स्वतन्त्रता जिन्दावादका मुड्कीहरू

स्वतन्त्रता जिन्दावादका मुड्कीहरू

ऋतु आशिक  |  साहित्य  |  फागुन २८, २०८१

मुलुकलाई सजाउँदै सिँगार्दै थिए महेन्द्र 
मेरो देशको वैभवता 
माथि–माथि परिकल्पनामा 
देश समृद्ध बनाउँदै, 
राजा भएर पनि आफूलाई
देशोत्थान मगन्ते आफूमा प्रारूप वेरेर, 
आफूलाई नै गोडमेल गर्दै थिए । 
तिम्रो सत्कर्म यसबेला–
टड्कारो देखिएको छ । 
देश माथि लुटपाट मच्चाउने, 
आम जनता माथि
दुःखको पहाड थोपर्नेको पङ्क्तिमा 
यसबेला एमाले, काङ्ग्रेस, माओवादी
मुलुक सिध्याउने अन्य ओढेर 
पञ्चायती मजेत्रोमा सुकुमारहरू   
यसबेला आफूलाई विवशताको 
रोपाईको हर्क बढाइ, 
छुपु–छुपु रोपिरहेका छन् ।

धरानमा यसबेला
वैज्ञानिक महावीर पुन किताबको खेतीमा
सुसुप्त कालबाट
आफूलाई सँगै देश उठाइरहेका छन् ।
लाहुरेहरू–
देशप्रति अगाधता व्यवहार बाटै टल्किएको छ ।
धरानका गल्लीहरूमा महावीर पुन किताब बेच्दैछन्
कृषि औजार कारखाना पुर्न जीवित गराउँदै छन् ।
महान् उद्देश्यमा आफूलाई रोपिरहेका छन् । 
देशलाई उजिल्याउन लागि परिरहेका छन् । 

म यसबेला भावविह्वल भएको छु । 
धरानकी ३५ वर्षीय चेलीको 
देशप्रति समर्पणको भाव 
देश उठोस् जिजीविषा लिएर 
खाने लगाउने बेलामा, 
ती चेलीको अथाह समर्पण 
उनको आर्ज्याको सुनको वाला
महावीर पुनको हाथमा थमाएर 
देश उठाउनुस् भन्दै थिइन् 
भावविह्वल देशभक्तिको अथाहताको क्षण 
महावीर पुन आफै भक्कानिँदै थिए 
ती अथाह चुरादात्री प्रति ढोग्दै थिए । 
म आफैँ पनि भावविह्वल भए 
ती नजिकैका अभिभावकहरू 
ती चेलीको देश प्रतिको समर्पण 
अथाह समुद्र स्नेह
मनको उच्छवास 
देशप्रतिको अगाध प्रेम
अथाह मनको उद्घोष
धरानवासीको समर्पण
धरानवासीको स्नेह कोशी नदी जस्तै छताछुल्ल भयो 
मेरा यी आँखाहरू नमन हुँदै,
ती बहिनीको गोडामा आँसु पुगोस्
देशको उत्थानको हुटहुटी 
मेयर हर्क साङपाङको हुटहुटी 
ती बहिनीको मनको वैभवता
दानशीलताको वैभवता
धरान आफूलाई गर्वित बोकेर 
देश उजिल्याउने महान् यज्ञमा होमिएको थियो । 
धरानवासी गर्वले पुलकित हुँदै थिए । 

पानीको काकाकूलतामा
हर्क सम्पाङले धरानलाई पानी पियाएरै छाडे 
धरानवासीको देशप्रतिको हुटहुटीमा
धरान झन्–झन् उजेलिदै थियो । 
धरानको गौरवता माथि–माथि उठिरहेको थियो ।
देशभरि नै धरान जयगानमा परिवर्तित हुँदै थियो । 

मेयर बालेनहरू
मेयर हर्क साङपाङहरू
कुलमान घिसिङहरू
देश उजिल्याउँदै छन् 
राष्ट्रमाथि राष्ट्रियता ओछ्याएर 
देशभरि नै झन्कृत गराइरहेका छन् 
राष्ट्रियताको यो उर्लदो भेलमा
प्रचण्डहरू 
ओलीहरू 
शेरबहादुरहरू
नव धनाढ्यको कालो लेपनमा
मुखभरि कालिख पोतेर 
यसबेला सम्पत्ति मठाधीशमा रूपान्तरित भएका छन् ।
राष्ट्रमाथि नै नागरिकताको खेती गरेर 
भारतीयहरूले हुलका हुल हुलेर 
देशलाई सिक्किमीकरण गरिरहेका छन् ।
पार्टी–पार्टीमा ओली लेण्डुपे 
शेरबहादुर भर्ती केन्द्रहरू
लुटखसौट मुर्गी पालन बनाएका छन् । 
यसबेला सबै पार्टीहरू
देशलाइ सिक्किमीकरणको होडमा
आफूलाई बेचिरहेका छन् । 
पार्टीको प्रारूपमा देशद्रोहीहरू हरकत दृश्याङ्कन गरिरहेका छन् ।
देशद्रोहीहरूका हरकत विरुद्ध
देशवासीहरू उठिरहेका छन् । 
यो देश यसबेला भित्रभित्रै पिल्सिएर 
आफूलाई सचेतना उठाइरहेको छ । 
गाउँ–गाउँबाट
वस्ती–वस्तीबाट
देशद्रोहीहरूका विरुद्ध
जताततै आफूलाई गोलबन्द गरिरहेका छन् । 
देश अब आफूलाई 
सबै जञ्जाल भत्काउँदै छ 
देशभक्त र देशद्रोहीको यो अहम् युद्धमा
देशभक्तिहरू उठ्ने छन् 
आफूलाई देशभक्त स्वतन्त्रताका पक्षमा उठाउँदै छन् । 

२०८१ फाल्गुण २६ सोमबार
इटहरी तरहरा, आँपगाछी

– ऋतु आसीक