लोकसंवाद संवाददाता | समाचार | माघ ०५, २०८१
धनुषा । मधेश प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मधेश प्रदेशका प्रदेश सचिव डा. विनय कर्णले आफ्नै मन्त्रालयमा करारमा कार्यरत एक महिला कर्मचारी माथी यौन दुर्व्यवहार गरेको आरोप लागेको छ।
सचिवकै निवास परिसरमा बस्दै आएकी कार्यालय सहयोगीलाई बेलुकाको समयमा सामाजिक सञ्जालको प्रयोग गरी म्यासेज गर्ने कोठामा राती आउन आग्रह गर्ने नआए करार वाट हटाइदिने धम्की दिने गरेको जानकारी प्राप्त भएको छ।
कार्यालय सहयोगीले आफु सचिवको दुर्व्यवहार परेको भनि मन्त्रालयको प्रशासन शाखामा जानकारी गराउँदा समेत न्याय नपाए पछि मन्त्री जर्नदन सिह क्षेत्रीलाई समेत गुनासो समेत गरेकी थिइन तर मन्त्रीले नै सचिवलाई बचाउन लागे पछि भने पिडित महिलाको पक्षमा अहिले वोलिदिने कोहि नभएको भनि चर्चा हुने गरेको छ।
वाहिर भनौं कसैले सुन्दैनन नभनी मानसिक रुपमा कमजोर हुदै गएको र वाहिर सूचना गए जे पनि हुन सक्ने भनि सचिव कर्णवाट वारम्वार धम्की आउने गरेको पिडितको हवला दिदै जानकारी प्राप्त भएको छ। कृषि क्षेत्रको विकासमा तल्लिन हुनपर्ने प्रदेश सचिव आफ्नै सहयोगीमाथी गरेको यो तहको हर्कत देख्दा प्रदेशको विकास कसरी होला भन्ने गम्भिर वहस उब्जेको छ।