पूर्ण ओली | दृष्टिकोण | बैशाख १८, २०८२
नेपालको इतिहासमा नेपाल एकिकरण देखि नेपाललाई बिदेशी दुस्मनसँग बचाउने वीर-वीराङ्गानाको इतिहास सुनौलो अक्षरले लेखिएको छ । बडा महाराज पृथ्वीनारायण शाहले नेपाल एकिकरण गर्नु अगाडि देखिनै इण्डियामा राज गरिरहेका अंग्रेज फौजले नेपाललाई कब्जा गर्न धेरै प्रयास गरेको इतिहास छ ।
गोर्खाका राजाले आफ्ना वरिपरिका ससाना राज्यहरू कब्जा गर्न थालेपछि काठमाडौँका राजा जय प्रकास मल्लले अङ्ग्रेजसँग सहयोग मागे । त्यो थाहा पाएपछि गोर्खाका राजा पृथ्वीनारायण शाहले काठमाडौँतर्फ अगाडि बढ्दै गरेको ठुलो अंग्रेजी फौजलाई सिन्धुलीमा रोक्ने प्रयास स्वरुप सिन्धुलीको उकालोमा राम्रो स्थान छनौट गरि एम्बुसमा पारे ।
जहाँ अंग्रेजी फौजलाई तहसनहस नै पारे । त्यहाँबाट जम्मा गरिएका हतियारले सेनामा केहि थप गुल्महरु निर्माणमा सहयोग पुगेको थियो । यो ऐतिहासिक लडाइँपछि अंग्रेजले लामो समयसम्म नेपालमाथि हमला गर्न हिम्मत गरेनन् । अरु धेरै किल्लाहरूमा महत्वपूर्ण युद्ध भएपनि मैले नाला पानीको युद्धको छोटो जानकारी दिन चाहे ।
कप्तान बीर बलभद्रको नेतृत्वमा लडिएको नाला पानीको युद्ध अत्यन्त महत्वपूर्ण छ । केहिदिन अघि नालापानीको फिल्म हेरिसकेपछि सो बारेमा केहि लेख्ने इच्छा जागेर आयो । अंग्रेजले नेपाल कब्जा गर्न भनि बिभिन्न नाकाबाट नेपालतर्फ बढ्ने खवर पाएपछि नालापानीमा कप्तान बीर बलभद्र कुँबरको कमाण्डमा लगभग ६०० जवानको फौज पठाइयो ।
त्यसमध्ये फौजका परिवार आइमाई केटाकेटी पनि साथमा सघाउन गएका थिए । महिलाले ट्रेन्च बनाउने अन्य बन्दोबस्तको कार्यमात्र होइन पुरुष सरह लडाइँमा भाग लिएको पनि देखिन्छ । सुरुमा पुरानो किल्लालाई मर्मत गरि केहि तल रहेको सागर दहबाट किल्ला भित्र बनाइएको पानी भण्डारमा पानी जम्मा गरियो ।
फिल्ममा केहि परको खोलाबाट बाँसमा डुंड बनाएर पानी ल्याइएको देखाइएको थियो । किल्ला मजबुत भएपछि लडाइँको लागि आबश्यक तालिम र तयारी गरियो । आफुसँग भएका खुकुरी, धनु काँड, भरुवा बन्दुक साथमा लिएर युद्धमा उत्रिएका आधुनिक हतियार, राइफल, तोप भएका बिशाल अंग्रेजी फौजसँग लड्न नेपाली फौजसंग उच्च हौसला र राष्ट्रिय भावना थियो ।
उताबाट अंग्रेजी फौज बाटो बनाउँदै अघि बढ्न थालेपछि नेपाली फौजलाई पहिला लोभलालचमा पारि फकाउन प्रयास गरियो । कमाण्डर बीरबलभद्रले त्यसलाई सोझै टुक्रयाइ दिए । सानो फौज किल्लामा बसेर लड्न बढि सुरक्षित हुने भएपनि नेपाली फौज साहसका साथ किल्लाबाट बाहिरै गएर अंग्रेजी फौज माथि धावा बोले जसबाट अंग्रेजी फौज धेरै मारिए र घाइते भएपछि भागाभाग भए । केहि समयपछि अंग्रेजले देल्लीबाट थप फौज मगाएर फेरि नालापानी ( खलङ्गा )को किल्लामाथि धावा बोले ।
अहिलेका नेताको आदेश कर्मचारीले शिरोपर गर्दैनन् । दल भित्र पनि गुट छ, कर्मचारी पनि दलका झोले मात्र भएका छन् । शिक्षक पनि दलका झोले मात्र रहेका छन् । त्यहि भएर कर्मचारी र शिक्षक ले सरकारलाई टेर्दैनन् । उनीहरुलाई सरकारको कुनै डर छैन । किनकि सरकारले कर्मचारी र शिक्षकलाई आफ्ना कार्यकर्ता जस्तो ठानी कारबाही गर्ने हिम्मत गर्दैन । त्यहि भएर शिक्षकहरु विद्यार्थीको परिक्षा, भर्ना सबै छोडेर महिना दिन सम्म हडताल गरेर काठमाडौँको प्रमुख सडक अबरुद्ध पारेर बस्ता पनि उनीहरुलाई कारबाही हुनसक्ने कुरै हुंदैन ।
तोपहरूबाट किल्ला तोड्न प्रयास गरे । यसमा दुबैतर्फको धेरै नोक्सान भयो । त्यसपछि पनि कप्तान बीरबलभद्रको फौजलाई हराउन नसक्ने भएपछि फकाउन लोभलालचमा पार्ने गरि पत्र लेखे त्यसलाई पनि बीरबलभद्रले च्यातेर फाले । नेपाली फौज धेरै घाइते भइरहेका थिए तर उपचारको राम्रो ब्यबस्था थिएन । अंग्रेज तर्फको मेडिकल उपचार स्तरियको हुने नै भयो । एकजना नेपाली जमदार आफ्नो अनुहारमा लागेको घाउको चोट सहन नसरि अंग्रेजीको क्याम्पमा उपचारको लागि पुगे । त्यो साहस देखेर अंग्रेज कमाण्डर पनि छक्क परेका थिए । उनलाई उपचार पछि त्यहि बसेर काम गर्न भनि निकै लोभलालचमा पार्ने प्रयास गरे तर उनी फर्केर आफ्नै क्याम्पमा गए ।
अंग्रेजले लडाइँ जित्न नसकेपछि नालापानी किल्लालाई घेराबन्दी गरि थप फौज आउन बाट रोके । २७ दिनसम्म त्यो सानो ५०० को फौजले अंग्रेजीको ५००० फौजलाई रोक्न सफल भए । त्यतिबेला बडा काजी अमरसिंह थापाले समयमा सहयोग नगरेर ठुलो गल्ती गरेको देखिन्छ । शायद यसमा त्यतिबेला प्रधानमन्त्री भिमसेन थापाको अंग्रेजसँग लडाइँ गर्ने आदेशको बिरुद्धमा रहेका बडा काजी अमरसि थापाहरू भएर पनि होला । थप फौजको सहयोग पनि समयमा आइ नपुगेर आफ्ना फौजको पनि धेरै नोक्सान र घाइते भइसकेपछि त्यसको ब्यबस्थापन गर्न नसक्ने बाँकि फौज पनि त्यहि मर्ने अबस्थामा पुग्ने देखेर सबैको सल्लाहमा कप्तान बीरबलभद्र आफ्ना बाँकि बचेका र घाइते फौज लिएर किल्ला बाहिर निस्के । त्यो लडाइँमा अंग्रेजी फौजका कमाण्डर जनरल जिलेस्पीको पनि मृत्यु भएको थियो । त्यसबेला बीरबलभद्रले कर्णेल माबीको अङ्ग्रेजलाई ललकार्दै भनेका थिए हिम्मत छ भने हामीलाई छातीमा गोली हान । हामी यहाँबाट जाँदैछौ । अझैपनि तिमीहरूसँग मानवता छ भने किल्ला भित्र हाम्रा घाइतेहरु छन् उनीहरुलाई उपचार गरि देउ भनेर हतियार चम्काउदै अर्को टुकुडि नेपाल सेना भएको क्याम्पतर्फ अगाडि बढे ।
जब अंग्रेज फौज क्याम्प भित्र पसे त्यहाँ घाइते बिरामी पनि हातमा खुकुरी लिएर अन्तिम अबस्थासम्म लड्न तयार भएका देखेर तीन छक्क परेर । गोर्खाली फौजको बहादुरीको तारिफ गरे र कप्तान बीरबलभद्र र नेपाली फौजको बहादुरीको तारिफ गर्दै शिलालेख बनाए । जुन अहिलेसम्म पनि देहरादुनको ( खलङ्गा )नालापानीमा कायम छ तर किल्ला भने त्यहि लडाइमा अंग्रेजले ध्वस्त बनाए । यहि हारपछि नेपालमाथि अंग्रेजी फौज हावी भयो । लडाइँ हार्नुमा दरबार भित्रको खिचातानी, अनि नजिकका क्षत्रीय कमाण्डर काजी अमरसिं थापाबाट सहयोग प्राप्त नहुनु । साथै ढिला गरि आएका थप फौजलाई अंग्रेजले भित्र पस्न दिएन । त्यतिखेर अङ्ग्रेजसँग लडाइँ लड्नु हुन्न भन्ने अमर सिं थापाहरू र लडाइँ जर्बजस्ती लडाउने भिमसेन थापाको कारणले पनि सबै कमाण्डर एकमत हुन नसक्नु नाला पानीको किल्ला गुम्नु प्रमुख कारण हुनसक्छ ।
दरबारिया या सत्ताधारी जब जब जनताका आसय बुझ्दैनन् र आफ्नो लिँडे ढिपी गर्दै ब्यक्तिगत स्वार्थमा लागेर देश हितमा सहि निर्णय गर्दैनन् त्यसपछि जनताले दुःख पाउने मात्र होइन देश नरहन पनि सक्छ । पहिला देश जोगाउन सेना जनता एकसाथ लागेर देश बचाउन अघि बढ्थे । अहिले दलका नेता बिदेशमा बसेर जनता लडाएर आफु सत्तामा पुग्छन् । देशका उद्योग लिलाम गरेर बिदेशी सामानमा निर्भर हुन्छन् ।
अहिले नेपालका सत्ताधारी अत्यन्त ब्यक्तिगत स्वार्थमा लागेर देश र जनताको हितमा भन्दा सिर्फ आफु सत्तामा रहने र सत्ताको दुरुपयोग गर्ने कोशिश मात्र गरिरहँदा देशको अबस्था नाजुक भइरहेको छ । त्यतिबेलाका जनतालाई माथिल्लो कमान्डरको आदेश शिरोपर गर्थे । उनीहरुलाई दरबार भित्र के भइरहेको छ मतलब हुने थिएन । आफ्नो रोजीरोटी कमाएर खाने कोशिश गर्थे । आफुलाई चाहिने खाद्यान्न लत्ताकपडा आफैले उत्पादन गर्थे । अहिलेका नेताको आदेश कर्मचारीले शिरोपर गर्दैनन् । दल भित्र पनि गुट छ, कर्मचारी पनि दलका झोले मात्र भएका छन् । शिक्षक पनि दलका झोले मात्र रहेका छन् । त्यहि भएर कर्मचारी र शिक्षक ले सरकारलाई टेर्दैनन् । उनीहरुलाई सरकारको कुनै डर छैन । किनकि सरकारले कर्मचारी र शिक्षकलाई आफ्ना कार्यकर्ता जस्तो ठानी कारबाही गर्ने हिम्मत गर्दैन । त्यहि भएर शिक्षकहरु विद्यार्थीको परिक्षा, भर्ना सबै छोडेर महिना दिन सम्म हडताल गरेर काठमाडौँको प्रमुख सडक अबरुद्ध पारेर बस्ता पनि उनीहरुलाई कारबाही हुनसक्ने कुरै हुंदैन । पछिल्लो वार्ता पछि शिक्षकका प्राय सबै माग पुरा गरेको बुझिन्छ । तर प्रमुख कुरा शिक्षक कर्मचारीलाई राजनीतिबाट अलग राख्न र आफ्नो पेशाप्रति समर्पित भएर अनुशासित नभएसम्म नेपालका कर्मचारी र शिक्षकबाट गुणस्तरीय परिणाम पाउन सकिदैन । त्यसैले अब नालापानी जस्तो किल्लाको युद्ध गर्नुपर्ने अबस्था नआओस् भन्नका लागि हामी आत्मनिर्भर भएर अर्काको मुख नताकि जनताका हितमा सहि निर्णय गर्ने सरकार चाहियो नेपाली जनतालाई ।
बालकुमारी ललितपुर नेपाल
२०८२ बैसाख १८