मोदीको मन्त्रीलाई निर्देशनः साढे नौ बजे कार्यालय पुग्नु

मोदीको मन्त्रीलाई निर्देशनः साढे नौ बजे कार्यालय पुग्नु

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ३०, २०७६

काठमाडौं, एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना मन्त्रीहरुलाई कडा अनुशासनमा बस्न निर्देशन दिएका छन् ।

दोस्रोपटक प्रधानमन्त्री चुनिएपछिको बुधबारको पहिलो मन्त्रिपरिषद बैठकमा उनले सबै मन्त्रीहरुलाई साढे ९ बजे कार्यालय पुग्न निर्देशन समेत दिएका छन् । 

‘घरबाट काम गर्ने बानी फेर्नुहोस् । साढे ९ बजेसम्म कार्यालय पुग्नुस् । यसो गर्दा अन्य कर्मचारीका लागि पनि उदाहरण हुन्छ । म गुजरातको मुख्यमन्त्री हुँदा यस्तै गर्थे, अहिले पनि गर्छु,’ मोदीको भनाई थियो । 

प्रधानमन्त्री मोदीले आगामी जुन १७ देखि सुरु हुने संसदको बैठकको समयमा अन्य कार्यक्रम नराख्न पनि मन्त्रीहरुलाई निर्देशन दिएका छन् । साथै ५ वर्षका लागि ठोस् योजना ल्याउन र त्यस्ता योजनालाई थप प्रभावकारी बनाउनका लागि राज्यमन्त्री र अन्य कर्मचारीसँग पनि छलफल गर्न भनेका छन् ।