नेकपा इतिहासको ऐना: ‘भक्तलालका सन्तान गङ्गालाल, पुष्पलाल र हामी’

नेकपा इतिहासको ऐना: ‘भक्तलालका सन्तान  गङ्गालाल, पुष्पलाल र हामी’

डा.मुकेशकुमार चालिसे  |  साहित्य  |  बैशाख ०४, २०८२

राणा शासनको अन्त्यको पछिल्लो कालखण्डदेखि सचेत परिवारको रुपमा रामेछापका भक्त लालका चार छोरामध्ये जेठा १९९७ सालका चार सहिद  गङ्गालाल उमेरले कान्छा तर शौर्य तथा चेतनाले सर्बोच्च रहेको देखिन्छ । उनै सहिद गङ्गालालका स्वमातृ भाइहरू पुष्पलाल, गौरी लाल अनि कान्छा विजय लाल श्रेष्ठ हुुनुहुन्छ ।

सरसर्ती किताब प्रस्तुतिका अध्यायहरूको संयोजन हेर्दा यो किताब गङ्गालाल परिवारको आत्म कथन जस्तो लाग्छ । वास्तवमा यस किताबले नौ दशकको ऐतिहासिक सामाजिक अर्थात् राणाकालदेखि गणतन्त्रको आठ दशक सम्मको मध्यम स्तरिय नेपालीको अनुभूतिलाई संक्षिप्तमा उजागर गरेको छ । घटनाका क्रमहरू परिवार केन्द्रित रहेपनि राजनीतिक सन्दर्भ र परिवेश मिल्दो किसिमले उल्लेखित भएकाले एक चित्तले पढ्ने पाठकलाई त्यसै कालखण्डमा विचरण गरि रहे झैँ लाग्दछ ।

यस १७२ पानाको पुस्तकको अग्रभागमा चार पाना रङ्गिनमा बा भक्तलाल र दुइ आमाहरू, जेठा दाज्यु सहिद गङ्गालाल र भाउज्यु हसिनादेवि, माहिला दाज्यु पुष्पलाल र भाउज्यु साहाना प्रधान हुनुहुन्छ । मन्तव्य प्रा.डा. त्रिरत्न मानन्धर तथा जयराज आचार्य दुइ जनाको सात पाना अनि लेखकीय भनाई तिन पाना सहित दुइ पानामा विषय सूचि अटाइएको छ । पछाडी भागमा १२ पाना श्यामश्वेत पारिवारिक चित्र थप दिइएका छन् । यसरी किताबका लागि समाविष्ट करिब ३०० पानाको यो ऐतिहासिक पुस्तकको समर्पण बा भक्तलाल तथा आफ्नी आमा तुलसी मायालाई गरिएको छ । विमोचनमा उपस्थित सबैलाई सहुलियत मूल्यमा बिक्रि गरिएकाले सबैका हातमा पुगेको देखिएको थियो । बिद्यार्थी पुस्तक भण्डारको प्रकाशनलाई कञ्चन प्रेस बागबजारले कुशल मुद्रण गरेकाले आकर्षक आवरण देखिन्छ र अहिलेको बजारको तरलतामा रु ४००।– मुल्य बढि लाग्दैन ।

‘भक्त लाल श्रेष्ठका सन्तान’ पुस्तक चार अध्यायमा बाँडिएको छ, अध्याय १ मा कीर्तिपुर थातथलो, वंशावलीको झलक, आफ्ना दुइ आमा भएकाले सानी आमा पट्टिका सन्तानहरू साथै बा भक्त लालको देहावसानका दुखदायी क्षणहरू सापेक्षतामा चर्चा भएको छ । अध्याय २ मा यो किताबमा धेरैले बिशेष महत्वका साथ पढ्ने गङ्गालाल केन्द्रित परिवर्तन र उपलब्धि बारेमा बर्णन छ । तिन अक्षरको ‘बिराए’ भनेमा ज्यान बाँच्ने थाहा हुँदाहुँदै आफ्नो उन्नत चेतनाले प्राप्त राजनीतिक ज्ञानको स्थिर चिन्तनका कारण बलिदानलाई हाँसी हाँसी स्विकार गर्ने सहिद गङ्गालालको अन्तिम दिनका गतिविधि तथा आफ्ना बालाई लेखेको मार्मिक पत्र दिइएको छ । त्यस प्रस्तुतीले हरेक पाठकलाई यो अध्यायमा उहाँका गतिविधि बारेमा कुतुहल तथा पारिवारिक यथारताका अनुभव भएका थप पानाहरू आशा पक्कै गर्दछन् ।

त्यसैले त अहिलेका नाम धारी नेकपाहरू ‘आत्मसमर्पणका साथ गठबन्धनमा’ लागेका छन्, क्या बीभत्स र जनविरोधी लुच्चाइँ बुर्जुवाहरूको ? कम्युनिष्टको रातो झण्डा छुँदा कति आत्म ग्लानी हुँदो हो त्यस्ता द्रव्य पिशाचहरूलाई ? पुष्पलालको इमानी नीति र अटल विश्वासमा आफु अनुकुल कस्तो बाङ्गो र उल्टो व्याख्या ? धिक्कार छ तिनको बिब्ल्याँटो सोचाइलाई, पुष्पलाल समेतलाई उनका फोहोरी आहालमा डुबाउन खोज्छन् !

अध्याय ३ मा दाजुको बलिदान र अटल दार्शनिक बिचार साथै व्यक्तिगत अनुभवका आधारमा माहिला भाई पुष्पलालमा मार्क्सवादी दर्शनले अविचल छाप पारेकाले कम्युनिष्ट पार्टी बनाउन लागिपरेको संक्षिप्त चर्चा छ । आरोह–अवरोह सहँदै पार्टी महासचिव भएर एकल र संयुक्त मोर्चाको नीति अवलम्बन गरी सङ्गठन निर्माण गर्दे नेपालमा नयाँ जनवादी क्रान्तिको बाटो प्रष्ट पार्दै अघि बढेको सजीव बर्णन छ । ऐतिहासिक नेकपा स्थापनाको पहिलो पर्चा र पार्टी घोषणापत्र यस अध्यायको आकर्षक गहना बनेको छ । संयुक्त मोर्चाको कार्यभारलाई समयसापेक्ष एक सीमासम्म स्विकार गर्ने र काम फत्य भएपछि आफ्नै अटल बाटोमा लागिरहनु पर्ने तथ्यलाई नबुझेर तथा बुर्जुवा ठस्साकै लालसामा रमाएका त्यसपछिका पार्टीहरू झल्याकझुलुक गतिला सुरुवात गरेपनि अहिले नवपूँजिबादी आहालमा डुबेको दुर्दशा सबैले भोगे कै छौँ । अल्फ्रेड नोवेलले अक्कर भूमिलाई मानव हितमा प्रयोग गर्न बिष्फोटक आविश्कार गरे तर अहिले यन्त्र विज्ञानलाई मान्नेहरूले गरिबका बस्ती र सर्बसाधारणले जीउ–धन मास्न प्रयोग गरे झैँ भएन त, यो संयुक्त मोर्चाको अवधारणा ? त्यसैले त अहिलेका नाम धारी नेकपाहरू ‘आत्मसमर्पणका साथ गठबन्धनमा’ लागेका छन्, क्या बीभत्स र जनविरोधी लुच्चाइँ बुर्जुवाहरूको ? कम्युनिष्टको रातो झण्डा छुँदा कति आत्म ग्लानी हुँदो हो त्यस्ता द्रव्य पिशाचहरूलाई ? पुष्पलालको इमानी नीति र अटल विश्वासमा आफु अनुकुल कस्तो बाङ्गो र उल्टो व्याख्या ? धिक्कार छ तिनको बिब्ल्याँटो सोचाइलाई, पुष्पलाल समेतलाई उनका फोहोरी आहालमा डुबाउन खोज्छन् !

अध्याय ४ मा सहिदका एकै कोखका जीवित कान्छा भाई विजय लालको आफ्नै अनुभव र अनुभूति पस्किएका छन् । किताबका लेखक हुनाले पनि धेरै लेखिनु स्वभाविक छ, त्यसैले करिब १०० पाना विजय लालजीले बालक काल देखि राजनीतिक सम्पर्क, क्रियाशीलता तथा जीविकोपार्जन सहित अहिलेका बिभिन्न सकृय भनिएका नेकपा गुटहरूको आन्द्राभुँडी केलाउनुभएको छ । प्रष्ट राजनीतिक लाइनका अभावमा कार्यकर्ताले जीविकोपार्जनका लागि केहि त गर्नै पर्‍यो, बिजयजी बिदेशी संस्थामा काम गर्न थाल्नुभयो र विदेशतिर बरालिन पनि पाउनुभयो । अनुभव र परिवारको व्यवस्थापन गरेपछि ‘घुमिफिरी रुम्जाटार’ भनेझैँ आफु भने नेपालमा नै फर्की आई मातृभूमिकै सेवामा लाग्नुभयो । एक पटक त्यो पनि किशोर अवस्थामा नै लागेको मार्क्सवाद, जनसेवा र बाँचुञ्जेल सकृय रहने सोच उहाँले छोड्न सक्नुभएन । त्यसैले ९० वर्ष काटेको अतिपाको उमेरमा नेपालको लागि एक ऐतिहासिक किताब प्रस्तुतग र्न सफल हुनुभएको छ । व्यक्ति व्यक्तिका कथनका आधारमा केलाई सङ्ग्रहित सामग्रीले नै देशको साँचो इतिहास निर्माण गर्दछ, शासकले त आफु अनुकुल इतिहास लेखाउँछन् । त्यसैले यो किताब नेकपाको इतिहास जस्ताको त्यस्तै लेख्न र राणाकाल देखिको नेपाली समाजिक राजनीतिक इतिहास लेख्न गतिलो सामाग्री बन्नसक्ने कुरामा दुईमत नहोला !

ललितपुर