अन्य देशको सहयोगमा भारतीय सरोकार: सिक्किम वा भुटान बनाउने नियत !

अन्य देशको सहयोगमा भारतीय सरोकार: सिक्किम वा भुटान बनाउने नियत !

पूर्ण ओली  |  दृष्टिकोण  |  पुस ०९, २०८१

कुनै समय शक्ति सम्पन्न राष्ट्र नेपालले परेको बेलामा छिमेकी राष्ट्रलाई आर्थिक र सैनिक सहयोग गरेको इतिहास साँची छ । पञ्चायती ब्यबस्था भइञ्जेल खाद्यान्न लगायतमा हामी आत्मनिर्भर भएर बिदेशमा खाद्यान्न निर्यात गर्ने गर्दथ्यौं । बहुदलीय ब्यबस्था हुंदै लोकतन्त्र आएपछि देशको परनिर्भरता बढ्दै गएर हामी बर्षको खर्बौंको खाद्यान्न मात्र आयात गर्न बाध्य छौँ । 

उद्योग कल कारखानाको लागि मेसिनरी सामान आयात गर्नु स्वभाविक हो । तर हाम्रो दैनिक उपभोग गर्नुपर्ने खाद्यान्न समेत आयत गर्नु हाम्रो दुर्भाग्य हो । अझैपनि त्यसतर्फ नसोचेर हामी दिनप्रतिदिन सबै बस्तु आयत गरि भन्सारको आम्दानीबाट हाम्रो अर्थतन्त्र धानिरहेका छौं । हामी बिभिन्न देशबाट रिन लिएर र रेमिट्यान्सबाट देश चलाइरहेका छौं । 

कुनैपनि देश, बिदेशी सहयोग बाट मात्र बिकसित र सम्पन्न हुन सक्तैन । हाम्रो उत्तरी छिमेकी देश चीनले हामीलाई अत्यन्त उपयोगी सहयोग दिएको थियो र छ । उसबाट आएका सहयोग प्राय सबै हामीलाई आत्मनिर्भर बनाउने नियतले सहयोग गरेको पाइन्छ । जसमा नेपाली कच्चा पदार्थको उपयोग हुने गरि उद्योग कलकारखाना चलाइएका थिए । यी सबै उद्योग बहुदलीय ब्यबस्था आउनासाथ कसैको सल्लाहा या कमिसनको लागि लिलाम गरि सबै मासिए । यो बिषय दोहोर्‍याइरहन आबश्यक रहेन ।

 दक्षिणी छिमेकी इण्डियाको सहयोग प्राय सबै हामीलाई भारतसँग निर्भर बनाउने नियतले गरेका सहयोग मात्र पाइन्छ । अर्थात नेपालमा कुनै उद्योग कलकारखाना नचलाउ सबै भारतसँग खरिद गरेर ल्याउ भनेजसरी सहयोग गरेको पाइन्छ । इण्डियाले नेपालमा खानि चलाउन बाधा पुर्‍याउने, नेपालका जलश्रोत हामीले उपयोग गर्न बाधा पार्ने , नेपाली सामान इण्डीया निकासी गर्न सिमानामा बाधा पुर्‍याउने आदी गरेको छ ।

जलश्रोतको धनी देश नेपालका प्रमुख नदी कोशी, गण्डकी, महाकालीको सबै पानी इण्डियाले बाँध बनाएर लगेको छ । हामीले त्यो पानी उपयोग गर्न उसले बाधा पुर्‍याउँछ । नेपालका जलश्रोतमा चीन लगायतको सहयोगमा बनेका जलविद्युतबाट  उसले बिद्युत लिन चाहँदैन । सबै उसले एकलौटी बनाउन चाहन्छ । नेपालले आवश्यकता हेरि बिदेशी सहयोगमा बनाएका एयरपोर्टबाट हवाइ रुट दिन इन्कार गर्छ ।  इण्डियाको हितमा कुनै सानो कुरा भएन भने उसले हामीलाई नाकाबन्दी लगाएर दुःख दिन्छ । तैपनि हामीसँग रोटीबेटीको सम्बन्ध छ भनेर भाषण गर्छन हाम्रा भरौटे नेताहरु ।

खुला सिमानाको कारण नेपालमा अपराधिक गतिविधि र तस्करी बढीरहेको छन् । हाम्रो अर्बौको राजस्व चुहावट भइरहेको छ । अनि दुबै देश मिलेर खुला सिमानालाई नियमित गरौ जसबाट दुबै देशको सुरक्षा मजबुत हुन्छ , राजस्व बढ्छ भन्दा पनि वास्ता गर्दैन । यसको मतलब इण्डियाको नियत नेपाललाई सके सिक्किम बनाउने नभए भुटान बनाउने नियत प्रस्ट देखिँदै आएको छ ।  । यति कुरा थाहा  हुँदा हुँदै पनि हाम्रा सत्तामुखी दल र नेताहरु भारतीय नेताको चाकडी गरेर आफ्नो सत्ता लम्ब्याउन मात्र लागिरहन्छन् । 

नेपाललाई बारम्बार नाकाबन्दी गरेर नेपाली जनतालाई पीडित बनाउने इण्डियाले आज किन नेपाल भित्र पेट्रोल डिजेलको पाइप लाइन बिच्छाइ रहेको छ धेरै नेपालीले बुझेका छैनन् । चीनबाट तेल सप्लाइ भएर नेपाली बजार जाला भनेर मात्र इण्डियाले तेलको पाइप बिच्छाएको हो ।  २०७२ सालमा नेपालमा आएको महाभुकम्पको केहि समय पश्चात उसले नाकाबन्दी लगाएर जनतालाई पीडा दिंदै नेपालमा पेट्रोल डिजेल आउन रोक लगायो । त्यसपछि नेपालका प्रधानमन्त्री के पि ओलीले चीन गएर ब्यापार तथा पारबाहन सन्धी गरेर नेपालमा डिजेल पेट्रोल आयत गराए । त्यसपछि इण्डीया तर्सेर नेपालमा लगातार तेल निर्यात गर्ने नीति बनायो । तैपनि इण्डियालाई नेपालसँग कुनै कुरामा रिस उठ्यो भने उसले तुरुन्त नेपाल आउने तेलको पाइप लान बन्द गर्न कुनै समय लाग्नेछैन । 

नेपालले  बिआरआइको सहि सदुपयोग गर्दै नेपाललाई कृषि उत्पादनमा आत्मनिर्भर हुन ब्यवसायिक कृषिबाट देशलाई आत्मनिर्भर गराउन बैज्ञानिक तरिकाको कृषिमा लगानी गर्न सहयोग माग्नु पर्दथ्यो ।

हामी इण्डीया या कुनैपनि देशको परनिर्भर तामा नबस्नको लागि हामी आत्मनिर्भर हुनैपर्छ । कमसेकम खाद्यान्न, बिद्युत, जडिबुटीमा तुरुन्त आत्मनिर्भर हुन सकिन्छ । अहिले भरखर चिनसँग बिआरआई लाई कार्यन्वयन गर्ने सम्झौता भएको छ । जसको भारतले बिरोध गरेको छ । उसले नेपालको अन्य कुनै देशबाट पनि सहयोग र बिकासका कार्य नगरोस् भन्ने चाहन्छ ।  नेपालले  बिआरआइको सहि सदुपयोग गर्दै नेपाललाई कृषि उत्पादनमा आत्मनिर्भर हुन ब्यवसायिक कृषिबाट देशलाई आत्मनिर्भर गराउन बैज्ञानिक तरिकाको कृषिमा लगानी गर्न सहयोग माग्नु पर्दथ्यो ।

यसबाट कृषक तथा युवाहरु धेरै रोजगार हुनसक्थे ।  त्यस्तै जडिबुटी उद्योग खोल्नमा पनि हामीले जोड दिन सकेमा हामी आयुर्बेदीक औषधिमा आत्मनिर्भर हुन सक्छौ । जुन कुरा हामीसँग हुँदाहुँदै पनि अत्यन्त महंगोमा खरिद गर्नु परेको छ ।  नेपालले अबैध मान्दै आएको गाँजाखेती संसारभर खुला हुंदै यसबाट औषधि तथा कपडा उद्योगहरु संचालन भइसकेका छन् । यता हामी भने धेरै जनताको चाहना र आम्दानीको राम्रो श्रोत हुने कृषकको हितमा हुने गाँजा उत्पादन  कार्यलाई समेत सरकारमा बस्नेहरुले बेवास्ता गर्दै आएका छन् । जसबाट अरबौं डलर बिदेशी रकम प्राप्त हुनेछ । तर नेपाली नेताहरु बिदेशीएका युवाहरुको रेमिट्यान्सको रकममा रमाइरहेका छन् । गाँजा खेतीलाई यसको दुरुपयोग नहुने किसिमले बलियो नीति बनाइ यसलाई बैध बनाएर नेपाली किसान र देशको आम्दानी गर्ने कार्य शिघ्र कार्यन्वयन गर्नु जरुरी छ । 

नेपालले देशलाई धनी बनाउन सबभन्दा पहिला सुशासन कायम गरेर कर्मचारीका ट्रेड युनियन हटाएर अनुशासित बनाउन आबश्यक छ । कर्मचारी र शिक्षकमा राजनीतिक दलका भातृसंगठन बनाउने कार्य नरोकिएसम्म देशमा सुशासन आउने छैन । 

पर्यटनको विकासबाट नै नेपालको आर्थिक कायापलट हुनसक्छ । त्यसका लागि धार्मिक पर्यटकलाई प्राथमिकतामा राखिनु पर्छ । त्यस्तै साहसिक पर्यटकको लागि  हिमाल आरोही, ट्रेकिङ्ग, प्यारा ग्लाइडिङ्ग, र्‍याफ्टीङ्ग, बन्जी जम्पीङ्ग आदी हुनसक्छन् । 

जलश्रोत बिकासमा जलाशययुक्त बिद्युतमा जोड दिनुपर्छ । नेपालमा कुलेखानी पछि अर्को जलाशययुक्त बिद्युत बनाइएन । बुढिगण्डकी जलाशययुक्त बिद्युत आयोजना बनाउने भनेपनि अर्बौको रकम जम्मा गरेर पनि निर्माण सुरु गरिएको छैन । त्यहि भएर अझैपनि इण्डियाबाट हिउँदको समयमा बिद्युत आयत गर्न बाध्य भइएको छ । नेपालले बिद्युत भन्दा पनि इण्डियालाई पानी बेचेर धेरै रकम कमाउन सकिन्थ्यो । तर पानी बेच्ने तर्फ सरकारमा बसेकाले कहिल्यै पनि इण्डोनेसिया बार्ता गर्ने हिम्मत गर्न सकेको छैनन् । 

नेपालका नेता र बरिष्ट कर्मचारीले इण्डीयासँग स्पस्टसँग कुरा राख्नु पर्छ । नेपालले आफ्नो बिकास गर्न जोसँग पनि सहयोग लिन सक्छ । त्यसैले हामीले चीनसँग बिआरआइ गरेर होस या चीनको सहयोगमा बिद्युत  या सडक जेजस्तो सहयोग लिएपनि इण्डियाको बिरोध गर्नु कुनै औचित्य नै छैन ।

नेपाल दुइ शक्तिशाली ठुला देशको बिचमा बसेको ऐतिहासिक सार्बभौम सम्पन्न राष्ट्र हो । हामीलाई दुबै छिमेकीको सुरक्षा बिरुद्ध कार्य गर्ने छुट छैनौ । हाम्रो देशको कारण छिमेकी देशहरुले एक अर्काको देशको सिमानामा सुरक्षा फौज राख्न आबश्यक पर्दैन , जसको कारण उनीहरुको अरबौं रुपियाको सुरक्षा खर्च बचाइ राखेका छौं भनेर कुरा राख्न सक्नुपर्छ । हामीले हाम्रा छिमेकी देशसँग आफ्ना देशको हितमा हिम्मतसाथ बोल्न नसकेर पनि इण्डीया र यसका कर्मचारी र मिडियाले नेपालको बिरुद्धमा बोलिरहेका छन् । 

हाम्रा देशका शासकले देशको हितमा राम्रो नियत लिएर हिम्मत साथ अघि बढेर सुशासन दिएर बिकासको कार्य गर्न सकेमा देशको बिकास हुन कुनै कठिनाइ छैन ।  राजनीतिक दलका कार्यकर्तालाई आत्मनिर्भर भएर कृषि या कुनै पेसा अपनाएर अनिवार्य रुपमा रहनु पर्ने र जनताका आवश्यकता बुझेर उनीहरुलाई सहयोग गर्न निर्देशन दिन सकेमात्र पनि देशको आर्थिक बिकासमा कायापलट हुनसक्छ । यति गर्न सकेर देशको आर्थिक अबस्था मजबुत हुन थालेमा हाम्रो परनिर्भरता घट्ने थियो । त्यसपछि हामीलाई कसैले हेप्न सक्ने छैनन् । यति कुरा सत्तासीनहरुले हेक्का राख्न सके नेपाली जनताले केहि राहत पाउने थिए । स्वाभिमानी युवाहरु स्वदेशमा फर्केर रोजगार बन्न सक्ने थिए  कि ! 


बालकुमारी, ललीतपुर नेपाल
२०८१ पौष ८