पूर्ण ओली | दृष्टिकोण | बैशाख ०४, २०८२
सनातन वैदिक धर्मको आस्था परम्परामा आधारित संसारको एउटै हिन्दु राष्ट्रलाई धोका पूर्ण तरिकाबाट धर्म निरपेक्षता बनाइएपछि यहाँका हिन्दु , बौद्ध तथा किराँतसहितका ओमकार परिवारमा घोर निरासा छाएको छ । यहि हिन्दु धर्मलाई राजसंस्था सहित फर्काउने अत्यधिक नेपाली जनताको आस्थामा तुषारापात गर्ने काम अहिलेको सरकारले गर्दैछ ।
नेपाली जनताको उत्कृष्ट आशामा डण्डा चलाउने अहिलेको सरकारका प्रमुख के पि ओली इतिहासमा बदनाम हुंदै गएका छन् । शायद नेपाली जनता उनीप्रति बढि नै आसा गरेको कारण पनि जनताले धोका पाएका हुनसक्छन् ।
जुनबेला उनले पशुपतिनाथमा जलारी चढाए, अयोध्या चितवनमा छ भनेर शाहसिक बक्तव्य दिए यसबाट हिन्दु धर्मावलम्बीहरु उनीप्रति बढि विश्वस्त भएका थिए । तर उनका नजिक सल्लाहकार पश्चिमा बाट निर्देशित भएको तथ्य एमसिसि पास गर्न टिभीबाट हुँ कार गर्ने बिष्णु रिमालहरुबाट पनि ओली माथि ठुलो दवाव हुनसक्छ । त्यस्तै गरेर भारतसंग सम्बन्ध बिगारेर अहिले भारतीय प्रधानमन्त्रीलाई खुसी पार्नमा लागेका प्रधानमन्त्रीले भारतको हितमा हिन्दु राष्ट्रमात्र स्विकार्ने निर्णय गर्लान भन्ने डर पनि नेपाली जनतालाई छ । जसरी भारतलाई खुसी पार्न शेरबहादुरले महाकाली सन्धी गर्न सबैलाई फसाए ।
काँग्रेसका शेरबहादुर देउवा र केपी ओलीको स्वार्थ मिलेपछि संबिधान संसोधनको नामबाट झण्डै दुइतिहाइको बहुमत सहितको शक्तिशाली यो सरकारबाट जनताले आसा गरेको संबिधान संसोधन अहिलेसम्म सरकारले गरेन । उल्टो राजसंस्थालाई पनि केहि स्पेस र हिन्दुराष्ट्रको माग गर्दै सडकमा उत्रेका जनतामाथि डण्डा बर्साएर धनजनको धेरै क्षति पुर्याइयो । यसको सत्य तथ्य छानबीन नगरि आमसभामा टियर ग्याँस हानेर बिथोलिएको आन्दोलनलाई उग्र बनाएर भएको आगजनी तोडफोड र लुटपाटको दोष एक पक्षीय रुपमा राजा बादीलाई मात्र लगाइएको छ । निश्पक्ष छानबीन गर्न न्यायिक आयोगको दवाव सबैतिरबाट आउँदा पनि आयोग बनाइएको छैन । एकतर्फि रुपमा आन्दोलनकारीलाई मात्र थुनेर कारबाही गरेपछि यो सरकारको अलोक पृयता ह्वात्तै बढेको छ । सरकारका अर्को ठुलो दल काँग्रेस अहिले रमिते मात्र भएको छ । शायद काँग्रेसको भित्री चाहना एमालेको झनै बदनाम गराएर भविष्यको चुनावमा एमालेलाई राम्रैसँग पछार्ने दाउ हुनसक्छ ।
काँग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्रीको बेडसम्म तस्कर पुगिरहेका छन् भने । सरकार अत्यन्त अलोकप्रिय भयो । कुलमानलाई अहिले हटाउनु हुने थिएन भनि एकोहोरो प्रधानमन्त्री माथि मात्र आरोप लगाइएका छन् । अर्कोतर्फ काँग्रेसका भ्रष्ट उर्जामन्त्री दिपक खडका जसले कुलमानलाई हटाउन बारम्बार स्पष्टीकरण लिएर उनलाई राजिनामा गर्न बाध्य पार्दा पनि राजिनामा नदिएपछि क्याविनेटमा उनलाई हटाउने प्रस्ताव पास गर्न दवाव दिएका होइनन् ? उनको बारेमा गगन थापा किन बोल्दैनन् ? तीनकुनेको घटनामा सरकारका गृहमन्त्री रमेश लेखक जसलाई काँग्रेसले स्पष्टीकरण किन लिँदैन ? शायद यसमा गृहमन्त्री प्रमुख रुपमा दोषि देखिन्छन् । जसले प्रहरीलाई आदेश दिएर नै प्रहरीले घरमाथि बाट अचानक टियर ग्याँस हानेर आमसभा भाँडिएको देखिन्छ । यसको सम्पूर्ण जिम्मेवारी सरकारको भएता पनि जमिनमा गएर गलत कार्य गर्ने प्रहरी संगठन हो जसलाई काँग्रेसले चलाएको छ ।
शेरबहादुरले नबोलि नबोलि मानिसलाई सिद्याउँछन् भनि केपी ओली बढि बोलेर सिद्धिरहेका छन् जस्तो देखिन्छ । यसो हेर्दा शेरबहादुरले केपी लाई सहयोग गरेजस्तो देखिन्छ तर त्यसको बिपरित केपीलाई जतिसक्दो बढि बदनाम गर्न सकिएमा आउँदो निर्वाचनमा एमालेलाई सजिलै पछार्न सकिने सोच देउवाको हुनसक्छ । अहिले एमाले पार्टीका युवाहरु पुरा तवरमा राजसंस्थाको बिरोधमा उतारिएका छन् । एमाले अध्यक्ष्यले पनि कार्यकर्तालाई राजावादीलाई सिद्याउने गरि अगाडि बढ्न निर्देशन दिंदा युवाहरुलाई आपसी भिडाउन तत्पर देखिन्छन् ।
यसले देशमा गृहयुद्ध हुने संभावना बढ्दै गएको छ । अर्कोतर्फ काँग्रेस चुपाचापसँग रमिते मात्र हुनु भनेको शेरबहादुरले भारतलाई खुशी पार्न नेपालमा हिन्दुराष्ट्र कायम गर्न समर्थन गर्दै कम्युनिष्टलाई लात मार्न सक्छन् । त्यसपछि कम्युनिष्ट बाहेकका दलसँग मिलेर काँग्रेसले सरकार बनाउन सक्ने संभावना पनि छ ।
हिन्दुराष्ट्र हुँदा नेपाल र नेपाली जनताको के बिग्रिएको थियो ? बरु अहिले समाज बिथोलिएको छ । पृथ्वीनारायण शाहका वंशज राजा हुँदा नेपालको राष्ट्रियता, स्वाभिमान र एकता कायम रहेको थियो । अहिले नेपालको स्वाभिमान कहाँ पुगेको छ ? हाम्रो बिदेशमा के इज्जत छ ? देशका नेता टाउको दुखे पनि उपचारको बहानामा भारतीय नेता भेट्न दिल्ली पुग्छन् । बिदेशी दवाव र प्रभाव नेपालमा अत्यधिक बढेको छ ।
नेपालजस्तो सनातनी देश जसमा ९० प्रतिशत जनता सनातनी वैदिक धर्म लिएर आफ्नो दैनिकी गरेर गरिब भएर पनि आनन्द पूर्वक जिवन निर्वाह गरिरहेका छन् । यसलाई धर्म निरपेक्ष बनाइसकेपछि क्रिश्चियनको संख्या ह्वात्तै बढाएपछि समाजमा बिद्रोह बढ्ने संभावना बढाइँदैछ । यो सबै पश्चिमाहरूको दवाव र डलरको प्रभाव भनिन्छ । एमाले पार्टी नै एनजिओको पार्टी भनिन्छ । यी सबै एनजिओ पश्चिमाहरूको डलरमा चलेका देखिन्छन् । यिनीहरुलाई हाम्रो सनातनी हिन्दु धर्मको भन्दा डलरको बढि माया देखिन्छ । सबै नेपालीले बिभिन्न चाडपर्व मनाइराखेका हुन्छन् । दशैं तिहार, छड, गौरा पर्ब,माघी,इन्द्र जात्रा, बिस्केट जात्रा आदी सबै पर्वहरु मनाउँदै आएका छन् ।
अधिकांस जनताले चाहेको आफ्नो पिता पुर्खाले मानिरहेको धर्म संस्कृति परम्परा लाई कायम राख्न पनि हिन्दु धर्म अपरिहार्य देखिएको छ । ढिलो चाँडो नेपालमा हिन्दु धर्म आएर छोड्छ । चीनमा पनि कुनैबेला माओत्सेतुङ्गले सांस्कृतिक क्रान्ति भनेर धेरै मठ मन्दिर तोडाए । पछि त्यसको गल्ती महसुस गरि फेरि संस्कृति जोगाउन भन्दै धेरै मठ मन्दिर बनाइए । अहिले चीनको तिब्बतमा यहि नै हुन्छ पर्यटकको आकर्षण । हामी जहिले पनि पहिला तोडफोड गर्ने बिगार्ने गर्छौ पछि फेरि पछुताउँदै यसलाई सम्हाल्ने अनि बनाउने गर्छौ । माओवादी आएपछि कतिपय ठाउँमा नेपाल एकिकरण गर्ने बडा महाराज पृथ्वीनारायण शाहका मुर्तिहरु ढालिए, मन्दिर तोडफोड गरिए । पौष २७ गते का दिएको बिदा पनि रोके । पछि राजावादी राप्रपाको दवाव मा फेरि पृथ्वी जयन्तीमा बिदा दिन थालेका छन् । पृथ्वीनारायण शाहका मुर्ति ठडिन थालेका छन् ।
हिन्दुराष्ट्र हुँदा नेपाल र नेपाली जनताको के बिग्रिएको थियो ? बरु अहिले समाज बिथोलिएको छ । पृथ्वीनारायण शाहका वंशज राजा हुँदा नेपालको राष्ट्रियता, स्वाभिमान र एकता कायम रहेको थियो । अहिले नेपालको स्वाभिमान कहाँ पुगेको छ ? हाम्रो बिदेशमा के इज्जत छ ? देशका नेता टाउको दुखे पनि उपचारको बहानामा भारतीय नेता भेट्न दिल्ली पुग्छन् । बिदेशी दवाव र प्रभाव नेपालमा अत्यधिक बढेको छ । छिमेकी देशहरुसँग सम्बन्ध बिग्रेको छ । हामीले अप्ठयारो पर्दा सघाउने अत्यन्त हितैषी उत्तरी छिमेकी चीनपनि हाम्रो ब्यबहारले गर्दा रुष्ट भएको छ । हामीले बिआरआई कार्यन्वयन गर्ने हिम्मत गर्न सकेका छैनौ । शायद राजा भइरहेका भए यो सबै हुने थिएन । त्यसैले सबै ठुला दलका नेताले देशलाई धेरै अधोगतिमा पुर्याउनु भन्दा पहिला नै जनताको चाहना र देशको आवश्यकता लाई महसुस गरि संबिधानमा आबश्यक संसोधन गरि हिन्दुराष्ट्र सहितको राजसंस्था कायम गरि सम्पूर्ण नेपालीमा एकता सद्भाव तथा शान्ति कायम राख्न पहलकदमी लिन जरुरी छ । यसमा जसले पहिला पहल लिन सक्छ त्यहि नेता र पार्टीले नेपालको इतिहासमा नाम लेखाउन सक्छ । प्रधानमन्त्री केपी ओलीको लागि यो चुनौति र अवसर पनि हो जसले इतिहासमा नाम सुनौला अक्षर लेखाउन सक्छन् । नत्र केपी ओली ठाउँ शेरबहादुरले लिन सक्छन् ।
जसरी २०४६ सालमा राजा वीरेन्द्रले बिदेशी हस्तक्षेप हुनुभन्दा अगावै आफैले दलहरुको चाहनाअनुसार बहुदलीय ब्यवस्थाको घोषणा गरिदिए, जसरी २०६३ सालमा राजा ज्ञानेन्द्रले धेरै जनताको दवाव आउनासाथ धनजनको धेरै क्षति हुन्छ भनेर आफ्नो अमूल्य सत्ता त्याग गरि नागार्जुनतर्फ हाँसी हाँसी बिदा भए त्यसरी नै केपीको सरकारले अरु जनताबीच आपसी संघर्ष हुन नदिन या बिदेशी हस्तक्षेप हुन भन्दा अगावै राजाबादीसँग वार्ता गरि संबिधानमा संसोधन गरि जनतालाई शान्ति पूर्वक रहने अवसर दिन सक्नुपर्छ । परिणामस्वरुप इतिहासमा आफ्नो नाम सुनौलो अक्षरमा अंकित गर्न सकियोस् । अन्यथा जन विद्रोहको हावाहुरी ल्याएर सत्ताधारीहरु बढारिन पनि सक्छन् यसतर्फ सचेत हुन बुद्धिमानी हुनेछ ।
बालकुमारी ललितपुर ,नेपाल
२०८२ बैसाख ३