ऋतु आशिक | दृष्टिकोण | फागुन ०१, २०८१
आफूलाई प्रगतिशील लेखक सङ्घको छाता मुनि ओढाउने पार्टीका भातृ सङ्गठनका नै किन नहुन् । देशप्रति जिम्मेवार हुनैपर्छ । पार्टीभन्दा ठूलो देश हो भन्ने अहम् सवाललाई कहिले पनि बिर्सनु हुँदैन ।
विशेषत आफूलाई कम्युनिष्ट लेखक साहित्यकार तथा गायक नै किन नहुन् उनीहरूमा देशभक्तिको भावना प्रचुर मात्रामा हुनुपर्छ । देशप्रति जिम्मेवार प्रत्येक साहित्यकर्मी अथवा पत्रकारहरू नै किन नहुन् ऊ देशप्रति बफादार हुनैपर्छ ।
पार्टीहरुले गलत लाइन लिएका छन् वा राष्ट्रप्रति घातका सिलसिलालाई निरन्तर गरि रहेका छन् भने त्यसको खबरदारी गर्नुपर्छ । त्यस किसिमको देशप्रति घात माथि घात गरिरहेका किन नहोस् राष्ट्रप्रति घात प्रतिघातका दृश्यहरूलाई झन् झन् तीव्रता दिइरहेका अवस्थामा त्यस्ता नेताको पछि–पछि लागेर देशप्रति घात गर्नु प्रगतिशील लेखकले राष्ट्रप्रति गद्दारी भएको मान्नुपर्छ ।
भर्खरै प्रगतिशील लेखक सङ्घ मोरङले साहित्य गतिविधि सम्बन्धी कार्यक्रमको आयोजना गरेको थियो । प्रगतिशील लेखक सङ्घ मोरङको निम्तो मान्न सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्नता गाँसिएको थियो ।
नेकपा एमालेको तत्कालीन क्रियाशील व्यक्तित्व तत्कालीन गृहमन्त्री वामदेव गौतमले भन्नुभएका शब्दहरू जस्ताको तस्तै – 'देख्नेहरू मध्ये म सहित धेरै जिउँदैछन् के.पी.ले ९ खर्ब खाएर महाकाली बेचेका हुन् ।'
महाकाली सन्धिलाई झिनो मतद्वारा पास गराउने व्यक्ति भनेको हालको सभामुख देवराज घिमिरेद्वारा काइते किसिमबाट तत्कालीन महाकाली भारत सरकारलाई तालमेल मिलाउँदै पास गर्न अहम् भूमिका खेलिएको प्रवृत्तिलाई देशप्रति घात गरिएको स्पष्ट छ । जे सुकै होस् ऊ देशप्रति नतमस्तक हुनु पुग्थ्यो ऊ किन भएन ? उसले गरेको गद्दारीप्रति प्रगतिशील लेखकले पार्टीमा तत्कालीन समयदेखि हालसम्म बहस किन भएन ?
प्रगतिशील लेखक सङ्घ मोरङले वहालवाला सभामुखलाई प्रमुख अतिथिको रूपमा देवराज घिमिरेलाई महाकाली नदी भारतीय सरकारद्वारा नेपालको अहम्ता चोट थप्दै, पीडा माथि पीडा खन्याउनु, हाम्रा ती भविष्यमा हाम्रो मुलुकको अवस्था नै फेरिने छनक हुँदा–हुँदै तत्कालीन गृहमन्त्री वामदेवले यसबेला के.पी. ओलीको भ्रष्टाचारको विषयलाई चिर्न, बुझाउन तथा पारिवारिक माहौललाई उकेरा दिनु प्रत्येक प्रगतिशील लेखक सङ्घको जुनसुकै सदस्य भए पनि राष्ट्र र जनताप्रति आफूलाई न्यौछाबर गरिनुपर्छ । तत्कालीन ज्यामितिमय सम्बन्धित व्यक्तिबाट घोषणा गर्नु ओलीको देशद्रोही हरकत प्रति अङ्कुस लगाउनु प्रगतिशील लेखकहरुको दायित्व होइन र ?
मेरो देशको खटन पटन
यसबेला –
इण्डो पश्चिमी साँठगाँठले गर्ने गरेको छ ।
महाकाली जोड घटाउका घातक नाइके
देशद्रोहीहरूको भीडबाट देवराजहरू
भर्खरै सभामुखको बर्को ओढेर
पुरस्कृत भएका छन् ।
हो सुन देशबासी हो !
सभामुखको बर्को ओढेर पुरस्कृत भएका छन्
घृणाका पात्रहरू किन पुरस्कृत हुन्छन् ?
(‘देशद्रोही सभामुखको आवरणमा पुरस्कृत’ नामक यो कविता लोकसंवाद १५ माघ २०७९)
प्राकृतिक सम्पदाको कारण यो देशको आर्थिक उन्नतिले यी अक्षरहरू लेख्दा जलको कारणले गर्दा मुलुकको वैभवताले उकाली–उकाली गर्नुपथ्र्यो । ती हाम्रा आशातीत हरू किन धुजा–धुजा पारिन्छ । आम नेपालीका हृदयमा किन प्रहार माथि प्रहार गरिन्छ । तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाद्वारा कोशी नदीको सुपुर्दगीको आहाभगत जसरी गरियो ती सबै सम्झनाका तरेलीमा कथानक रूपमा रूपान्तरित भएका छन् । तत्कालीन राजा महेन्द्रद्वारा कोशी नदी सुपुर्दगीका लागि धेरै मोल तोल भएका छन् । सहजै रूपमा महाकाली नदी जस्तै अन्य सुपुर्दगीका आयामहरू देखा परेका छन् ।
तत्कालीन कोशी सन्धिको सुपुर्दगीको इतिहास कथा विरलै मात्रले अन्य सन्धि सम्झौताका प्रा रूपको उठान र अन्तमा परिवेश अलग–अलग हुन सक्छन् । तत्कालीन राजा महेन्द्रको निगरानीका कारण जसरी महाकाली सन्धि जस्तो, भारतीय सरकारको एकलौटी मनगढन्तेको रूपमा भारत सरकार अहम् अधीनस्थका लागि आफूलाई तयारीको रूपमा उभ्याउनु भयो ।
नेपाल प्रगतिशील लेखक सङ्घको औचित्यता ?
प्रधानमन्त्री के.पी. ओलीको यसबेला स्वीटजरलैण्डको बैङ्क एवम् कम्बोडियाको एनसेल कम्पनीमा उनको लगानी रहेको स्पष्ट देखिएको छ । काङ्ग्रेस र एमालेको भूतो न भविष्यत उनका फरक/फरक विचार हुँदा पनि, यी दुवैको उद्देश्य चाहिँ देशलाई लुटेर भुटेर देशलाई कङ्गाल बनाएर देशलाई भारतीयलाई बुझाउने अहम्ता तथा देशभित्र रहेका कलकारखानाको अस्तित्वलाई नै मटियामेट पार्नका लागि उनीहरूद्वारा खेलिएको यो घृणित ग्राण्ड डिजाइन देशको उत्थानको लागि मात्र नभएर देशको अस्तित्वलाई छेदन गर्ने किसिमबाट काङ्ग्रेस र एमालेद्वारा गरिएका हरकतहरू जतिसुकै चोटी भनिए तापनि यी घृणित हरकत उम्किन पाउने छैनन् । देशप्रति गरिएका घृणित कार्यमा नेपाल प्रगतिशील लेखक सङ्घको मोरङ शाखा किन यसरी लागि परिरहेको छ यसको स्पष्ट जवाफ दिनुपर्छ । देशद्रोही हर्कत गर्ने, देशद्रोही यी व्यक्तिहरूको स्वार्थलाई उकास्न तथा देशप्रति गद्दारी गर्ने वहालवाला प्रधानमन्त्री के.पी. ओली हुँदै तत्कालीन सभामुख देवराज घिमिरे जस्ता देशद्रोहीप्रति जुन आवाभगत गरियो यो निन्दनीय छ । राष्ट्रप्रति गद्दारी गर्ने जो सुकै कुनै पनि पद धारण गर्ने देश र जनताले कहिले माफी दिने छैनन् तथा दिनु पनि हुँदैन ।
नेपाल प्रगतिशील लेखक सङ्घ मोरङ जिल्लाको एक अभिन्न अङ्गलाई देशद्रोही हर्कत गर्ने, जिलोको एउटा इकाइलाई जे जसरी देशद्रोही गर्ने व्यक्तित्वलाई कार्वाहीको माग गर्दै देशप्रति घात माथि घात गरिने यी व्यक्तिहरूलाई देशद्रोही घोषणा गरिनु एउटा अहम् र प्रमुख मुद्दा हो । राष्ट्रप्रति अगाधता स्नेह पोख्ने एउटा अहम् मौका आएको छ । देशद्रोही प्रधानमन्त्री होउन् या जुनसुकै कलेवरमा छोपिएका किन नहुन् यिनीहरुको स्वार्थलाई भण्डाफोर गर्दै, राष्ट्रियताप्रति हामी आफूलाई देशभक्त बनाउन चाहन्छौ । देशलाई माया गर्ने हातेमालो गरेर देशलाई घृणित मनसाय बोकेका प्रधानमन्त्री या यो अहम्ता पदमा जो सुकै भए पनि राष्ट्रको जुनसुकै बेला पव्रmेर, राष्ट्रलाई घाइते माथि घाइते बनाइएका शरीरलाई दबाइ मुलो गरेर देशहितको लागि आफूलाई सम्हाहित गर्न पहल गर्न जरुरी छ ।
देशमाथि घातको सन्दर्भ
मुलुक भित्र रहेका विभिन्न ब्राण्डका पार्टीहरू छन् । तीमध्ये देशलाई हाँकिरहेका नेपाली काङ्ग्रेस, एमाले, राप्रपा एवम् माओवादी पार्टीहरू रहेका छन् । आज यो मुलुक पञ्चायती शासनकालमा पृथ्वीनारायण शाह हुँदै महेन्द्र, वीरेन्द्रको शासनकालको अवधिसम्म आइपुग्दा मुलुकको संरक्षण एवम् आम जनताको आर्थिक स्थितिलाई उठाउनका लागि शाही परिवारका तर्फबाट गरिएका प्रयासहरू, देश औद्योगिकी करणका लागि खोलिएका उद्योगहरूको फेहरिस्त झण्डै–झण्डै ४ सयभन्दा माथि नै रहेका छन् । ती समयबाट गुज्रिदै–गुज्रिदै गर्दा देश आत्मनिर्भरको बाटोमा लय लिदै गरेको अवस्था थियो । राजतन्त्रको बिदाई सँगै मुलुकका पश्चिमी भूभागहरू लिपुलेक, लिम्पियाधुरा, कालापानी यी अहम् क्षेत्रहरूप्रति भारतीय सरकारका हस्तक्षेपको अन्तिम दौडमा पुगेको छ । यो लेख छापिदै गर्दा हाम्रा स्वतन्त्रताका प्रतीक हाम्रा अखण्ड भूमिहरूको लुटपाटमा माओवादीको संलग्नताले देशलाई झन्–झन् कमजोर बनाउँदै देशप्रति घात प्रतिघातमा प्रचण्डको देशद्रोही हरकतका कारण, देश झन्–झन् नराम्रो रूपमा लडिरहेको छ । उठ्नै नसक्ने गरी लडाइएको छ । माओवादी पार्टीको प्रशिक्षण त्यसको राशन पोषण भारतीय सरकारले दियो र आफ्नो स्वार्थको अनुकूलता अनुरूप प्रचण्डको मार्फत हाम्रा प्रिय भूमि माथि कब्जा जमाएर ती भूमि माथि सडक निर्माणको अन्तिम छोर, हाम्रो मुलुकको सिमाना माथि नै भारतीय विस्तारवाद सरकार रहेको छ । त्यति मात्रै होइन हाम्रो देशमाथि सालै पिच्छे भारतीय नागरिकहरूलाई लाखौँको सङ्ख्यामा नेपाली नागरिकता बाँडिरहेको छ । प्रचण्ड, शेरबहादुर, के.पी. ओली एवम् राप्रपा हुन् या भर्खरै जन्मेको राष्ट्रिय स्वतन्त्र पार्टी नै किन नहोस् यी सबै मुलुकको अस्तित्व नामेट गर्ने दिशामा युद्धस्तरमा लागिपरेका छन् । आऊ देशभक्तहरू हो पार्टीका लुटेराहरूबाट देश बचाऊ । यो अन्तिम देश बचाउने युद्धका देशभक्त नेपाली सामेल हुनुको विकल्प पनि छैन ।
इटहरी, तरहरा, बरगाछी