पूर्ण ओली | दृष्टिकोण | मंसिर १४, २०८१
काठमाण्डौको एयरपोर्टमा हवाइ चाप बढ्दै गएपछि यसको विकल्पका रुपमा सन १९९५ मा यो महत्वकाक्षी योजनाका रुपमा निजगढ विमानस्थल अघि बढाइएको थियो । तर अहिलेसम्म बिभिन्न कारणले यसलाई अघि बढ्न दिइएको छैन । निजगढ विमानस्थललाई मध्यनजर राखि बनाउन थालिएको फाष्ट ट्रयाक रोड सेनाले धमाधम निर्माण भइरहको छ । यता निजगढ विमानस्थल भने स्थानीय जनताका जग्गा अधिकरण गरिसकेर पनि यसको निर्माणमा कहिले बातावरण भनेर कहिले अन्यत्र सार्नु पर्छ भनि विवाद निकालिएको छ ।
कतिपयले यो भारतीय प्रभावमा यसलाई अघि बढाउन नदिएको तर्क गरिरहेका छन् । हुनत नेपालको पूर्वाधार बिकासमा भारतले सँधै भाँजो हालिरहेको घाम जति कै छर्लङ्ग छ । कहिले नेपालमा ठुला सिचाइ आयोजना बनाउँदा होस या सिमानामा सडक बनाउन या सिमानालाई नियमित गर्ने कुरामा भारतबाट बाधा आइरहन्छ । सिमानालाई ब्यबस्थित गर्न त बिभिन्न बहाना गरि रोकावट नै गरिरहन्छ । महाकाली मा टनकपुरमा जर्बजस्ती बाँध बनाएपछि नेपालको धेरै बिरोध भएपछि गरिएको पञ्चेश्वर आयोजना भारतले कहिल्यै अघि बढाएन अर्थात् बढ्न दिएन । किनकि यसबाट उसले पर्याप्त पानी लगिरहेको छ । भारतले आफ्नो स्वार्थ भन्दा अरु कुनैपनि छिमेकीको हित हेरेर योजनाहरु अघि बढाउन सहयोग भन्दा बाधा पुर्याउँछ ।
निजगढ विमानस्थललाई अरुण ३ जस्तै वातावरणको कारण देखाएर पछि भारतलाई जिम्मा लगाउने नेपाल नेताहरु लागि रहेकोमा कुनै द्विधा छैन । यसलाई पञ्चायती ब्यबस्था देखि महत्व दिएर अघि बढाइएको थियो । बहुदलीय ब्यबस्था आएपछि दल र नेता अनुसारका सोच र योजना भएकाले यसलाई अघि बढाउन सकिएन । केहि समय वातावरणको कारणले सर्बोच्च अदालतले रोके पनि पछि फुकुवा भइसकेको छ । यसका लागि रुखहरु कमसेकम काट्ने र काटिएका रुखको सट्टाभर्ना गर्दै अरु थप रुखहरु लगाउने कार्यक्रम बेवारिसे बनिरहेको छ ।
निजगढमा पहिला योजना गरिएको मेघा सिटि बनाउन आबश्यक छैन जसको कारण धेरै रुखहरु काटिनु पथ्र्यो । किनकि विमानस्थल नजिक शहर बनाउन आबश्यक पनि छैन । केहि किलोमिटर टाढा बीरगञ्ज र हेटौडा जस्ता शहर छँदै छन् । त्यहीँको निजगढ बजार पनि गुल्जार बन्दै जाने नै छ । मुख्य त फाष्ट ट्रयाक बनिसकेपछि १ घण्टामा काठमाडौँ पुग्न सकिन्छ । बिकसित देशमा पनि एयरपोर्टबाट शहर पुग्न आधा घण्टा देखि एक घण्टा लाग्नु लाई समान्य नै मानिन्छ ।
एकपटक प्रचण्ड र माधव नेपाल यसलाई निर्माण गराउन निकै ताहुर-माउर गरेको देखाउका थिए । पछि स्व रबिन्द्र अधिकारीले पनि निकै सकृयका साथ यसको निर्माणको कार्य अघि बढाउन खोजेको थिए । उनीपछि आएका योगेश भट्टराइले निजगढ भन्दा पोखरा र भैरहवामा जोड दिन पुगे । अहिले भैरहवामा बिदेशी जहाज उड्न थालेपनि यी जहाज काठमाडौँ विमानस्थलमा अहिलेको निर्माण कार्य सकेपछि काठमाण्डौ मै फर्कने कोशिश गर्ने निश्चित नै छ । किनकि भारतले भैरहवाबाट हवाइ रुट अनुमति दिएको छैन । भविष्यमा पनि दिन्छ भन्ने कुनै सुनिश्चिता छैन । यता निजगढ विमानस्थलमा हवाइ रुटमा खास समस्या छैन ।
निजगढमा पहिला योजना गरिएको मेघा सिटि बनाउन आबश्यक छैन जसको कारण धेरै रुखहरु काटिनु पथ्र्यो । किनकि विमानस्थल नजिक शहर बनाउन आबश्यक पनि छैन । केहि किलोमिटर टाढा बीरगञ्ज र हेटौडा जस्ता शहर छँदै छन् । त्यहीँको निजगढ बजार पनि गुल्जार बन्दै जाने नै छ । मुख्य त फाष्ट ट्रयाक बनिसकेपछि १ घण्टामा काठमाडौँ पुग्न सकिन्छ । बिकसित देशमा पनि एयरपोर्टबाट शहर पुग्न आधा घण्टा देखि एक घण्टा लाग्नु लाई समान्य नै मानिन्छ ।
निजगढमा बन्ने बिशाल विमानस्थलबाट बिदेशी जहाजको ओहोर दोहोर निकै बढ्नेछ । यसलाई हवाइ हव बनाउन सकिन्छ । यहाँबाट पश्चिमबाट आउने र पश्चिमबाट पूर्व जाने जहाजको रिफिलिङ्ग सेन्टर हुनसक्छ । नेपाललाई ब्यापारको केन्द्र बनाउन सकिन्छ । त्यस्तै सिमा पारिका भारतीयहरुले पनि यहीँबाट उडान गर्न थाल्नेछन् । यी सबै कृयाकलापबाट नेपालको आर्थिक बिकासमा धेरै ठुलो टेवा पुग्नेछ ।
प्रमुख रुपमा त्रिभुवन हवाइ मैदानमा हवाइ चाप बढ्दै गएर घण्टौंसम्म जहाजहरु अकासमा होल्ड गरेर राखिनु पर्ने बाध्यता छ । जाडोको मौसममा काठमाडौँको मौसममा बिहान ९/१० बजेसम्म कुहिरो लागेर जहाजहरु ल्याण्डिङ हुन समस्या हुने गरेको । कहिले बर्षाको समयमा पानी र कुहिरोको कारण जहाज ल्याण्डिङ गर्न नसक्दा पनि कठिनाइ भइरहेको छ ।
उपत्यकामा कतिपय अबस्थामा जहाज घुमाउन पनि सिमित क्षेत्रको कारण ठुला जहाजलाई कठिनाइ हुने गर्दछ । अर्को महत्वपूर्ण बिषय काठमाडौँ विमानस्थल बिदेशी जहाजको चाँप बढिरहेको र डोमेस्टिक फ्लाइट पनि बढिरहेको विमानस्थललाई बढाउने क्षेत्रपनि प्राय समाप्त हुंदै गएकाले यसको विकल्पमा निजगढ विमानस्थल नै अत्यन्त राम्रो बिकल्प हुनेछ । यसको निर्माण सम्पन्न भएपछि नेपालमा आउने जहाजको संख्या बढेपनि हामीलाई कुनै कठिनाइ नहुने तथा साथै पर्यटकहरु पनि बढ्दै जाने छन् ।
परिणामस्वरुप देशका होटल तथा पर्यटन व्यवसायीहरुलाई धेरै नै लाभ पुग्ने र रोजगारका अवसर पनि बढ्ने छन् । त्यसकारण सरकारले कुनैपनि किसिमका अड्चन पर्गेल्दै यो महत्वपूर्ण राष्ट्रिय गौरवलाई सम्पन्न गर्न ढिला गर्नु हुँदैन । यसमा स्वार्थ समूहलाई वेवास्ता गर्दै खासगरी हिम्मती र क्षमतावान नेतृत्वको नै प्रमुख भुमिका रहन्छ । यसका लागि अहिलेका प्रधानमन्त्री यसका लागि सक्षम र सहि नेतृत्व भएकाले निजगढ विमानस्थलको कार्यलाई अघि बढाउनु उपयुक्त हुन्छ ।
२ नम्बर प्रदेशको कायापलट हुने यो आयोजना निर्माणमा त्यस प्रदेशका नेताहरुको पनि दवाव बढाउन सक्नेछन् । तर हाम्रा नेताहरु सिर्फ सत्ताका पुजारी र ब्यक्तिगत फाइदामा बढि तल्लीन हुने हुँदा त्यति आस गर्न सकिदैन । तैपनि राष्ट्रिय हितको यो महत्वपूर्ण योजनाबाट देशको कायापलट बदलिने हुंदा तीब्रताका साथ निजगढ एयरपोर्टको कार्य अघि बढाइयोस् ।
बालकुमारी, ललितपुर नेपाल
२०८१ मंसिर १३