जन प्रगतिशील मञ्च बेल्जियम: अन्तर्राष्ट्रिय मजदुर दिवसको सन्दर्भमा विशेष कार्यक्रमको आयोजना

जन प्रगतिशील मञ्च बेल्जियम: अन्तर्राष्ट्रिय मजदुर दिवसको सन्दर्भमा विशेष कार्यक्रमको आयोजना

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १९, २०८२

काजाब्लांका क्यासेल्लो ,बेल्जियम । जन प्रगतिशील मञ्च बेल्जियमले अन्तर्राष्ट्रिय मजदुर दिवस (मे १) को अवसरमा लुभेनमा विशेष कार्यक्रम आयोजना गरी प्रवासी नेपाली श्रमिक समुदायको आवाज बुलन्द बनाउँदै दिवस भव्य रूपमा सम्पन्न गरेको छ।

कार्यक्रमको सुरुमा प्रमुख अतिथी मञ्चका युरोप इन्चार्ज रण खाति क्षेत्रीले सम्बोधन गर्दे  युरोप मै सशक्त बेल्जियम समितिलाई बधाई दिनु भएको थियो  ।

श्रमिक वर्ग र श्रमिक आन्दोलनका क्रममा जीवन अर्पण गर्ने शहीदहरूप्रति श्रद्धाञ्जली स्वरूप एक मिनेट मौनधारण गरिएको थियो, जसले कार्यक्रमको भावनात्मक र सम्मानजनक सुरुवात गरेको थियो  ।

कार्यक्रमको अध्यक्षता मञ्चका अध्यक्ष प्रकाश पौडेलले गरेका थिए। अध्यक्षले सभालाई सम्बोधन गर्दै प्रवासी श्रमिकहरूको योगदानको चर्चा गर्दै श्रमिकहरूको हकहितका लागि मञ्चले गर्दै आएको अभियानलाई थप सशक्त बनाउने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

एनआरएन अन्तराष्ट्रिय समन्वय परिषद सदस्य भिम सुबेदीले संसारभरका एनआरएन र मजदुर एकापसमा परिपूरक हुन भन्नु भयो ।

मञ्चका उपाध्यक्ष मनिष गुरुङले सबैलाई स्वागत गर्दै श्रमिक अधिकार सुनिश्चित गर्न संगठनात्मक एकता, सचेतना र ऐक्यबद्धताको आवश्यकता औंल्याइएको कार्यक्रममा 
विशेष अतिथि राज गौतम (पूर्व अध्यक्ष, जन प्रगतिशील मञ्च पोर्चुगल) ले अन्तर्राष्ट्रिय सन्दर्भ जोड्दै नेपाली श्रमिकहरूले पनि आफ्ना अधिकारका लागि स्पष्ट र संगठित ढंगले अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रमको सञ्चालन मञ्चकी महासचिव कल्पना मगरले गर्दै  महिला श्रमिकहरूको भूमिका र उनीहरूको सशक्तिकरणका विषयमा सशक्त धारणा राख्नु भएको थियो । 

कार्यक्रममा वक्ताका रूपमा बोल्दै सांग्रिला समाज अध्यक्ष  मिन्ड गुरुङले भन्नु भयो- 'श्रमिक वर्गकै मेहनतले समाज चल्छ, तर तिनको श्रमको सम्मान र सुरक्षा अझै सुनिश्चित भएको छैन। हामीले श्रमिकको हकका लागि संगठित भएर अझ सशक्त आवाज उठाउनुपर्ने आवश्यकता छ।'

एनआरएन बेल्जियम उपाध्यक्ष सावित्री गिरीले महिला श्रमिकहरूको अवस्थाबारे बोल्दै भन्नु भयो -, 'महिला श्रमिकहरूलाई दुवै लिंग र श्रम शोषणको दोहोरो सामना गर्नुपरेको छ। उनीहरूको हक र सम्मानका लागि हामीलाई अझ सचेत र संघर्ष गर्न जरुरी छ।'

नेपाल पत्रकार महासंघ युरोप अध्यक्ष केजिन राईले युवाहरूको सक्रियता र नेतृत्वको महत्त्वमा जोड दिँदै भन्नुभयो - 'युवा श्रमिक वर्गको योगदानले नै समाज र श्रमिक आन्दोलनको भविष्यलाई निर्धारण गर्नेछ। उनीहरूलाई नेतृत्वमा ल्याएर हामीले अझ मजबुत श्रमिक आन्दोलन बनाउन सक्छौं।'

कार्यक्रममा नेपाल आदिबासी जनजाति महासंघ बेल्जियम अध्यक्ष बिरनान मगर ,वारायण भुर्तेल ,पोर्चुगल मन्च राष्ट्रीय कमिटी का दिपेन्द्र हमालले मजदुर दिबस बारे प्रकाश पार्नु भयो । 
कार्यक्रममा मञ्चका कार्यसमिति सदस्यहरू, श्रमिक प्रतिनिधिहरू, र बेल्जियमस्थित नेपाली समुदायका शुभेच्छुकहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

सांस्कृतिक कार्यक्रम, नाचगान, शुभकामना आदान–प्रदान, तथा बारबिक्यू भोजको आयोजनाले कार्यक्रममा उत्सवमय र आत्मीय वातावरण थपेको थियो।

मनिष तमु