पुरिन्द्र रावल | दृष्टिकोण | चैत २७, २०८१
सन् १९३९ सेप्टेम्बर २ का दिन विश्वमा एउटा नयाँ खालको समाचार सुनिन्छ जुन समाचार विश्व लाई नै दुई खेमामा बिभाजन गरेर भइरहेकाे दोस्रो विश्व युद्ध अन्त्य काे समाचार थियाे । नाजी जर्मन विरुद्ध लडि रहेकाे साेभियत खेमा अन्त्यमा जितेर नै फर्किएकाे थियाे ।
दोस्रो विश्वयुद्धको राम्रोसँग अन्त्य नहुँदै अर्काे खाल काे वा शीत युद्ध अथवा हतियार बिहीन युद्ध काे सुरुवात भएकाे थियाे । त्याे समयमा विश्व करिव तीन खेमामा विभक्त थियाे । मुलत दोस्रो विश्व युद्ध काे अन्त्य देखि शीत युद्ध काे अन्त्य सम्म काे काल खण्डमा विश्व मा धेरै उथलपुथल भैसकेका थियाे । विश्व लाई सञ्चालन गर्ने महत्त्वपूर्ण संस्था देखि राजनितिक आर्थिक प्रणालीहरु काे विकास मुलत यहि समयमा भएकाे थियाे । जब १०१९ मा आइपुग्दा साेभियत संघ विघटन भयाे र शीत युद्ध काे अन्त्यसँगै विश्व अमेरिकी अधिनस्थ हुन पुग्यो ।
जसले नव उदारवादी प्रणालीको अबलम्बन गरेर संसार लाई आफ्नो मुठ्ठीमा लिन सफल भयाे । सामान्यतया नव उदारवाद भन्नाले खुला अर्थतन्त्र वा खुला बजार भन्ने हाे । र आजका दिन सम्म पनि विश्व बजार यहि अर्थ राजनितिक दर्शनबाट सञ्चालित भइरहेकाे छ । मुलत नव उदारवाद भन्नाले खुला बजार र बजार काे माग अनुसारको उत्पादन भन्ने नै हाे । यसो भएकाे हुनाले के भन्न सकिन्छ भने नव उदारवाद स्वभावतः स्वार्थ केन्द्रित निम्न पुँजीवादी चिन्तन हाे भन्न सकिन्छ । विश्व वैंकको, मुद्रा कोष, विश्व व्यापार संगठन जस्ता संगठनहरुको उदय नै नव उदारवाद टिकाउनुका लागि थियाे र छ ।
१९४४ पछि विश्व बैङ्कको स्थापना र कथित ब्रिटेन उड सहमति बाट डलर काे सर्वोच्चताका कारण योजनाबद्ध रुपमा यी सबै काम भैरहेका थियो र जस ले नव उदारवादलाई मलजल गरि रहेकाे थियाे । र, नव उदारवादले संसारलाई संकट उन्मुख गराई रहेकाे थियाे र आज संसार मा त्यहि नव उदारवादी प्रणालीबाट उत्पन्न समस्याको सिकार आजको विश्व भइरहेकाे छ भने हामी केबल दर्शक बाहेक केही बनिरहेका छैनौँ । सन् १९४४ देखि आजसम्मको करिव ८०/८१ बर्षमा विश्व मा नव उदारवादी विश्व प्रणालीले शासन गरि रहेकाे छ जसले संसार लाई निकै ठुल्ठुला समस्याहरूसँग अल्झाई रहेकाे छ ।जलवायु परिवर्तनको मुद्दादेखि आर्थिक तरलतासम्मका सबै समस्या काे जड आजको नव उदारवादी विश्व व्यवस्था बनेको छ ।
विश्व जनसंख्या मा ४५ प्रतिशत र GDP मा ३५ प्रतिशत BRICS+ ले ओगट्द छ भने G7 ले क्रमस 10 प्रतिशत र 30 प्रतिशत ओगटेकाे पाइन्छ । अर्काे महत्त्वपूर्ण कुरा के छ भने दाेस्रो कार्यकालका लागि निर्वाचित भयका डाेनाल्ड ट्रम्पले विश्वका धेरै मुलुक हरुसँग कर लगायर आफ्नाे खुट्टा आफैले काट्ने प्रयास गर्दैछ ।
बर्तमान विश्व परिवेश
सामान्यतया अमेरिका आधारित नव उदारवादी विश्व व्यावस्था आजकाे विश्व व्यावस्था हाे । जसले संसारलाई संकटउन्मुख गराईरहेकाे छ जसका कारण यसकाे विकल्पकाे पनि बहस भयकाे हामिले पायका छाै । BRICS+र S.C.O जस्ता बहुराष्ट्रिय र बहुपक्षीय विश्व मञ्चहरुकाे उदय र नव उदारीकरण भित्रका आफ्नै समस्याका कारण यसकाे विकल्पका बारेमा बहस हुनु स्वभाविक छ ।
यसैले नव उदारवादकाे चालक कथित G7 समूह हाे भने BRICS+ बिकासान्मुख राष्ट्रहरुबाट निर्माण गरियकाे न्यायिक मञ्च हाे । जहाँ विचार र याेजना निर्माण हुन्छन् । यसाे भयकाे हुँदा यी दुई विच तुलना गर्ने हाे भने मुलत BRICS+ केही हद सम्म अगाडि दुखिन्छ । विश्व जनसंख्या मा ४५ प्रतिशत र GDP मा ३५ प्रतिशत BRICS+ ले ओगट्द छ भने G7 ले क्रमस 10 प्रतिशत र 30 प्रतिशत ओगटेकाे पाइन्छ । अर्काे महत्त्वपूर्ण कुरा के छ भने दाेस्रो कार्यकालका लागि निर्वाचित भयका डाेनाल्ड ट्रम्पले विश्वका धेरै मुलुक हरुसँग कर लगायर आफ्नाे खुट्टा आफैले काट्ने प्रयास गर्दैछ ।
नव उदारवादी व्यवस्थाको मुख्य मतियार मानिने अमेरिकाले पछिल्ला समय लगाएका करका कारण विश्वमा हलचल मच्चिएको छ । युरोप लगायत विश्वका धेरै देशहरुसँग कर लगाएको अमेरिकाले अब के हुन्छ ? भन्ने प्रश्न उत्पन्न भएकाे छ । चिनसँग १६.५ प्रतिशत निर्भर रहेकाे अमेरिकाले १०४ प्रतिशत कर पुर्याएको छ भने युरोपेली संघसँग १८.५ प्रतिशत निर्भर रहेकाे पनि कर लगाउन छोडेको छैन । उसका झन नजिकका छिमेकीहरूको त हाल झन खराब हुँदै गएको देखिन्छ ।
यसैले के भन्न सकिन्छ भने नव उदारवादी अर्थ प्रणालिमा समस्या आयकाे छ र याे अरु कसैकाे कारणले नभयर आफ्नै कारणले सकिन्छ भन्न सक्ने आधारहरु तयार भइरहेका छन् । जसलाई सक्ने मुल आधारहरु नै ट्रम्पको घर र BRICS+ हुने अनुमान लगाउन थालिएको छ ।