पूर्ण ओली | दृष्टिकोण | फागुन १६, २०८१
मैले केहिदिन अघि इण्डियन च्यानलमा आउने लोकप्रिय कार्यक्रम 'कौन बनेगा करोडपति ' मा सिनेकलाकार नाना पाटेकरको कुरा सुने । इण्डियन फिल्मका बरिष्ट अभिनेता अमिताभ बच्चनले सोधेको प्रश्नमा तपाइँ अहिले कसरी समय बिताउनु हुन्छ भन्दा उनले आफ्नो कहानी यसरी सुनाए ।
अहिले उनी 'नाम फाउण्डेसन' को नामको संस्था चलाएर समाज सेवा गरिरहेको बताए । उनले बताएअनुसार आफ्नो जन्मस्थानका गाउँ बासी सुक्खा परेर खेतिपातीबाट आफ्नो उत्पादन गर्न नसक्ने तथा पानीको अत्यन्त अभावमा रहेका थिए । बिरामी पर्दा औषधि उपचार पनि गर्न नसकेर अकालमा मर्नु परेको कुरा थाहा पाए पछि उनी आफ्नो गाउँमा गए । त्यहाँका केहि समाजसेवी, बुद्धिजीवीसँग मिलेर आफ्नो जन्मथलोको उद्दार गर्ने कार्यक्रम बनाए । त्यो भन्दा पहिला नै नाना पाटेकरको आफ्नो ट्रस्ट नाम फाउण्डेसन संचालनमा थियो । जसले धेरै राम्रा समाजसेवाका कार्यक्रम गरिररहेको थियो । हुनत धेरै इण्डियन कलाकार तथा ठुला उद्योगीहरुले जनताको उद्दारमा धेरै राम्रा समाजसेवाका कार्यहरु गरेको सुनिन्छ ।
नाना पाटेकरले पनि आफ्नो नाम फाउन्डेसन लाई उक्त खडेरी परेको गाउँमा सिँचाइको प्रबन्ध गर्नमा उपयोग गराए । जसमा स्थानीय समाजसेवाको सहयोगमा त्यो गाउँमा सिचाइँको राम्रो ब्यबस्थाले बन्जर गाउँलाई हराभरा बनाए । स्थानीय जनताको जीवनस्तर उठाउन जनतालाई बिभिन्न शिप सिकाउने र ससाना घरेलु उद्योगमा समेत मद्दत पुर्याए । जसबाट जनताले खाद्यान्नको राम्रो उत्पादन गरेर बिक्री समेत गर्न थाले । अहिले त्यो गाउँका जनताको जिवनस्तर सुध्रिएको मात्र होइन नमुना गाउँको रुपमा अघि आएको छ ।
उनले आफ्नो पुरस्कारको नगद पनि महाराष्ट्रको सुक्खा क्षेत्रमा दिएका छन् । नाना पाटेकरले फिल्मका कलाकार तथा पत्रकारलाई समेत त्यस्ता क्षेत्रहरुमा सहयोग तथा प्रचार गर्न प्रोत्साहन गर्ने गरेका छन् ।
कुनैपनि ब्यापारी , कलाकार, उद्योगपति जसले पैसा कमाए पनि जनताको रगत पसिनाको कमाइको कर बाट आएको रकम बाटै कमाउने हो । त्यहि जनताबाट आएको अकुत सम्पति अप्ठ्यारामा परेका गरिब जनताको लागि खर्च गर्न किन आज नेपालका ब्यापारी तथा धनी बर्ग अघि सर्दैनन् ? कुनै दिन हाम्रै नेपालका केहि धनी मानी जमिन्दारले स्थानीय जनताको सेवामा अत्यन्त धेरै जग्गा जमिन तथा नगद बाँडेको धेरै उदाहरणहरु छन् । तर अहिले माथिदेखि तलसम्म नेता हुन या ब्यापारी या कर्मचारी हुन या कलाकार ( केहि अपवादलाई छोडेर ) सबै देश लुटन मात्र ब्यस्त देखिन्छन् । माछा टाउको देखि कुहुन थाल्छ भनेजस्तै नेपालमा पनि नेतृत्व तह नै सिर्फ पैसा कमाउनु र देश लुट्नुमा लागेकोले ब्यापारीले पनि यहि सिको त गरेका होइनन् भन्ने शंका उब्जेको छ ।
जसले अबैध तरिकाले सम्पति कमाएर बिदेशी बैकमा जम्मा गरेका छन् । पञ्चायती ब्यबस्था भइञ्जेल सरकारसँग डराएर पनि केहि परोपकार कार्य गर्ने मारवाडी समुदाय अहिले नेतालाई पैसा बुझाएर सांसद भएका छन् भने कोहि अकुत सम्पति दलका नेतालाई बुझाएर दलको कोटामा निर्वाचन भाग लिएर सांसद भए । सांसद भएपछि आफुले देश लुटेको सम्पति जोगाउने र अरु धेरै लुट्ने मात्र देखिए ।
नेपालका प्रमुख ब्यापारी भनेका मारवाडी समुदाय हुन । पञ्चायती ब्यबस्था रहिञ्जेल मारवाडी प्राय अंगिकृत नागरिक मात्र थिए र सरकारको चाकरीमा लाग्थे । अहिले सबैजसो मारवाडी बंशजको नागरिक भइसके । त्यसैले उनीहरुले नेतालाई नचाइरहेका छन् । अहिले नेपालको सबै अर्थ ब्यबस्था, उद्योग ब्यापार यी मुठ्ठी भर मारवाडी ब्यापारीको हातमा छन् । कुनै दिन यी मारवाडीले नेपालको अर्थ मन्त्रालय हाम्रो हातमा छ भनेको सुनेको थिएँ । अहिले त देश नै हाम्रो हातमा पुगिसक्यो भन्दा हुन् । नेपालको ९० प्रतिशत सम्पति अहिले यिनै ब्यापारीको हातमा मात्र रहेको छ । यिनीहरु बाट देश र जनताको हितमा कुनै काम गरेको पाईंदैन । बिदेशी सामान ल्याएर महंगोमा जनतालाई बेचेर नाफा कमाउनु मात्र होइन सरकारी जग्गा जमिन पनि यिनीहरुले हड्पँदै लगिरहेका पाइन्छन् । यिनीहरुको प्रमुख कार्य भनेको प्रमुख नेतालाई आफ्नो कब्जामा पार्न कमिसनको लोभमा फसाउनु हो । नेपालमा बहुदलीय ब्यबस्था आएपछि आएका नेताहरु सिर्फ शक्तिको दुरुपयोग गरि नगद कमाउन आएका मात्र देखिन्छन् । देश भित्रका व्यापारीबाट कमाउनु हो या बिदेशी सहायता रकमको दुरुपयोग गरि लुट्नु हो जसरी भएपनि आफ्नो र आसेपासेको सम्पति बढाउनु भन्दा अरु नेताले कुनै कार्य गरेको देखिदैन । यिनै ब्यापारीसँग चन्दा उठाउने नेता अहिले ब्यापारीसँग साझेदारीमा ब्यापारमा लागेर ब्यापारी र नेता चिन्न पनि कठिनाइ भइरहेको छ । अहिले ब्यापारी नै खुद नेता भएर आफ्ना हितमा नीति बनाएर जनता लुटिरहेका छन् । यस्ता ब्यापारी बाट नेता भएकाले पनि सरकारी सम्पति लुटिरहँदा उनीहरुलाई कारबाही गर्न सरकार तथा अख्तियार हिम्मत गर्दैनन् । त्यसैले पनि देश भ्रष्टाचारमा चुर्लुम्म डुबेर 'ग्रे' लिस्टमा परिसकेको छ । युएस एडको रकम नेपालमा धर्म परिवर्तन गर्न र जातीय विचलनको लागि आएको प्रष्ट भइसक्यो । आइएनजिओ को नाममा बिदेशबाट आउने डलर यस्तै गरेर सनातन वैदिक धर्म नासेर इशाई भइरहेको कुरा पनि अमेरिकाको सदनमा आइसक्यो । अब अमेरिकाले युएस एडको रकम बन्द भएपछि अरु युरोपियन मुलुकले पनि यस्ता सहयोग अवश्य बन्द गर्नेछन् । त्यसपछि नेपालले खाद्यान्न लगायतमा आत्मनिर्भर हुने योजना गरि कार्यन्वयन गर्न नसक्ने हो भने देश नै लिलामको अबस्थामा पुग्ने अबस्था छ ।
त्यसैले नेपालका मारवाडी लगायत अन्य ठुला ब्यापारी तथा भ्रष्टाचारमा डुबेका मानिसको अबैध सम्पति खोजेर जफत गरि देश हितमा लगाउनुको बिकल्प छैन । जनता लुट्ने ब्यापारी मारवाडी समुदाय धेरै भएपनि पहाडी ब्यापारीले पनि जनताको हितमा कहाँ के कति गरे त्यसको लेखाजोखा गर्ने दिन आइसक्यो । जनता अब जागरुक भएर यस्ता भ्रष्ट नेता कर्मचारी ब्यापारी चिन्नु पर्छ । यस्ता ब्यापारीको नकाब पोस हटाउनै पर्छ । यी लुटेराले गरिब किसान लुटेका छन्, बिद्यार्थी तथा युवा लुटेका छन् । पञ्चायती ब्यबस्था भइञ्जेल सामाजिक कार्यमा खर्च गर्ने ब्यापारी अहिले खुलमखुला नेताको दलाली गरेर अकुत सम्पति कमाएका छन् । यसको प्रस्ट उदाहरण ब्यापारी हरुलाई लिन सकिन्छ । जसले अबैध तरिकाले सम्पति कमाएर बिदेशी बैकमा जम्मा गरेका छन् । पञ्चायती ब्यबस्था भइञ्जेल सरकारसँग डराएर पनि केहि परोपकार कार्य गर्ने मारवाडी समुदाय अहिले नेतालाई पैसा बुझाएर सांसद भएका छन् भने कोहि अकुत सम्पति दलका नेतालाई बुझाएर दलको कोटामा निर्वाचन भाग लिएर सांसद भए । सांसद भएपछि आफुले देश लुटेको सम्पति जोगाउने र अरु धेरै लुट्ने मात्र देखिए ।
जसरी इण्डियामा नाना पाटेकरले सम्पति कमाएर जनताको हितमा केहि गर्न सक्छन् भने नेपालका बिनोद चौधरी , मुरारका, गोल्छा, चन्द्र ढकाल आदीले किसान , युवाका लागि किन केहि गर्न सक्दैनन् ? यसतर्फ हाम्रा दलका नेताले प्रोत्साहन गर्नु पर्नेमा आफ्नै सम्पति बढाउन र दलको फण्ड बढाएर चुनाउमा खर्च गर्ने भन्दा अरु पटक्कै सोचेको पाइएन । त्यसैले यो ब्यबस्था र अहिलेका ठुला दलका नेतालाई नपन्छाइ नेपालको 'ग्रे' लिस्ट हट्ने पनि देखिदैन र बिदेशी सहयोग पनि पुरा तवरमा बन्द हुने संभावना बढेको छ । त्यसैले जनता जागरुक हुंदै उठ्नु पर्यो । विदेशीयका युवा स्वदेशमा बोलाएर अहिलेको बेथिती हटाएर भ्रष्टहरूको दोहोलो काट्नै पर्यो । अन्यथा यो देशमा बिदेशी बुट बजारिन सक्छ ।
बालकुमारी ललितपुर, नेपाल
२०८१ फाल्गुण १५