लोकसंवाद संवाददाता | लोकरञ्जन | चैत ०७, २०८१
काठमाडौं । प्रमोद भण्डारीको शब्द, रोजिना बस्नेत र दिनेश भुजेलको स्वरमा रहेको ‘संसार सारा’ बोलको प्रेमिल गीत सार्वजनिक भएको छ ।
उक्त गीत म्युजिक भिडियोसहित दिनेश भुजेल अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीत जति सुमधुर अनि प्रेमिल बनेको छ, गीतको भिडिओ उति नै रोमान्टिक छ। भिडियोमा गायक भुजेल र सुष्मा श्रेष्ठको फिर्चड छन् ।
उक्त गीतको सङ्गीत नवीन कार्कीले तयार गरेका हुन् भने सङ्गीत संयोजन विशाल निरौलाको रहेको छ । साथै म्युजिक भिडियो निर्देशन विक्रम चौहानले गरेका छन् ।
माया गर्नेहरूका लागि समर्पित गरिएको गीतको शब्दले प्रेम भावव्यक्त गरेको छ। गीतमा प्रेमिल जोडी एक–अर्कामा कसरी वाचा गर्छन् भन्ने देखाइएको छ ।
‘संसार सारा’ बोलको प्रेमिल गीत यहाँ क्लिक गरेर हेर्न र सुन्न सकिन्छ ।