लोकसंवाद संवाददाता | समाचार | फागुन ०२, २०८१
मेलबर्न, अस्ट्रेलिया ? हिमालयन आउटरिच अन्तर्राष्ट्रिय अस्ट्रेलियाले पहिलो पटक सदभाव, मित्रता र सम्बन्ध स्थापित गर्न मेलबर्नमा शिखर सम्मेलनको आयोजना गर्न लागेकाे जनाएकाे छ ।
हिमालयन आउटरिच का कार्यक्रम संयोजक दान घिसिङद्वारा जारी प्रेस विज्ञप्तिका अनुसार आगामी फेब्रुअरी २३अर्थात तदनुसार फागुन ११ गते मेलबर्नको माउन्ट अलेक्जाण्डर रोड, एस्कट भेल, भिआसी ३०३२ मा शिखर सम्मेलनको आयोजना गरिएको छ ।
हिमालयन आउटरिचका अनुसार अस्ट्रेलिया र नेपाल २०२५ मा कुटनीतिक सम्बन्धका ६५ वर्ष पूरा भएको छ। फेब्रुअरी १५, १९६० मा अस्ट्रेलिया र नेपाल बीच कुटनैतिक सम्बन्ध स्थापना भएको दिनको अवसर पारेर शिखर सम्मेलनको आयोजना गरिएकाे हो ।
सम्मेलनको प्रमुख उद्देश्य 'नवप्रवर्तन मार्फत दिगो विकासस् नेपाल र अस्ट्रेलियाबीच साझेदारी सम्मेलनू हुनेछ। नेपाल र अस्ट्रेलियाका नेताहरू, नवप्रवर्तनकर्ता, र सरोकारवालाहरुलाई एकत्रित गरी सहकार्यको वातावरण सिर्जना गर्ने रहेको समेत हिमालयन आउटरिचले जनाएको छ ।
दिगो विकास ग्रामीण-शहरी साझेदारी नवप्रवर्तनशील बिचार
अन्तरक्रियात्मक कार्यशालाहरू: उद्यमशीलता र सामुदायिक सशक्तीकरणमा आधारित समाधानहरू।
अवसरहरू: बहुक्षेत्रीय सहकार्यको निर्माण।
सांस्कृतिक आदान-प्रदान: नेपाल र अस्ट्रेलियाको साझा सम्पदाको उत्सवमा केन्द्रित हुने छ।
सम्मेलनमा नेपालका संघीय सांसद, अस्ट्रेलियाका प्रदेश सांसद, नगरपालिका मेयरहरू, गैरआवासीय नेपाली संघ अस्ट्रेलियाका प्रभावशाली पदाधिकारीहरू सहभागी हुनेछन्। यस सम्मेलनमा अमेरिका, सिंगापुर, चीन ,बंगलादेश र युथोपियाका प्रतिनिधिहरू पनि सहभागीता रहने समेत हिमालयन आउटरिच जनाएको छ ।
सम्मेलनमा दिगो विकासका लागि सहकार्य प्रवर्द्धन, शहरी र ग्रामीण क्षेत्रमा नेतृत्व संवाद र ज्ञान आदानप्रदानको सुविधा, प्रभावकारी शासन, सामुदायिक विकास, र उद्यमशीलताका लागि नवप्रवर्तनका घोषणा गरिने कार्यक्रम रहेकाे समेत जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।