ज्ञानेन्द्र विवश | साहित्य | माघ १९, २०८१
हिउँले भरिएको हिउँ पहाडको भूमिबाट फर्कंदा मेरो मन अनेकौं भावनाले भरिभराउ थियो । अनुभव गर्नलाई कति भावना । लेखनका लागि कति विषयका खुराकहरू । सिर्जनधर्मी मनका लागि लेखेर नसकिने विषयका चाङहरू । प्रेरणाका अथाह भण्डार । त्यही हिउँ पहाडको सौन्दर्यमय छटा र छविहरू ।
यात्राको क्रममा भेटिएका मानिसहरू, देखिएका ठाउँहरू र मनमा उब्जिएका विचारहरूको संगम नै यात्रा–निबन्ध हो जस्तो लाग्छ मलाई । यो यात्रामा मलाई राम्रो विचार, राम्रो मान्छे र राम्रो ठाउँको खोजी थियो । र, मलाई लाग्छ म सफल भएँ ।
मेरो यात्रा सुरु भयो एउटा सानो गाउँबाट । त्यो गाउँमा पुग्नका लागि मलाई घण्टौंसम्म हिँड्नुपरेको थियो । बाटोमा मलाई विभिन्न जातजाति र संस्कृतिको मानिसहरूसँग भेट हुन्थ्यो । उनीहरूसँगको कुराकानीले मलाई जीवनको बारेमा धेरै कुरा सिकायो । उनीहरूको सरलता र मेहनतले मलाई प्रेरित गर्यो ।
यात्रामा भेटिएका कतिपय मानिसहरू हँसिला, रमाइला थिए । तर कतिपय मानिसहरू यस्ता भेटिए कि गाउँको बारेमा बुझ्न खोज्दा, बाटोको बारेमा सोध्दा समेत केही बताउन नचाहने मुन्टो बटारेर आफ्नो बाटो लाग्ने ।
केही मानिस चाहिँ यस्ता भेटिन्थे– सोध्दै नसोधे पनि, बोल्दै नबोले पनि, मुसुक्क हाँसेर नजिकै आएर भन्ने– बाबु कहाँबाट आउनुभयो ? कहाँ जाने होला, के का लागि यता आउनुभएको होला ?’
यस्तो हार्दिक मन, यस्तो प्रेमिल हृदय मानिसमा हिजो आज कहाँ भेटिन्छ र !
गाउँ पुगेपछि मैले एउटा सानो झुपडीमा बास बसेँ । त्यो झुपडीमा बस्ने बूढी आमासँग मैले धेरै कुरा गरें । उहाँले मलाई आफ्नो जीवनका अनेकौँ रोचक किस्सा सुनाइन् । उहाँले भन्नुहुन्थ्यो, ‘जीवन भनेको सङ्घर्ष हो । सङ्घर्ष गर्ने मान्छे सधैँ सफल हुन्छ ।’
उहाँको यो भनाइले मलाई जीवनप्रतिको दृष्टिकोण बदलिएको महसुस भयो ।
त्यो गाउँबाट फर्कंदा मसँग धेरै राम्रा विचारहरू थिए । मलाई लाग्यो, जीवनमा सफल हुनका लागि हामीले सधैँ अघि बढिरहनुपर्छ । हामीले नयाँ कुरा सिकिरहनुपर्छ । हामीले अरूलाई सहयोग गर्नुपर्छ । हामीले जीवनलाई सकारात्मक रूपमा लिनुपर्छ ।
त्यसपछि मैले एउटा ठूलो शहरको यात्रा गरें । त्यो शहरमा मलाई धेरै अचम्मका कुराहरू देख्न पाइयो । त्यहाँ मलाई अत्याधुनिक प्रविधि, अग्लो–अग्ला भवनहरू र व्यस्त जीवनशैली देखियो । तर, मलाई त्यो शहरमा केही कमी पनि महसुस भयो । त्यो शहरमा मानिसहरू एकअर्कालाई चिन्दैनथे । उनीहरू एकदमै व्यस्त थिए । उनीहरूसँग कुरा गर्नको लागि समय थिएन ।
त्यो शहरबाट फर्कंदा मलाई लाग्यो, जीवनमा पैसा र सुविधा सबै कुरा होइन । हामीलाई खुशी रहनका लागि राम्रा मान्छेहरूको साथ र प्रकृतिसँगको सम्बन्ध पनि उत्तिकै आवश्यक छ ।
मेरो यात्राको अन्तिम गन्तव्य थियो एउटा शान्त हिमालयको फेदी । त्यहाँ पुगेपछि मलाई लाग्यो, मैले जीवनको सबैभन्दा सुन्दर ठाउँ भेटेको छु । त्यहाँको स्वच्छ हावा, हरियाली वनजंगल र हिमालको मनमोहक दृश्यले मलाई मोहित बनायो । त्यहाँ बसेर मैले आफ्नो मनलाई शान्त पार्न पाएँ ।
त्यो हिमालयको फेदीबाट फर्कंदा मसँग धेरै राम्रा अनुभवहरू थिए । मलाई लाग्यो, जीवनमा हामीले राम्रो विचार, राम्रो मान्छे र राम्रो ठाउँको खोजी गर्नुपर्छ । यी तीनवटा कुराहरू भएपछि हामी जीवनमा सधैँ खुशी रहन सक्छौँ ।
हिमालको काखबाट फर्किदा मैले धेरै खुशीका कोसेलीहरू ल्याएको थिएँ । खासगरी हिमपातले रुखपात, बाटो र घरका छाना हिउँले भरिभराउ थिए । यस्तो दृश्यलाई मैले नजिकबाट अनुभव गर्न पाएको थिएँ ।
हिउँले भरिएको भूमिबाट फर्कंदा मेरो मन अनेक भावनाले भरिएको थियो । चिसो हिउँको वातावरणमा पनि मेरो मनमा न्यानोपनको आभासले भरिएको थियो । मन रमाएपछि जतिसुकै दुःखमा पनि खुशीको महसुस हुने रहेछ भन्ने मैले ठानेँ ।
त्यहाँको प्राकृतिक सौन्दर्य, स्थानीय जनजीवन र शान्त वातावरणले मलाई जीवनको नयाँ आयाम देखाइदिएको थियो । हिमालको सेताम्मे चुचुरो, हरियाली जंगल, रमणीय तालतलैया, गहिरो खोंच र झरनाको संगमले मेरो मनलाई मोहित बनाएको थियो ।
त्यहाँको जीवनशैलीले मलाई सिकायो कि, खुशी भनेको महल र पैसामा मात्रै सीमित हुँदैन । सन्तुष्टि, प्रकृतिसँगको सान्निध्य र आफन्तजनसँगको माया प्रेम नै जीवनको सबैभन्दा ठूलो धन हो । त्यहाँका मानिसहरूले आफ्नो सीमित साधन स्रोतबाट पनि कसरी खुशी साथ जीवनयापन गरिरहेका थिए, त्यो देखेर म दङ्ग परेको थिएँ ।
जीवन कहिलेकाहीँ एउटा अनवरत यात्राजस्तै लाग्छ । मनमा हजार सपनाहरू र हृदयमा असंख्य अभिलाषा बोकेर मानिस अगाडि बढिरहन्छ । यथार्थको कर्कश बाटोमा हिंड्दा कहिलेकाहीँ थकाइले लछारपछार पार्छ ।
हिउँले सेताम्मे दृश्य हेर्नु र तिनै हिउँमाथि टेक्दै हिँड्नुको आनन्द कम रोमाञ्चक थिएन । लाग्यो, मानौं यो मेरो जीवनको यात्राको अन्तिम गन्तव्य हो, जहाँ पुग्न मैले धेरै संघर्ष गर्नुपर्यो ।
हिमालयको फेदी, जहाँ प्रकृतिले आफ्नो सम्पूर्ण सौन्दर्य खुला हृदयले प्रदर्शन गरेको छ । विशाल पाटनहरूमा लहलहाउँदो घाँसे मैदान, चरा चराचुरुङ्गीको मधुर संगीत र हिमालबाट आउने चिसो हावाको स्पर्शले मनमस्तिष्कलाई ताजगी दिन्थ्यो । मैले देखेँ, अग्ला हिमश्रृङ्खलाहरूले आफूलाई यस्तो अडिग र स्थिर बनाएका थिए, मानौं तिनीहरू युगौँयुगदेखि यहाँको प्रहरीजस्तै रहेका छन् । त्यही हिमालको काखमा मैले थकित शरीर र मनलाई विश्राम दिएँ ।
त्यहाँको स्वच्छ र पवित्र वातावरणले मलाई मोहित बनायो । आधुनिक जीवनशैलीको कोलाहल र कृत्रिमताबाट टाढा, त्यो स्थानमा म आफैँलाई नयाँ रूपमा फेला पार्दै थिएँ । हावामा अनौठो मिठास थियो, जसले मेरो थकित मस्तिष्कलाई नयाँ ऊर्जा प्रदान गरिरहेको थियो ।
आँखा अगाडि फैलिएका बुकीपाटनहरू हेर्दा लाग्थ्यो, मानौं यो कुनै चित्रकारले कोरेको जीवन्त चित्र हो । त्यसमाथि टाढाबाट देख्दै र हेर्दै आइरहेको हिउँका उरुङखात हिउँ–साम्राज्यले मन त्यसै हावासरी उडिरहेको थियो ।
मैले त्यो स्थानमा प्रकृतिको सौन्दर्य मात्र भेटिनँ, बरु मेरो आत्मा र प्रकृतिबीचको गहिरो सम्बन्धलाई पनि महसुस गरेँ । मानिस र प्रकृतिको यो सम्बन्ध, जुन आधुनिक समयमा कतै हराउँदै गएको छ, त्यहाँ गहिरो रूपमा महसुस गर्न सकिन्थ्यो ।
दिन बित्दै गए । साँझको शीतल हावामा डुबुल्की मार्दा र बिहानको चिसो कुहिरोमा हराउँदा म आफूलाई जीवनको अनन्त उत्सवमा सहभागी भएको महसुस गर्थें ।
जीवनको जटिलताले ओझेल पारेका मेरा सपना र अभिलाषाहरू त्यहाँ गएर फेरि ताजा भए । त्यो शान्त वातावरणले मेरो मनलाई एउटा नयाँ दिशामा डो–यायो, जहाँ मैले आफैँलाई पुनः चिन्ने मौका पाएँ ।
हिउँको साम्राज्यमा बिताएको समय मेरा लागि विश्राम मात्र थिएन, यो आत्मासँगको संवाद पनि थियो । ती स्वच्छ हावा र विशाल हिउँहरूले मलाई सिकाए– जीवनको साँचो सौन्दर्य बाहिरी देखावटीमा होइन, बरु आत्माको शान्तिमा हुन्छ ।
म फेरि ताजा ऊर्जा र शान्तिको अनुभूतिका साथ आफ्नो यात्रामा अघि बढ्न तयार भएँ । तर, मेरो मनको एउटा टुक्रा सधैंभरि त्यही हिमालयको फेदीमा रहने छ, जहाँ मैले जीवनको साँचो सुन्दरता भेटेको थिएँ । हिउँको असली स्पर्श र अनुभव गर्न पाएको थिएँ ।
हिमालको फेदीबाट फर्कंदा मसँग धेरै राम्रा अनुभवहरू थिए । मलाई लाग्यो, जीवनमा हामीले राम्रो विचार, राम्रो मान्छे र राम्रो ठाउँको खोजी गर्नुपर्छ। यी तीनवटा कुराहरू भएपछि हामी जीवनमा सधैँ खुशी रहन सक्छौँ ।
राम्रो विचारले हामीलाई सकारात्मक बाटोमा डोर्याउँछ । राम्रो मान्छेले हामीलाई प्रेरणा दिन्छन् । हामीलाई सधैँ अगाडि बढ्न प्रेरित गर्छन् । त्यसैगरी राम्रो ठाउँले हामीलाई शान्ति र आनन्द प्रदान गर्छ ।
त्यही खुशी मलाई बाँड्दा झन् धेरै खुशी प्राप्त हुन सक्छ । यसरी खुशी पाउनु खुशी भेट्नु र खुशी बाँडेर खुसियालीको उत्सव मनाउनु कम आनन्दको कम खुशीको कुरा होइन मैले हिउँले ढाकिएका ठाउँबाट सिकेको यही पाठलाई अरूसँग बाँड्न चाहन्छु । किनकि खुशी भनेको बाँडेर बढ्ने कुरा हो ।
हिमालको यो यात्रा मेरो लागि जीवनको एउटा अविस्मरणीय अध्याय बन्यो । यस यात्राले मलाई जीवनमा धेरै कुराहरू सिकायो ।
मलाई लाग्छ, हामी सबैले आफ्नो जीवनमा कम्तीमा एकपटक हिमालको काखमा पुगेर यस्तो अनुभव लिनुपर्छ । यसले हामीलाई जीवनको सार्थकताको बारेमा साेंच्न पनि प्रेरित गर्छ ।
यसरी हिउँले भरिएको हिउँ पहाडको भूमिबाट फर्कंदा अनेकौं भावनाले भरिभराउ मन आनन्दले विभोर भइरहेको थियो ।