अध्ययन मञ्च दाङमा सूर्य बिसी

अध्ययन मञ्च दाङमा सूर्य बिसी

लोकसंवाद संवाददाता  |  साहित्य  |  पुस २३, २०८१

दाङ । पठन संस्कृति निर्माणका लागि यस अघि गठन भएको अध्ययन मंच दाङ आज पुनर्गठन भएको छ । 

शनिबार घोराहीमा आयोजित एक भेलाले लेखक एवं प्रकाशक सूर्य बिसीको संयोजकत्वमा नौ सदस्यीय समिति पुनर्गठन गरिएको समितिका सदस्य थम्मन बस्नेतले बताए । जसमा महेश बस्नेत, श्रद्धा  धिताल , बिन्दु गिरी,  थम्मन बस्नेत, बिपि रावत, मनिषा गिरी, बिपिन आचार्य लगायत रहेको बताइएको छ । 

पठन संस्कृति कमजोर हुँदा समाज रचनात्मक एवं सभ्य बन्न नसक्ने बताउदै संयोजक बिसीले कला, साहित्य र सिर्जनात्मक लेखनमा गम्भीरतापुर्वक काम गर्न यो अभियान सुरु गरिएको बताए । 

साथै बिसीले दाङका  प्रबुद्ध व्यक्तित्वहरुको सहयोगमा पुस्तक पठन अभियानलाई बल पुग्ने कार्यक्रमलाई तिव्रता दिइने सुनाए ।