अध्ययन मञ्चमा रमेश सायनले सुनाए लेखन अनुभव

अध्ययन मञ्चमा रमेश सायनले सुनाए लेखन अनुभव

लोकसंवाद संवाददाता  |  समाचार  |  पुस २३, २०८१

दाङ  । अध्ययन मञ्च दाङले नेपाल प्रहरी स्कुल दाङमा आयोजना गरेको एक कार्यक्रममा लेखक रमेश सायनले आफ्ना लेखन अनुभव सुनाएका छन् । 
सोमबार मञ्चले नेपाल प्रहरी स्कुल कक्षा दसका विद्यार्थीमाझ लेखक सायनलाई  उभ्याएको  थियो ।

'तपाईँहरु माझ आफ्ना अनुभुति राख्दै गर्दा मैले आफ्नो स्कुले जीवन सम्झिरहेको छु । म सामान्य विद्यार्थी थिएँ तर साहित्य प्रति रुचि स्कुल पढ्दा नै थियो ।' उनले थपे -'किताबहरु पढ्दा तपाईँहरु कहिल्यै नपुगेको स्थान पुग्नुहुनेछ । अतिरिक्त किताबको अध्ययनले कल्पना गर्ने शक्तिको विकास पनि गराउँछ ।'

लेखक सायनका अनुभुति सुनेपछी विद्यार्थीहरुले  विभिन्न जिज्ञासा राखेका थिए भने लेखकले जवाफ पनि दिएका थिए ।

ञछुटेका अनुहारझ निबन्धसङ्ग्रहका लागि पद्मश्री पुरस्कार विजेता सायनका  'अन्तर' र 'भागेर भुगोलभरि' गरी तीन पुस्तक प्रकाशित छन् ।

अध्ययन मञ्चका संयोजक सूर्य बिसीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा थम्मन बस्नेत, प्रहरी स्कुलका प्रधानाध्यापक नुमलाल पाण्डेलगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन महेश बस्नेतले गरेका थिए ।