गर्मीमा चुस्त-दुरुस्त रहन दैनिक पिउनुस् एक गिलास लस्सी

गर्मीमा चुस्त-दुरुस्त रहन दैनिक पिउनुस् एक गिलास लस्सी

लोकसंवाद संवाददाता  |  जीवनशैली  |  जेठ ३०, २०७६

काठमाडौं । गर्मीको मौसम छ । यो मौसममा रोग लाग्ने जोखिमको सम्भावना हुने भएकाले स्वस्थ रहनु चुनौती मानिन्छ । तर, एक गिलास लस्सी पिएर आफूलाई स्वस्थ राख्न सकिन्छ ।

चार जना मानिसका लस्सी बनाउन आवश्यक सामग्री यसप्रकार छ ।

सामग्री

दही : २ कप
चिनी : ३-४ टेबलस्पोन
पानी : आधा कप
इलायची : आधा टि-स्पोन
गुलाबजल : आधा टि-स्पोन

विधि

सबैभन्दा पहिलो कुनै ठूलो भाडामा दही र चिनी मिक्स गर्नुस् । चिनी घोलिनसम्म मज्जाले फिट्नुस् । यसमा इच्छाअनुसार इलायची पाउडर तथा गुलाब जल राख्नुस् र अलिकति पानी मिसाउनुस् । र, पुनः फिट्नुस् । पानीमा झाग देखिएपछि यो पिउनका लागि तयार हुन्छ ।

लस्सीका फाइदा :

पेटको समस्या भगाउँछ

दिनहुँ एक गिलास लस्सी पिउँदा पेट दुखाई, फुड पोइजनिङलगायत समस्या हुँदैन । यसमा रहेको प्रोबायोटिक्सले ब्याक्टेरिया खतम गर्छ र शरीरको टक्सिनलाई भगाउँछ ।
कब्जियत र पायल्सको समस्या भएका बिरामीलाई पनि लस्सी पिउँदा लाभदायक हुन्छ ।

हड्डीलाई बलियो बनाउँछ

दहीमा क्याल्सियम तथा प्रोटिन भरपूर मात्रामा पाइन्छ । यी तत्वले हड्डी मजबुत राख्न तथा दाँतलाई लामो समयसम्म मजबुत तथा स्वस्थ राख्न मद्दत पु¥याउँछन् ।

इम्युनिटी बढाउन मद्दत गर्छ

दैनिक लस्सी पिउँदा शरीरको इम्युनिटी सिस्टम राम्रो हुन्छ । दहीमा पाइने पौष्टिक तत्वले गम्भीर रोग लाग्नबाट जोगाउँछ ।

कोलस्ट्रोल कम गर्छ, मेटाबोल्जिम बढाउँछ

दहीमा भएको प्रोबायोटिक्सले खराब कोलेस्ट्रोल कम गर्छ तथा मेटाबोलिज्म बढाउँछ । यसमा भएको हेल्थी ब्याक्टेरियाले शरीरको टक्सिन हटाउन मद्दत गर्छ ।