देशद्रोहीलाई मृत्युदण्ड !

देशद्रोहीलाई मृत्युदण्ड  !

ऋतु आशिक  |  साहित्य  |  बैशाख २०, २०८२

मुलुक भित्र जता–ततै
भारतीयहरूलाई युद्धस्तरमा
नेपाली नागरिकता बाँडिरहेको थियो । 
तिम्रा बाउले यो मुलुक विर्ता बनाएका थिए र ? 
भारतीय सरकारको आवाभगतमा 
१५/१६ थान मुर्रा भैँसीमा । 
देशभरि नै तराईका जिल्ला–जिल्लाहरूमा 
हुलका हुल भारतीयहरूलाई 
नेपाली नागरिकता बाँड्दै हिँडेको होइन ? 
देशप्रति घात प्रतिघात 
कम्युनिष्टको भाङ्ग्रो ओढेर 
देशद्रोहीका हरकत गरिरहेका थियौ । 
देशभक्त नेपालीले तिमीलाई जयगान गर्नुपर्ने ? 
तिमी र तिम्रा देशद्रोही डफ्फाहरू 
भारतीय कलेवरमा लेण्डुपे दोर्जेहरूलाई 
हामी देशभक्त नेपालीले जयगान गर्नुपर्ने ? 
आऊ देशभक्तहरू हो ? 
देशका भूभागका कुना–कुनाबाट
ती आयातीत भारतीय उनीहरूका विरुद्ध
निष्काशन अभियान जारी गरौँ 
आवाज झन्–झन् उठिरहेको छ । 
१८ हजार देशभक्त नेपालीको बलि चढाएर 
भारतीहरूलाई नेपाली नागरिकता बाँड्यो ।
लाखौँको तादातमा बाड्यो 
ती नागरिकताको खारेजीसँगै 
तिमीलाई मृत्युदण्ड पस्किनुपर्छ । 
तिमीलाई कठालोमा घिस्याएर 
तिम्रा देशद्रोही हरकतका विरुद्ध
हामी तिमीलाई दण्डित गरौँ । 

देशप्रति जिम्मेवार होऊ । 
देशलाई माया गरौँ । 
ती शिक्षक यस्तै–यस्त पढाउँदै थिए । 
देशप्रतिको जिम्मेवार बोध गराउँदै थिए ।
ती शिक्षकलाई तिमीले बाँधेर 
पाशविक मृत्युवरण गराएर 
मार्क्सवादको अजेय मुहान माथि
हिलो छ्याप्दै थियौ । 
ती देशभक्त शिक्षक माथि
घृणित मृत्यु पस्केर 
गाउँ–गाउँ बस्ती–बस्ती 
त्राहि माम पारेका थियौ । 
भारतीय आतङ्ककारीहरूलाई 
माओवादी ड्रेसको लेपनमा 
देशप्रति
तिमीद्वारा गरिएको गद्दारी बिर्सेका छैनौ ? 
तिमी भारतीय लेण्डुपे दोर्जे हौ । 
तिमी नेपाली प्रारूपका लेण्डुपे हौ ।
यी सबै हामीले बिर्सेका छैनौ
देशप्रति घात–प्रतिघातका चरचराहट बिर्सेका छैनौ । 
प्रचण्ड ! तिमीलाई देश कहिले दुख्दैन ? 
लिम्पियाधुरा, लिपुलेक, कालापानी माथि 
भारतीय सरकारको गिद्देदृष्टिको कोपभाजनमा
भारतीय सरकारको पक्ष पोषणमा बोल्दै बोलेनौ ? 
माओवादी कलेवरको पक्षपोषण भएको पनि थाहा छ । 

भारतीय सरकारको पुलपुलाईमा
तिमीले गरेको देशघाती कार्यहरू 
हज्जारौँ–हज्जारको तादातमा 
देशभक्त नेपालीहरूलाई मृत्युको घाट उतारेर 
भारतीय पाँचतारे होटलका कोठीहरूमा 
देशप्रति तिमीले गद्दारीका भोज खाँदै थियौ । 
ती सबै यसबेला
देशभक्त नेपालीलाई जानकारी भया । 
लाखौँ तादातमा भारतीहरूलाई नेपाली बनाएका छौ । 
तिम्रो देशद्रोही घृणित कार्यप्रति थुकेको छु । 
आफूलाई कम्युनिष्टको लेपन ओढेर 
मेरो देश माथि तिमीले घात गरेका छौ । 
काङ्ग्रेस, एमाले, माओवादी पार्टीहरू 
यसबेला भारतीय सरकारको दलालीमा फेरिएका छन् । 
शेरबहादुर, ओली, प्रचण्ड यी सबै 
देशद्रोही पार्टीको प्रारूप भएका छन्  ।
देशप्रति घात झन्–झन् गर्दै छन् । 
माओका जलप ओढेर कमाउनिष्टमा फेरिएका छन् । 
देश माथि घात गर्दै देशद्रोही भएका छौ । 
यस बेला कमाउनिष्ट देशद्रोहीमा रूपान्तरित भएका छौ । 
यस बेला देश सिद्ध्याउने खेलका
क्याप्टेनमा परिवर्तित भएका छन् । 
यी सबै देशद्रोही प्रारूपमा खटिएका छन् । 

                                                                                                                                                                                                        इटहरी तरहरा, आँपगाछी