ऋतु आशिक | साहित्य | पुस २७, २०८१
एउटा निम्छरोलाई,
जसले तिमीलाई बास दियो ।
भोकाएको बेला गाँस दियो ।
ज्वरो बिमार हुँदा –
तिमीलाई वात्सल्यता खन्याएर,
तिम्रो सेवा सुसार गर्यो ।
तिम्रो दुःखमा ढाडस दियो ।
तिमीलाई बाँच्न अभिप्रेरित गर्यो ।
जब–जब तिमी उसको हत्या गर्दै थियौ ।
तिमीले उसको वात्सल्यता सम्झिएनौ ?
निष्ठुरी तिमीमा दया आउँदै आएन ।
मुटु छामेर आफूमा घातका डोवहरू पाउने छौ ।
अझै आत्मग्लानी गर्दै गरेनौ ।
आम देशवासीहरूले सोधिरहेका छन्
कम्बोडियामा देखिएको रकम मुलुकलाई फर्काउनु पर्दैन ?
स्वीटजरलैण्डमा जोइ-पोइको नामको अवैधाता
देशलाई फर्काउनु पर्दैन ?
काठमाण्डौको सडक र गल्लीहरूमा
झोले कार्यकर्ता उतारेर
आफूलाई निषकलङ्कको डङ्का पिट्दैछौ ।
प्रधानमन्त्रीको खोल ओढेर
जे गर्न नहुने
आज फेरि पुनरावृत्ति गरेका छौ ।
तमासा कसलाई देखाइ रहेका छौ ?
तिम्रो हैसियत अमेरिकालाई थाहा छैन ?
एम।सी।सी।मा तिमीलाई लुत्रुक्क पार्यो
युरेनियम प्रत्येक रात ओसारिँदै छ ।
महाकालीमा निलिएको गाडधन
कम्बोडिया र स्वीटजरलैण्डमा प्रदर्शित भयो त ?
आफैँ प्रधानमन्त्री छौ ।
तिमी निष्पक्ष र निष्कलङ्क छौ भने रु
विपक्षीको आयोग ढड्याएर
कतै कम्बोडिया पठाउ
कतै स्वीटजरलैण्ड पठाउ
दूधका दूध पानीको पानी हुन्छ ।
झोले कार्यकर्ता काठमाण्डौ उतारेर
आफूलाई स्वच्छ स्निगधताको लागि
सडक सडकमा
नारा जुलुसका खेताला पस्किएर
प्रधानमन्त्री यसबेला ह्वास गनाइरहेको छ ।
काठमाण्डौका सडकहरूमा खेताला उतार्नै पर्दैन ?
खेताला जिन्दावादका हातहरू
मुट्ठी कसेका हातहरू
आँखा झिमिक्क हुँदा मुर्दावादका फेरिन समय कुर्नै पर्दैन ?
यी सबै आँखा झिमिक्क पार्दै
तिम्रा वस्त्रहरू आफैँ खस्किदैछन् ।
समयले सबै पर्घेलेको छ ।
देशघातीहरूको चिहान उघिनेर
देशद्रोहीहरूलाई दण्डित गरिनुपर्छ ।
यी आवाजहरू
देशभरि एकाकार हुँदै हुँदै गुञ्जायमान हुँदैछ ।
इतिहासका मोडहरूमा
देशभक्तहरू झन्–झन् सशक्तता उठाइरहेका छन् ।
देशप्रति अथाहको स्वतन्त्रता फरफराइ रहेका छन् ।
इटहरी, तरहरा, आँपगाछी
२०८१ पौष २१ बिहीबार