सीताराम नेपाल | साहित्य | माघ ०५, २०८१
खर्चालु तिमी
ऋण मेरो भागमा
अब सहन्न ।
चुम्न कठिन
उदेश्यको उकाली
यात्रा छ जारी
विश्व थर्किने
नेपालीको वीरता
पुर्खाको सौर्य
हिउँझैँ चिसो
जनताको मन
नेतागुनाले
हानौ कुचोले
छद्मभेसी चिनेर
विकल्प त्यति
जुरुक्क उठौँ
धूलो मैलो झारेर
चेतना छरौँ
छ सूत्र बद्ध
मुटुमा घोच्छ चस्स
हुन्छ हाइकु ।
सानो घरमा
सान ठूलो छ मेरो
स्वार्थ त्यागको
लागेछ मात
हाम्रो अमूल्य मत
भन्छन् जनता ।
तासको घर
अहङ्कारीको हात
दुई तिहाइ