्यता झन्–झन् नजिक आइरहेको सन्दर्भमा नेपालका प्रधानमन्त्री के.पी. ओलीद्वारा विभिन्न समयमा महाकाली सन्धिदेखि एम.सी.सी.को दौड हुँदै मुस्ताङमा रहेको युरेनियमको सुपुर्दगी समेतको आर्थिक चलखेलको आरोप लाग्ने गरेको छ ।

 मुलुकलाई जर्जर बनाएर विदेशी बैंकमा देखा परेको के.पी. ओलीको नाममा रहेको रकमबारे मुलुक भित्रैबाट देशभक्तहरूको निष्पक्ष आयोगको गठन गरिनुपर्छ । ती गठन प्रक्रियासँगै विभिन्न पार्टीका नेताहरू समेतको सम्पत्तिको स्रोतको किटान नभएका खण्डमा ती सम्पत्तिलाई जफत गरेर राष्ट्रकोषमा राखिनुपर्छ । यस किसिमको आयोग जनस्तरमा देशप्रति प्रतिबद्धता देखिएका विशिष्ट व्यक्तिहरूको चयन हुनुपर्छ । यसबेला उच्च पदस्थ नेता, कर्मचारी आदि सबैको सम्पत्ति छानबिन समितिको दायरामा ल्याइनुपर्छ । 

प्रधानमन्त्री के.पी. ओलीबाट मार्ग प्रशस्तको अपेक्षा !

प्रधानमन्त्री ओली ! जब–जब तिमीले महाकाली बेचविखनमा आफूलाई समाहित गराउँदै, राजनैतिक यात्रा शुरू गरेका थियौ । तिमी प्रतिको शंका–उप शंकाका छालहरू यसबेला एम.सी.सी. हुँदै, देशप्रति गरेको गद्दारीप्रति तिमीलाई मृत्युदण्ड दिँदा पनि देशले असुली गर्न सक्दैन, नेपाल र नेपालीलाई तिमीले कम्युनिष्ट पार्टीलाई प्रयोग गरेर, देशप्रति घात गर्नु त गरेउ विश्व कम्युनिष्ट आन्दोलनमा तिमीले गरेका घातहरूले नेपाली जनतालाई सधैँ पिरोल्नका साथै पीडा बोध गराउने घृणित कार्यलाई धिक्कार छ । 

नेपाली कम्युनिष्ट आन्दोलनले विश्व कम्युनिष्ट आन्दोलनलाई ऊर्जा दिने भन्ने सोचको महत्वप्रति कुठारा घात गर्नु त गरेकै हो । कम्युनिष्ट भाङ्ग्रो ओढेर देशप्रति घात प्रतिघातमा एउटा निःसन्तान भएको व्यक्तिलाई देशप्रति घातको पराकाष्ठा, देशलाई महाकाली सन्धिदेखि, देशका विभिन्न मोडमा गरेका स्वेच्छाचारिता, कम्युनिष्ट खोलका गरेका ज्यादतीहरू देशवासीका लागि सह्य हुन सक्तैन ।

देशप्रति लुट खसौट मच्चाएर कम्बोडियामा थुपारेको अरोप लागेको अरबौं रूपैयाँ मुलुक भित्राउनु पर्छ, त्यस भित्राउनका लागि आफूद्वारा गरिएको देशप्रतिको घात प्रतिघातका लागि आफूलाई जिम्मेवार ठहराउँदै प्रधानमन्त्रीबाट तुरुन्त राजिनामा दिने हो कि ! मार्ग प्रशस्त गर्ने हो कि !  नेकपा एमालेमा कम्युनिष्ट पार्टी शुद्धीकरणका लागि मार्ग प्रशस्त गर्दै आत्मालोचना गर्नु उचित हुन्छ कि !  
 

तरहरा, इटहरी
२०८१ मंसिर १०, सोमबार