राजसंस्था : ठुला दल किन यति आतंकित ?

राजसंस्था : ठुला दल किन यति आतंकित ?

पूर्ण ओली  |  दृष्टिकोण  |  फागुन २५, २०८१

राजासहितको प्रजातन्त्रले नपुगेर अहिले लोकतन्त्र नामको ब्यवस्थामा हाम्रो देश चलेको छ । लोकतन्त्र र प्रजातन्त्रमा खास के भिन्नता छ जनतालाई थाहा छैन । उनीहरु देशमा सिर्फ सुशासन होस र जनताको जीवनस्तर उठोस् । अनि अनि आफ्ना छोराछोरीले परिवारसँग स्वदेशमा रोजगार गरेर बस्न शकुन भन्ने मात्र चाहेका छन् ।

तर सत्तामा भएका दलहरु कसरी आफ्नो शासन सत्ता लम्बाउने र त्यसका लागि जेजस्तो गलत काम गर्न पनि तयार हुने मात्र देखिए । देशमा उद्योग कलकारखाना प्राय सबै बन्द भइसके । सरकारी ठुला र उपयोगी उद्योगहरु राजनीतिकरण र कमिसनको खेलले सबैलाई घाटामा पुर्‍याइए र बन्द गराइए । युवाहरुले रोजगार गरेर नेपालमा बस्न सक्ने कुनै उपाय सरकारले दिन सकेको छैन । दिनमा हजारौ युवाहरु देश छोडेर परिवारसँग बिछोड भएर बिदेशिनु परेको बाध्यतालाई सरकारले कहिले पनि गम्भीरता पूर्वक लिएको देखिदैन । सत्तामा बस्नेले कर्मचारीको मिलेमतोमा गरिने नीतिगत भ्रष्टचार रोक्ने कार्य सरकारबाट सुरु गरिएको छैन । 

यो सबै कारणबाट देशमा भ्रष्ट चारले चरम चुलीमा पुगेर देशको आर्थिक अबस्था डामाडोल भएको छ । बिदेशबाट आउने रिन र सहयोग पनि दलका नेता र झोले कार्यकर्ताको खल्तीमा पुगिरहेको छ । अमेरिकन राष्ट्रपति ट्रम्पको घोषणा पछि युएस एड बन्द भएको छ । उक्त रकम बिभिन्न आइएनजिओको नाममा आएर नेपालको सनातन वैदिक धर्म नासेर किश्चियनिटी फैलाउनुको लागि देशलाई धर्मनिरपेक्ष बनाइएको प्रमाणित भएकोे छ । त्यस्तै नेपाललाई आर्थिकरुपमा कमजोर पारि विभाजनसम्म पुर्‍याउने गरि संघियता लादिएको रहेछ । अब अमेरिकन लगायत पश्चिमाहरूको सहयोग बन्द हुन थालेपछि यो संघीयता कसरी अघि बढ्छ ? संघीयताको कुनै उपयोग नदेखिएको सिर्फ दलका दोश्रो तहका नेतालाई जागिरको लागि मात्र ल्याइएको सेतो हात्ती मात्र भएको प्रष्ट भएको छ । 

अब देश नै ग्रे लिस्टमा पुगेपछि ब्लाक लिस्टमा पुग्ने संभावना बढ्दै गएको छ । यो सबै देखेका जनता अहिलेका दल र नेताबाट वाक्क दिक्क भइसकेका छन् । यी ठुला दल आपसी भागबण्डामा रमाउने र आफ्ना दलका कार्यकर्ता तथा नेताहरु भ्रष्टाचारमा लागेका भएपनि कुनै कारबाही गर्न नसक्ने अबस्थामा पुगेका देखिन्छन् । जनतामा निरासा बाहेक कुनै आसा गर्न सक्ने क्षेत्र बाँकि नरहेको प्रष्ट छ । केहि राम्रो काम गर्ने ब्यक्तिको पछि सरकार लागेर काम गर्न अप्ठयारो मात्र पारि रहेकोले जनताको आक्रोस झनै बढिरहेको छ । यी सबै कारण जनता फेरि राजसंस्था सहितको प्रजातन्त्र नै ठिक रहेछ भनि फर्किरहेका छन् । जनताले पुराना सरकार र नया सरकार बीचका फरक हेर्छन् । त्यसैको परिणाम अहिले जनताले गणतन्त्र भन्दा राजासहितको ब्यबस्था नै ठिक देख्न थालेका छन् । स्वतन्त्र दलका नेता रबि लामिछाने किन छिटै लोकप्रिय भए भने उनले काँग्रेस एमाले सरकारका भ्रष्टाचारका चाङ देखाएर सुशासनको आश्वासन दिएर एक बर्षमा नै संसदको तेश्रो ठुलो दल बनाएर संसदमा पुगेका हुन । त्यसैले अब जनताले अहिलेका ठुला दलको चर्तिकला र अनियन्त्रित भ्रष्टचार र जताततै राजनीतिको नाममा भद्रगोल भएपछि कमसेकम शासन सत्ता जनप्रतिनिधिबाट भएपनि राष्ट्रको संरक्षकको रुपमा राजा र परम्परागत सनातन वैदिक धर्म भनि साबिकको हिन्दुराष्ट्र कायम गर्न चाहेका छन् ।

 राजा सिर्फ संबैधानिक बनेर प्रजातान्त्रिक ब्यबस्था हुँदा फेरि पनि शासन गर्ने जनप्रतिनिधि नै हुन् । राजा सिर्फ संरक्षक मात्र हुनेछन् । राजा हुंदा नेताले जथाभावि गर्न थालेमा या देश नै संकटमा भासिन थालेमा चेतावनी सम्म दिन सक्नेछन् । अहिलेका राष्ट्रपति जस्तो अर्काको नाम माथि आफ्नो सहि धस्काउने नालायक कार्य गर्नेछैनन् । अनि विदेशीको लागि बारम्बार नागरिकता दिने बिधेयक सदनबाट पास भएपनि राजाबाट अवश्य पनि नियन्त्रण हुनेछ । बिदेशमा हाम्रो गिरेको साख अवश्य उठ्ने छ । अहिले विश्वका धेरै बिकसित देशमा राजतन्त्र रहेको छ । त्यहाँको बिकास तथा प्रजातन्त्रमा राजाबाट कुनै अबरोध नपुगे जस्तै नेपालमा पनि राजतन्त्रबाट कुनै अबरोध हुनेछैन । किनकि राजा पनि भुक्त भोगि र पीडित हुन् । 

यसलाई बेलैमा संबोधन गर्न सकिएन भने जनताको आक्रोस झनै बढेर अहिलेका सत्ताधारीलाई अप्ठयारो  पर्नेछ । त्यसैले जतिसक्दो छिटो राजसंस्था र हिन्दुराष्ट्रको बिरुद्ध बक्तव्य निकालेर जनताको तारो हुनुभन्दा देशका बुद्धिजीवी सहितको वार्ता टोली बनाएर देशलाई दिर्घकालिन हित हुनेगरि समय अनुकुलको संबिधान बनाउन तयार हुनुहोस्

अहिले राजसंस्थाका अभियान देशभरि नै बढेर गएको बेलामा केहि दलका नेता आत्तिएर राजा आउने भए चुनाब लडेर आउ भनि धम्काउन थालेका छन् । कसैले राजालाई थुन्नु पर्छ समेत भनेका छन् ।  प्रधानमन्त्री स्वयंले पनि राजालाई धम्काउनु भनेको आफु डराएको प्रष्ट देखिन्छ । लोकप्रिय नेता मदन भण्डारीले कुनै दिन राजालाई श्री पेच खोलेर चुनावमा आउ राजा भनेकोमा पछि उनलाई स्वदेशी तथा बिदेशी बाट नेपालका राजा देशभक्त छन्  भनेर बुझाए । यिनले देशको अहित हुने काम कहिल्यै गर्दैनन् भने चेत भएपछि 'राजा पनि एउटा शक्ति हो' भनेर भन्न थाले । त्यतिबेला दलहरु पनि निकै लोकप्रिय थिए । अहिले दलहरु अत्यन्त अलोकप्रिय मात्र छैनन् बिदेशी शक्ति पनि अहिलेका सत्ताका बिरुद्धमा छन् । त्यसैले सरकारमा बस्नेहरुले राजसंस्थाको बिरोध गर्नुभन्दा मिलेर अघि बढ्नु नै उचित देखिन्छ । केहि धूर्त नेताहरु अहिले चुपचाप बसेर परिस्थितिको आँकलन गरि कता पल्ला भारि हुन्छ भनेर दाउ हेरेर बसिरहेका छन् । आफुलाई निकै चतुर ठान्नेहरू लालबुझक्कड नेताहरु प्याच प्याच बोलेर जनताका तारो बनिरहेका देखिन्छन् । यी नेतालाई अहिले दक्षिणको छिमेकीले इशारा मात्र गर्‍यो भने राजसंस्था सहितको हिन्दु राष्ट्रलाई समर्थन गरेर संबिधान संसोधन गर्न कुनै आइतवार कुर्दैनन् भन्ने कुरा धेरै नेपालीले बुझिसकेका छन् ।  यति हुनसके मात्र देशमा अरु बिद्रोह हुनेछैन । अन्यथा देशमा ठुलै उथलपुथल हुने संभावना देखिँदैछ । नेता ज्यू होसियार भएर बोल्ने र सरकार संचालन गर्नुहोस । सत्ताको दुरुपयोग गर्न नखोज्नुहोस् । अन्तिम शक्ति सेनाको मनसाय बुझेर मात्र अघि बढ्नुहोस् । २०६३ सालको समय अहिले छैन । त्यसबेला विदेशका सम्पूर्ण शक्ति मिलेर राजा हटाउन र धर्मनिरपेक्ष कायम गर्न सेनालाई समेत दवावमा राखिएको प्रस्ट भएको थियो । अहिलेको अबस्था त्यस्तो छैन हेक्का रहोस् प्रधानमन्त्री ज्यू ।

नेपाललाई एकिकरण गरि सबै जातजातिलाई एउटै फुलका मालामा बाँधेर नेपाललाई एउटा बलियो सशक्त किसिमको सार्वभौम स्वाभिमानी देश बनाएर बिदेशीबाट जोगाउने राजा पृथ्वीनारायण शाहका सन्तानलाई अहिले राजा बनाएर सनातन वैदिक धर्म कायम गर्न अहिलेका ठुला दलले अप्ठयारो मान्नु पर्दैन । देशमा जतासुकै राजतन्त्र तथा हिन्दुराष्ट्रको बलियो माग सहितको आन्दोलन अघि बढिरहेको छ । यसलाई बेलैमा संबोधन गर्न सकिएन भने जनताको आक्रोस झनै बढेर अहिलेका सत्ताधारीलाई अप्ठयारो  पर्नेछ । त्यसैले जतिसक्दो छिटो राजसंस्था र हिन्दुराष्ट्रको बिरुद्ध बक्तव्य निकालेर जनताको तारो हुनुभन्दा देशका बुद्धिजीवी सहितको वार्ता टोली बनाएर देशलाई दिर्घकालिन हित हुनेगरि समय अनुकुलको संबिधान बनाउन तयार हुनुहोस् । 

हाम्रा छिमेकी राष्ट्रपनि अहिले हाम्रा नेता र उनीहरुका काम कारबाही बाट खुसी छैनन् । नेपाललाई सहयोग गर्ने अमेरिका पनि अहिले नेपालका नेताहरु बिरुद्ध बोलिरहेको र सहयोग पनि बन्द गरेकाले नेपालका नेताहरु समर्थन न जनता न बिदेशी कोहि पनि नरहने अबस्था देखिँदैछ । अझैपनि जनताले खोजेजस्तो संबिधान संसोधन र सुशासन ल्याउने कुनै नीति नियम कार्यान्वयनतर्फ नलाग्नु अहिलेका सत्ताधारीको मुर्खता नै हो । 

राजा महेन्द्रले १० बर्षमा नेपालमा स्थापना गरेका उद्योग कलकारखाना, सडक, विदेशीसँग दौत्य सम्बन्ध र विश्वमा नेपाललाई चिनाएको र नेपालको छवि बनाएको र देशलाई ब्यबस्थित बनाए नेपाललाई सार्वभौम सम्पन्न तथा सम्बृद्धितर्फ अघि बढाएकोतर्फ पनि ध्यान दिउँ । न कि राजा ज्ञानेन्द्रले जनताको हितमा गर्न खोज्दा खोज्दै उनले शासन चलाउन राखिएका केहि बदनाम मानिसको सल्लाहमा भएका केहि गल्तीलाई मात्र नहेरौं  । तैपनि उन्नले राष्ट्रको अहित हुने र जनताको दैनिकी रोजगार तथा सुरक्षामा बाधा पार्ने कुनै काम गरेका थिएनन् । 


बालकुमारी ललितपुर ,नेपाल 
२०८१ फाल्गुण २४