जनसांस्कृतिक महासङ्घले प्रतिगामी प्रयत्न विरुद्ध सांस्कृतिक अभियान थाल्ने

जनसांस्कृतिक महासङ्घले प्रतिगामी प्रयत्न विरुद्ध सांस्कृतिक अभियान थाल्ने

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत ०३, २०८१

मोरङ  ।जनसांस्कृतिक महासङ्घ, नेपाल १ नम्बर प्रदेश समितिको विस्तारित बैठक २०८१ साल फागुन २९ गते शुक्रवार मोरङ जिल्लास्थित सुन्दरहरैचाको जनसहयोगी क्लबमा बसेको थियोे ।

बैठकका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा १ नम्बर प्रदेशका सहइन्चार्ज सावित्रीकुमार काफ्ले 'समर' ले अहिले विभिन्न माध्यमबाट जनताका अधिकार कुण्ठित गर्ने प्रयत्न भइरहेको छ,यसका विरुद्ध सशक्त प्रतिवाद संस्कृतिकर्मीको तर्फबाट हुनुपर्ने कुरा प्रशिक्षणात्मक मनतव्य राख्दै जनतासामु स्रष्टाहरू पुग्नुपर्ने बताउनु भएको थियोे ।बैठकका विशिष्ट अतिथि नेकपा माओवादी केन्द्र एक नम्बर प्रदेशका उपाध्यक्ष मणिकुमार राई 'विजय साम्पाङ' ले भावी सांस्कृतिक अभियानबारे बताउँदै सांस्कृतिक टिम निर्माण गर्ने र यथाशीघ्र जनतासमक्ष पुग्नुपर्नेमा जोड दिँदै प्रशिक्षणात्मक मनतव्य राख्नुभएको थियोे ।

एक नम्बर प्रदेश पाटीका सदस्य पुष्प ढुङ्गाना ,प्रदेश सदस्य र जनसांस्कृतिक महासङ्घका केन्द्रीय सदस्य,सांस्कृतिक फ्रयाक्सन इन्चार्ज राकेश किराती र जनसांस्कृतिक महासङ्घ नेपालका केन्द्रीय सचिव तथा प्रदेश महासङ्घका इन्चार्ज अनुसा राना साम्पाङ राई र सहइन्चार्ज शैलेन्द्र खतिवडा अतिथि रहनुभएको थियोे।बैठकमा महासङ्घका केन्द्रीय सदस्य मनिता राई 'जाइका' र पुष्प श्रेष्ठ समेत अतिथि रहनु भएको थियोे।यसैगरी प्रदेशका सदस्य सुधिर केसी,नरेश थुलुङ,प्रतिमान तामाङ ,एकराज केसी ,भलाकाजी राई तथा कवि नानु मैयाँ दाहाल,चन्द्रबहादुर सुवेदी, आलोक खनाल, युवराज घले,पूर्ण बनेम लगायतका बैठकमा उपस्थित रहनुभएको थियोे।बैठकले सदस्यता विस्तार गर्ने,एकता प्रकृयाबाट आएकालाई उचित स्थान दिने,सांस्कृतिक प्रतिष्ठानको गठन गर्ने, समाजवादी सांस्कृतिक अभियान चलाउने र प्रतिगामी स्वरविरूद्द महासङ्घ एकढिक्का भएर सिर्जनात्मक प्रतिरोधमा उत्रिने निर्णय गरेको थियो। बैठकले अखिल नेपाल लेखक सङ्घ एक नम्बर प्रदेश समितिको ब्यानरमा २०८१ चैत ९ गते शनिवार धरानमा प्रतिगामी स्वरुविरुद्ध कविगोष्ठीको आयोजना गर्ने निर्णय समेत गरेको थियोे ।

महासङ्घका प्रदेश अध्यक्ष चेतनाथ धमलाको अध्यक्षतामा उक्त विस्तारित बैठक सम्पन्न भएको थियोे।उहाँले अबको सांस्कृतिक अभियान र लेखन विधालाई प्रविधिसँग जोड्दै अघि बढ्नुपर्ने र समाजवादी सांस्कृतिक क्रान्तिका लागि उपभोक्तावादी प्रवृत्तिका विरुद्ध जुध्ने हैसियत निर्माण गर्न पनि लेखक र कलाकारहरूले प्रतिगामी प्रयत्नविरुद्ध अग्रसर भएर अभियान चाल्नुपर्ने टड्कारो आवश्यकता रहेको बताउनु भएको थियोे।
बैठकको सञ्चालन महासङ्घका सचिव रमेश आचार्यले गर्नुभएको थियोे।बैठकमा उपस्थित सबैजनालाई विशेष आभारसहित धन्यवाद ज्ञापन गरिएको थियोे।