एससीओ समिटका लागि मोदीले पाकिस्तानको आकाश प्रयोग नगर्ने

एससीओ समिटका लागि मोदीले पाकिस्तानको आकाश प्रयोग नगर्ने

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २९, २०७६

काठमाडौं, एजेन्सी । किर्गिस्तान की राजधानी बिश्केकमा जुन १३–१४ मा हुने शंघाई सहयोग संगठन (एससीओ) समिटमा भाग लिन जान लागेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानको आकाश प्रयोग नगर्ने भएका छन् ।

विदेश मन्त्रालयका अनुसार प्रधानमन्त्री मोदी ओमान, ईरान तथा मध्य एशियाई आकाश हुँदै बिश्केक पुग्नेछन् । 

आइतवार भारतले एससीओ समीटमा किर्गिस्तान जानका लागि पाकिस्तानसँग उसको हवाई मार्ग प्रयोगका लागि अनुरोध गरेको थियो ।

भारतको अनुरोधलाई स्वीकार्दै पाकिस्तानले उडान अनुमति पनि प्रदान गरेको थियो । 

तर विदेश मन्त्रालयले पाकिस्तान वा ओमान, ईरान तथा मध्य एशियाई आकाश प्रयाेग गर्न उपलब्ध गराएकाे  विकल्पमा  मोदीले दोस्रो रोजेका हुन् । 

बालाकोटको हवाई हमला पछि दुवै देशले एक अर्काको हवाई सीमा बन्द गरेका छन् ।  

पाकिस्तानका प्रधानमन्त्री इमरान खान पनि एससीओ समीटमा सहभागी हुँदैछन् ।