एकदिवसीय विश्वकप क्रिकेट : पन्त भारतीय टोलीमा

एकदिवसीय विश्वकप क्रिकेट : पन्त भारतीय टोलीमा
फाइल तस्बिर ।

लोकसंवाद संवाददाता  |  खेलकुद  |  जेठ २९, २०७६

इग्ल्याण्ड । युवा विकेटकिपर तथा ब्याट्सम्यान रिषभ पन्तलाई भारतीय विश्वकप क्रिकेट टोलीमा समावेश गरिएको छ ।

प्रारम्भिक ब्याट्सम्यान शिखर धवन औंलामा चोट लागेपछि उनको स्थानमा पन्तलाई खेलाउन लागिएको हो ।

भारतीय क्रिकेट बोर्ड बिसिसिआईका अनुसार पन्त आज इग्ल्याण्ड पुग्नेछन् । टिम म्यानेजमेन्टले धवनको उपलब्धताबारे अन्तिम फैसला नलिएसम्म उनलाई प्लेइन ११ मा सहभागी गराइने छैन ।

इग्ल्याण्डमा रहेका बिसिसिआईका एक उच्च अधिकारीले भने, ‘रिषभ पन्त टिम म्यानेजमेन्टको अनुरोधमा भारतबाट इग्ल्याण्डका लागि रवाना भइसकेका छन् ।’

भारतका पूर्वक्रिकेटर सुनिल गावस्करले शिखरको स्थानमा पन्तलाई खेलाउनुपर्ने बारे बहस गरेका थिए ।

२१ वर्षीय पन्त भारतीय क्रिकेटमा उभरने वाला सबैभन्दा आक्रामक खेलाडीमध्ये एक हुन् । उनले इग्ल्याण्ड र अस्ट्रेलियाविरुद्ध शतक प्रहार गरी सबैलाई प्रभावित गरेका थिए । यस्तै, उनले आइपिएलको पछिल्लो सिजनमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए ।

केएल राहुल गर्न सक्छन् ओपनिङ

आगामी दुई खेलमा भारतका तर्फबाट केएल राहुल ओपनिङ गर्न सक्नेछन् । उनको स्थानमा पन्त आउनेछन् । राहुलसँग आइपिएल तथा अन्तर्राष्ट्रिय खेलमा ओपनिङ गरेको अनुभव छ ।

धवन कसरी भए चोटिल ?

अस्ट्रेलियाविरुद्धको खेलका क्रममा नाथन कुल्टर नायलको बल लागेर धवनको औँलामा चोट लागेको थियो । तर, पनि उनले खेल छाडेनन् ।  उक्त खेलमा उनले १०९ बलमा ११७ रन जोडेका थिए ।

चोटका कारण उनी फिल्डिङका लागि पनि मैदान उत्रिन सकेनन् । उनको स्थानमा रविन्द्र जडेजाले फिल्डिङ गरेका थिए ।

उनको औँलामा फ्याक्चर देखिएको छ । आगामी तीन हप्तासम्म उनी क्रिकेटबाट टाढा रहनुपर्ने चिकित्सकको भनाइ रहेको खबर दैनिक जागरणबाट साभार गरिएको हो ।