राजनीतिक दलका दोश्रो र तेश्रो पुस्ताका नेताहरुको उत्तरदायित्व

राजनीतिक दलका दोश्रो र तेश्रो पुस्ताका नेताहरुको उत्तरदायित्व

प्रेमलकुमार खनाल  |  दृष्टिकोण  |  पुस १७, २०८१

अहिले राजनीति प्रति गलत भाष्य निर्माण हुदैछ। जो सरकारमा आए नि केही हुदैन भनेर युवा पुस्ता राजनीति प्रति चासो देखाउन छोडेका छन। 

मुलुकमा  क्रियाशील  वाम (लोकतान्त्रिक राजनीतिक दलहरुमा  वर्तमान तथा पूर्व प्रधानमन्त्रीहरु  क्रमशः  केपी ओली,  शेर बहादुर देउवा ,पुष्प कमल दाहाल ,माधवकुमार नेपाल ,झलनाथ खनाल ,डाक्टर बाबुराम भट्टराई,  लगायत नेत्र विक्रम चन्द (सी) ,उपेन्द्र  यादव , अशोक राई  लगायतका नेताहरुले आआफ्नो पार्टीको नेतृत्व गरिरहेका छन।

तर देश संकटग्रस्त बनेको छ। संकट मोचन ( सत्तामा पुगेर मात्रै भएको छैन ।नेताहरू पटकपटक प्रधानमन्त्री ,उपप्रधानमन्त्री ,मन्त्री भएका छन।तर मुलुक झन झन पछाडि धकेलिँदैछ। मुलुकका समस्या समाधान गर्न फेरि पनि देशलाई अग्रगति दिन यिनै राजनीतिक दलहरुको भूमिका छ। तर देशमा  गरिबी ,बेरोजगारी न्यूनीकरण र उत्पादन बृद्धिको हिसाबले   विकास हुन सकेको छैन।न्यून दरको आर्थिक बृद्धिले देशलाई झन पछाडि धकेल्दैछ।  

तर राजनीतिक पार्टी र नेताहरुले  एक अर्कोलाई धारे हात लगाउने र  गाली गलौज गरेर  मात्रै दिन कटाई रहेका छन। नेताहरु एक ठाउँमा बसेर राष्ट्रिय समस्या बारेमा विचार  विमर्श गर्न सकेका छैनन। यस्तो कार्यशैलीले देशको समस्या समाधान हुने छैन। यसले  त  देश झन बर्वादी तिर धकेलिन्छ।

 राजनीतिक दलहरुका दोश्रो र तेस्रो पुस्ताका नेताहरुले एक आपसमा विचार विमर्श गर्न तत्कालै जुट्न जरुरी छ। र राष्ट्रका सामू खडा भएका समस्या बारेमा १/१ गरेर विचार विमर्श गरेर निष्कर्ष निकाल्नु पर्दछ। र राष्ट्रका समस्या समाधानका लागि  आआफ्नो दलका नेताहरूलाई बुझाएर  सरकारको नीति ,कार्यक्रम बनाउन ध्यानाकर्षण गराउनुपर्छ ।

यी लगायत दर्जनौं  राजनीतिक  आर्थिक,सामाजिक क्षेत्रका समस्या मुलुकमा  विद्यमान छन।

के मुलुकका यी समस्या लाई टुलुटुलु  हेरेर वस्ने ? नेताहरुले समाधान गरिहाल्दछन भनेर रमिते बनेर बस्ने  रु यक्ष प्रश्न  खडा भएको छ।

 मेरो विचारमा  राजनीतिक दलहरुका दोश्रो र तेस्रो पुस्ताका नेताहरुले एक आपसमा विचार विमर्श गर्न तत्कालै जुट्न जरुरी छ। र राष्ट्रका सामू खडा भएका समस्या बारेमा १/१ गरेर विचार विमर्श गरेर निष्कर्ष निकाल्नु पर्दछ। र राष्ट्रका समस्या समाधानका लागि  आआफ्नो दलका नेताहरूलाई बुझाएर  सरकारको नीति ,कार्यक्रम बनाउन ध्यानाकर्षण गराउनुपर्छ ।