क्षमा पूजापछि  तेह्र वर्षमा पलायो पानी

क्षमा पूजापछि  तेह्र वर्षमा पलायो पानी

लोकसंवाद संवाददाता  |  समाज  |  माघ १७, २०८१

 

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिका–५ सिपा धुसेनीस्थित नयाँपानीमा  तेह्र वर्षपछि पानी पलाएको छ ।

यहाँ प्रत्येक बाह्र वर्षको अन्तरालमा हिउँदमा पानी पलाउने गरेको थियो । त्यही सिलसिलामा यसवर्ष यहाँ पानी पलाएको हो ।

अघिल्लो वर्ष पानी पलाउनु पर्ने भएपनि नपलाएपछि नयाँपानी संरक्षण समितिले क्षमापूजा गरेको थियो ।

क्षमा पूजापछि नयाँपानी क्षेत्रमा बुधबार पानी पलाएको सो वडाका वडाअध्यक्ष शशिनाथ आचार्यले बताउनुभयो । पानी पलाएपछि स्थानीयवासी हर्षित भएका छन् । यहाँ पानी पलाएपछि गाउँघरमा विभिन्न रोग नष्ट हुने विश्वास गरिन्छ । नयाँपानीमा प्रत्येक बाह्र वर्षमा मेला लाग्ने गरेको छ ।