कर कम गर्न भारतलाई अमेरिकाको दवाव

कर कम गर्न भारतलाई अमेरिकाको दवाव

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ३०, २०७६

काठमाडौं, एजेन्सी । अमेरिकी मोटरसाइकल हार्ले डेविडसनमाथि चर्को कर लगाएकोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आपत्ति जनाएका छन् । 

आफ्नो मुलुकमा निर्मित मोटरसाईकलमाथि भारतले कर १०० प्रतिशतबाट घटाएर ५० प्रतिशतमा झारे पनि त्यो अझै धेरै भएको भन्दै  विरोध गरेका छन् । 

‘मेरो अगुवाईमा अमेरिकालाई अब अझै बेवकुफ बनाउन कसैले सक्दैन् । अमेरिका बेवकुफ देश होइन,’ सीबीएस न्युजसँगको  अन्तर्वार्तामा ट्रम्पले भनेका छन्, ‘भारत हाम्रो असल मित्र हो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एक फोनकै भरमा मोटरसाईकलमाथिको कर एक सय प्रतिशतबाट ५० प्रतिशतमा त झारेका छन्, तर यो पर्याप्त छैन । हामी उनीहरुको मोटरसाईकलमा कुनै कर लगाउँदैनौ भने हाम्रोमा किन कर लगाउने ? यो स्वीकार्य छैन,’ ट्रम्पले भने  ।