प्रभु साह र नगरप्रमुख यादव आमनेसामने: सांसदले  हत्या, भ्रष्टाचार र जग्गा कब्जाको आरोप

प्रभु साह र नगरप्रमुख यादव आमनेसामने: सांसदले  हत्या, भ्रष्टाचार र जग्गा कब्जाको आरोप

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ ०३, २०८१

रौतहट। बौधीमाई नगरपालिकाको नगरप्रमुख प्रदीप यादवले प्रभु साहको नीतिगत रुपमा भ्रष्टाचार एवं अपराधिक कार्यमा चुर्लुम्म डुबेका सिंगो रौतहट क्षेत्र नम्वर ३ अहिले आक्रान्त बनेको गम्भीर आरोप लगाएका छन  ।

बौधीमाई नगर कार्यपालिकाको कार्यालयमा बुधवार आयोजित पत्रकार सम्मेलन मार्फत आजपा अध्यक्ष एवं त्यस क्षेत्रका सांसद समेत रहनुभएका प्रभु साह माथि गम्भीर आरोप लगाउँदै नगरप्रमुख यादवले  भने मलाई मृत्युबाट डर लाग्दैन ।  सांसद साहले भ्रष्टाचार एवं अपराधिक साम्राज्य खडा गर्दै गएका हुन् ।

पत्रकार सम्मेलनको औचित्यता एवं किन गर्नुपर्यो भने प्रकाश पार्दै नगरप्रमुख यादवले विकास निर्माणको कार्य गर्ने क्रममा सार्वजनिक बाटो अतिक्रमण गरेर बनाइएका भौतिक संरचनालाई हटाउन पटक पटक सूचना जारी गर्दै माइकिङ लगायतको प्रक्रियाहरु अपनाउँदा समेत वडा नम्वर ८ मा नाला निर्माण गर्न ठेक्का बन्दोबस्त गरेपनि निर्माण कार्यमा अवरोध पुर्याउन समेत नमान्दा स्थानीय सरकार संचालन ऐन २०७४ को ४५–३ मा दिएको ऐन अधिकार प्रयोग गरेर अघि बढ्दा राष्ट्रसेवक कर्मचारी एवं जनप्रतिनिधि माथि सांघातिक आक्रमण गराइयो ।

बौधीमाइ नगरपालिकाद्वारा दिएको अपराधिक उपद्रव मुद्दामा पक्राउ परेका प्रतिदाबी मध्येका गंगाराम बैठालाई प्रहरीले पक्राउ गरेर पुर्पक्षका लागि थुनछेकको आदेश अदालतले दिए । अदालतबाट म बाहिरिने क्रममा बौधीमाई नपा ८ निवासी, मेयर प्रत्यासी एवं आम जनता पार्टीका महासचिव अमर भन्ने त्रिभुवन साहले मलाई गोली मार्ने धम्की दिनुको साथै सोही पार्टीका केन्द्रीय अध्यक्ष तथा साँसद प्रभु साहले उक्त आदेश आएपछि अदालत माथि गरेको टिप्पणीको प्रति बौधी माई नपाको गम्भीर ध्यानाकर्षण भएको छ ।

आजपा अध्यक्ष एवं यस क्षेत्रका सासंद हाम्रा अभिभावकले दिएको अभिव्यक्ति बारे स्थानीय सरकार प्रमुखको हैसियतले उनको अभिव्यक्ति प्रति असहमति जाहेर गर्दै मित्र त्रिभुवन साहले गर्दै आएको आर्थिक एवं अपराधिक साम्राज्यको पर्दाफास गर्न आजको पत्रकार सम्मेलन गर्नु परेको उनले स्पष्ट पारे ।

प्रभु साहको राइट हैण्ड, पिए लगायतका विभिन्न कालखण्डमा साथ र सहयोग गर्दै आएपछि बंकुल बजार जसकी तस नै छन्, यहाँ कुनै विकास छैनन्, त्रिभुवनजीको घर सम्म जाने समुचित रुपमा बाटो छैनन् तर बाहिर गएर ठूला ठूला गफ दिने गर्दा आजपा जस्ता पार्टीको अध्यक्ष भएर दिनरात नीतिगत भ्रष्टाचारमा चुर्लुम्म डुब्नु अदालतका न्यायमूर्तिले माथि अनावश्यक टिप्पणी गर्नु सुहाउँदो नभएको बताए ।

पटक पटक मन्त्री बन्दै कानुन मन्त्री समेत बने, कानुनको विद्यार्थी समेत रहिसक्नु भएका साँसद साहलाई न्यायाधिशको वारेमा टिप्पणी गर्नु, समाजिक संजालमा नेताहरुको झोले न्यायाधिश भन्ने अधिकार उनलाई कसले दिए । सार्वजनिक पदमा बसेका व्यक्तिलाई न्यायपालिका माथि त्यसरी लेख्नु र टिप्पणी गरेकोमा उहाँ माथि कडा भन्दा कडा कारवाहीको माग गरे ।

पत्रकार सम्मेलनमा पटक पटक नगरप्रमुख आजपा अध्यक्ष साह माथि मर्यादित रुपमा नग्याउंदै भने विद्यालयमा गएर शिक्षक सुनिल यादवको हत्या गराउनु, वीरगञ्जमा काशीनाथ तिवारीको हत्या, अहेव सुरेश यादव र कुस्ती खेलाडी उपेन्द्र दास बैरागीको हत्या गराउनु र अपराधलाई पृष्ठ पोषक बन्दा पनि उनलाई कारवाही गर्ने कोही छैनन् ? उनले गम्भीर प्रश्न गर्दै २०५९ भदौं २३ गते साविक पथराबुधरा गाविसका समाजसेवी गोवर्धन राय यादव र बुधनराय यादवलाई गोली हानेर हत्या गरेको अभियोगमा गंगाराम बैठा विरुद्ध २० बर्षको कैद सजाय तोकिँदा सोही समय देखि फरार रहेका थिए ।

सांसद साहकी  श्रीमती मेयर रहेका पालिका मौलापुरको २०८०/०८१ बाहेक ६० करोड ३५ लाख ४५ हजार बेरुजु कसरी भयो प्रभुजी, म नेपाल सरकारसँग माग गर्न चाहन्छु यस्तो बेरुजु भएका नगरपालिकाहरूलाई राज्यबाट आवश्यक छानविन गरी कारवाही गर्न समेत  माग गरे ।

विभिन्न अपराधिक गतिविधिमा संलग्न रहेका गंगाराम बैठालाई रौतहट जिल्ला अदालतले थुनछेकको लागि पुर्पक्ष गर्छ त्यसपछि साँसद जस्तो व्यक्तिले स्वतन्त्र न्यायाधिशलाई झोले न्यायाधिश भन्नु सरासर गलत रहेको छ । अपराधीलाई संरक्षण गरेर अपराध बढाउनु एक मात्र उनको कार्यशैली विगतका दिन देखि चल्दै आएको हुँदा त्यस्ता व्यक्तिलाई राज्यबाट कडा कारवाही गर्नुपर्ने नगरप्रमुख यादवले जिकिर गरे ।

स्थानीय सरकारले आफनो कत्र्तव्य पालना गर्न खोज्दा सांघातिक हमला हुन्छ, त्यसको लागि पहल नगर्ने त्रिभुवन साहले आफनो आइडीबाट उडण्ड मेयर, दबंग मेयर, विना जनताको जानकारीको घर भत्काउन लाग्दा जनताहरु लखेटेको भन्दै पोष्ट गर्नु आफैमा निन्दनीय भएको ठहर गर्दै नगरप्रमुख यादवले मेरो चालक, कम्प्युटर घाइते भयो मेरो टाउकोमा समेत चोट लागेको दाग निधारमा छदैछ । 'माननिय प्रभुजी र मित्र त्रिभुवनजी म नेपाली आमाको छोरा हुँ पछि हटेर होइन जायज कुराका लागि डटेर लड्छु, मेरो शरिरमा अन्तिम सास रहे सम्म विकास निर्माण गर्नबाट पछि हट्दैनौं” उनले भने ।

देश कानुन र विधिले चल्छ, कानुन हातमा लिनु हुँदैन, आफना कर्मचारीलाई भन्दै हामी ब्याक भयो । 'म तपाई जस्तो छैइनौं कहि झगडा भयो भने कानुनमा नजाने षड्यन्त्र गरेर गोली हान्न लगाउने जस्ता अपराधिक प्रवृत्ति तपाईको हो, मेरो होइन मेयर यादवले भने- 'प्रभुजी काशीनाथ तिवारीको हत्यामा तपाईको संलग्नता छ कि छैन् ? सत्ताको बलमा गलत कर्तुतको बलमा तपाई अहिले सम्म उम्किनु भएको छ, तर सत्यको विजय एक दिन हुन्छ, ढिलो चाँडो काशी नाथ तिवारीको हत्याको सराप तपाईलाई लाग्छ, विधवा आइमाई र टुहुरा बालकको आँशु तपाईलाई लाग्छ, सत्ता कहिले सम्म उम्किनु हुन्छ ?' 'त्यही अवस्था म माथि गर्न खोज्नु भएको नसोच्नुस् मेरो अन्तिम सास रहेसम्म विकास गरेर देखाउँछु, मृत्यु सत्य हो कहिले हुन्छ कसैलाई थाहा छैन् तपाई अपराधको राजनीति गर्ने अपराधमा विश्वास राख्नु व्यक्ति हो तर म जनतामा विश्वास राख्ने व्यक्ति हुँदा त्यसैले मलाई मृत्युबाट डर लाग्दैन । प्रभुजी मेयर यादवले पत्रकार सम्मेलनमा आफनो पीडा यसरी पोखे ।

राज्यको बजेटको सहि सदुपयोग गरेर अघि बढ्ने प्रतिबद्ध रहंदा -'प्रभु साहको रिमोटमा त्रिभुवन साहको अगुवाईमा अपराधिक गतिविधि चलिरहेको' गम्भीर आरोप लगाउँदै मेयर यादवले करोडौंको निर्माण कार्य जसको बोलपत्र बन्दोबस्त भइ सकेकालाई गर्नमा अवरोध खडा गरिरहेका छन् । ९९.९९ प्रतिशत जनताहरु खुशी छन् तर मुठि भर व्यक्तिको इसारामा सोझासाझा जनताहरूलाई  अकारण राजनीतिको नाममा अपराध एवं विकास विरोधी कार्य गर्नमा सम्लग्न गरेको आरोप लगाएका छन्  ।नगरप्रमुख यादवले दावी छ जनताहरुले भनिरहेका छन्- मेयर साहेब, तपाई छाडिदिनु हामीहरु गएर खाली गराएर देखाइदिन्छौ उनीहरुको दवंगई एवं गुण्डागर्दी हुन दिँदैनौ ।

रौतहट जिल्लालाई प्रभुजीले अस्तव्यस्त बनाए, तपाई खुलेआम कानुनको उलंघन गर्दै धज्जी उडाइरहनु भएको छ । त्यसको प्रमाण तपाईकै घरपरिवारका व्यक्ति निर्वाचत भएका मेयर हुँदा मौलापुरको कार्यपालिकाको बैठकमा बस्ने अधिकार तपाईलाई कसले दियो । तपाई व्यवस्थापिकाबाट कानुन पास गराउनु स कि नेपाली नागरिकले कुनै किसिमको कर नतिर्ने । त्यहाँ केही नगर्ने यहाँ पानी विजुली फ्रि भनिरहँदा लाज लाग्दैनन् । मौलापुर नगरपालिकामा दुई वटा सेतो प्लेट भएको जिप हुँदा हुँदै पनि दुई वटा भारतीय नम्वरको चार पाँग्रे राखेर नेपाली नम्वरको गाडी भनेर महिनाको लाखौं रुपैया भाडा वापत लिदै आएको रकम जनताको कर होइन र रु माननीय प्रभुजी मेयर यादवले प्रश्न गर्दै एउटा गाडी उनको आफन्तको नाममा अर्को हाकिमको आफन्तको नाममा राखेर एउटा गाडीको भाडा ९० हजार लिनु हुन्छ अनी भन्नु हुन्छ मौलापुर नपाले कुनैपनि कर लिँदैनन् त्यो पैसा कसको हो प्रभुजी अलिकति स्पष्ट पारिदिनु स म चुनौती दिन चाहन्छु ।

प्रदीपमणी दिक्षितको नाउमा दर्ता कायम रहेका ३ विगाह १७ कठ्ठा जग्गा अपराधिक गतिविधिको दम्भमा कब्जा गरे आफनो स्वर्गीय आमा लक्ष्मीनिया देवीको नाममा प्रावी, आधारभुत हुँदै अहिले मावी सम्म कसरी बनाए प्रभुजी, नागरिकको सम्पत्ती कब्जा गर्ने छुट कानुनले दिएको छ ? प्रदीपमणी मुद्दा दिएर जितिसके पनि अपराधिक गतिविधिका कारण जग्गा सम्म पुग्न आँट भएन उनले गम्भीर आरोप लगाए ।

अरुको जग्गामा आफनो आमाको नाममा विद्यालय खोल्न अधिकार कसले दियो त रु अलिकति शिक्षा ऐन पढ्नुस्, तपाई कानुनको विद्यार्थी समेत रहनु भएको छ तर त्यस अनुसारको पालना गर्नुभएन । जग्गा नै विद्यालयको नाममा छैनन् बलजफती कब्जा गरेर कुन विधि प्रक्रिया अपनाएर लक्ष्मीनिया मावि बनाइयो राज्यका करोडौं रकम कसरी लगानी गरियो यो राज्यले खोजबिन गर्नुपर्ने उनले माग गरे ।

सांसद साहकी  श्रीमती मेयर रहेका पालिका मौलापुरको २०८०/०८१ बाहेक ६० करोड ३५ लाख ४५ हजार बेरुजु कसरी भयो प्रभुजी, म नेपाल सरकारसँग माग गर्न चाहन्छु यस्तो बेरुजु भएका नगरपालिकाहरूलाई राज्यबाट आवश्यक छानविन गरी कारवाही गर्न समेत  माग गरे ।

मन्त्री जस्तो व्यक्ति भईसकेको प्रभु साहले पैसाको चरम दुरुपयोग गरेको गम्भीर आरोप लगाउँदै नगरपालिका एवं राज्यको विभिन्न लगानीबाट निर्माण भएका सरकारी सम्पत्तिको आम्दानी नगरपालिकालाई हुनुपर्छ कि पर्दैनन् तर पार्क होटेलका संचालक उनका साढु भाई, पिकनिक पार्कको संचालक उनको सालो भारतीय नागरिक रहेको छ, स्थानीय बेरोजगार छन् तर न्याय उनको पक्षमा नदिदा झोले न्यायाधिश बेइमान न्यायाधिश भन्न पछि नहट्ने प्रभुजीलाई के भन्ने मेयर यादवले यसरी आक्रोश पोखे ।

तराई मधेश जनयुद्ध स्मृति प्रतिष्ठान, तराई मधेश संस्कृतिक संग्रालय यी दुबै प्रभुजीको हर्ताकर्ता त्रिभुवन साह रहेको छ । सहिद स्मृति बहुउद्देश्यीय भवन मौलापुरमा राज्यको ठूलो रकमको दुरुपयोग भइरहेको छ । राज्यको लगानी औचित्यको आधारमा हुनुपर्छ तर उक्त बजेटको चरम दुरुपयोग भएको आरोप लगाए । यस्ता अनगिन्ती योजनाहरुमा लुटखसोट मचाए पनि राज्यबाट छानविन गरेर विकासको नाममा जनताको आँखामा छारो हान्नेलाई कारवाहीको डायरामा ल्याई बेइमान एवं अपराध मुक्त क्षेत्र बनाउनमा नेपाल सरकारसँग नगरप्रमुख प्रदीप यादवले जोडदार रुपमा माग समेत गरेका छन् ।

प्रेमचन्द्र झा/रौतहट