साउदी अरबको एयरपोर्टमा मिसाइल आक्रमण

विदेशी नागरिक सहित २६ घाइते

साउदी अरबको एयरपोर्टमा मिसाइल आक्रमण

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ३०, २०७६

काठमाडौं, एजेन्सी । साउदी अरेबियाको अभा एयरपोर्टमा यमनी विद्रोही समूह हाउठीले मिसाइल आक्रमण गर्दा २६ जना घाइते भएका छन् ।

अधिकारीहरुका अनुसार विदेशीहरु समेत घाइते भएका छन् । घाइतेमध्ये महिला र बालबालिका समेत छन् ।

उनीहरुलाई नजिकको अस्पतामा लगिएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

अलजजिराका अनुसार कस्तो किसिमको मिसाइल आक्रमण भएको भन्ने पुष्टि भएको छैन् ।  तर इरानी उच्च प्रविधिको हतियार प्रयोग भएको कुरा सरकारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मसिराह टेलिभिजनको रिपोर्ट अनुसार क्रुज मिसाइल आक्रमण भएको थियो ।  घटनाकाबारे पूर्ण विवरण भने आइनसकेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।