लोकसंवाद संवाददाता | खेलकुद | मंसिर १८, २०८१
ललितपुर ।नेपाल प्रिमियर लिग (एनपीएल)का फ्यानका लागि डिशहोमको ईन्टरनेट जडानमा थप ३ महिनाको बोनससहित निस्शुल्क फाइभ-जी राउटर को सुरूवातसँगै डिशहोमले ल्एी का फ्यानहरूलाई लक्षित गर्दै आफ्नो ईन्टरनेट सेवामा आकर्षक अफर सार्वजनिक गरेको छ। कम्पनीले २००Mbps र ३०० Mbps वार्षिक इन्टरनेट प्याकेजहरूमा थप ३ महिनाको बोनस सहीत निस्शुल्क राउटरको अफर ल्याएको डिशहोमले जनाएको छ।
डिशहोमका अनुसार एनपीएल को डिजिटल स्ट्रिमिङ अधिकार पनि प्राप्त गरेको छ। यसै अवसरमा आफ्नो नयाँ तथा पुराना ग्राहकहरूको लागि यो अफर सार्वजनिक गरिएको हो। पुराना ग्राहकहरूले आफ्नो प्याकेज रिचार्ज गर्दा र नयाँ ग्राहकहरूले इन्टरनेट जडान गर्दा यो अफरको फाइदा लिन सक्नेछन्।
नयाँ जडान गर्न चाहने वा आफ्नो प्याकेज रिचार्ज गर्न चाहने ग्राहकहरूले आफ्नै नजिकको डिशहोमको अधिकारइक डिलरसँग सम्पर्क गरी यो अफरको फाईदा उठाउन सक्नेछन् ।
थप जानकारीका लागि डिशहोम इन्टरनेटको ग्राहक सेवा नम्बर ०१-५९७०३६५ मा सम्पर्क गर्न समेत डिशहोमले अनुराेध गरेको छ ।