स्मार्टफोनलाई छिटो चार्ज गर्न अपनाउनुस् यी उपाय

स्मार्टफोनलाई छिटो चार्ज गर्न अपनाउनुस् यी उपाय

लोकसंवाद संवाददाता  |  जीवनशैली  |  जेठ २९, २०७६

काठमाडौं । स्मार्टफोन चार्ज गर्न धेरै समय लागेको कतिपय प्रयोगकर्ताको गुनासो सुनिन्छ । यही कारण कतिपय प्रयोगकर्ताले स्मार्टफोनलाई रातभर चार्ज लगाउने गरेका छन् । राती सुत्ने बेला भुलेर पनि स्मार्टफोन चार्जमा लगाउनु हुँदैन । यस्तोमा ओभरचार्ज भई बिस्फोट हुने खतरा हुन सक्छ । यसले कतिपयको ज्यान पनि गइसकेको छ ।

त्यही कारण पछिल्लो समय लन्च गरिएका स्मार्टफोनमा फास्ट चार्जिङ सपोर्ट दिइएको पाइन्छ । तर, पुरानो स्मार्टफोनमा भने प्रविधि पाइँदैन । त्यसकारण चार्ज हुन धेरै समय लाग्छ । केही उपाय अपनाएर स्मार्टफोन छिटो चार्ज गर्न सकिन्छ । तर, ब्याट्री बिग्रेको वा ड्यामेज भएको खण्डमा यो उपाय प्रभावकारी नहुन सक्छ । यो अवस्थामा ब्याट्री फेर्नु नै उचित हुनेछ ।

स्मार्टफोन चार्ज छिटो गर्न दुई तरिका अपनाउन सकिन्छ ।

एयरप्लेन मोडमा राखेर चार्ज गर्नुस्

स्मार्टफोन छिटो चार्ज गर्ने पहिलो उपाय हो- एयरप्लेन मोडमा राखेर चार्ज गर्ने । एयरप्लेन मोडमा राख्दा मोबाइल नेटवर्क तथा अन्य कनेक्टिविटी हुँदैन र यसबाट ब्याट्री खपत पनि कम हुन्छ ।

स्विच अफ गरेर चार्ज गर्नुस्

स्मार्टफोन छिटो चार्ज गर्ने दोस्रो उपाय हो- स्विच अफ गरेर चार्ज गर्ने । यसबाट स्मार्टफोनको ब्याट्री खपत जिरो हुन्छ, जो ब्याट्रीलाई चाडै चार्ज गराउन मद्दत गर्छ ।