सार्वजनिक यातायातको भाडा १२ प्रतिशतले बढ्‍ने

असार १ देखि लागू हुने

सार्वजनिक यातायातको भाडा १२ प्रतिशतले बढ्‍ने

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ३०, २०७६

काठमाडौं । यातायात व्यवस्था विभागले असार १ गतेदेखि लागू हुनेगरी भाडा बढाउन लागेको यातायात व्यवस्था विभागका निर्देशक तथा सूचना अधिकारी तीर्थराज खनालले जानकारी दिएका छन्।  

अब देशभरका सार्वजनिक यातायातमा १२ प्रतिशतसम्म भाडा बढ्‍ने भएको छ। 

उनले देशभरका सार्वजनकि यातायातमा असारदेखि लागू हुने गरी न्‍यूनतम ५ प्रतिशतदेखि १२ प्रतिशतसम्‍म भाडा बढाउने निर्णय भएको र मिटरमा चल्‍ने ट्‍याक्सीको हकमा पनि १२ प्रतिशत नै भाडा वृद्धि हुने बताए।

उनका अनुसार विभागले यसबारेमा ट्राफिक प्रहरी, यातायात व्यवसायी र उपभोक्तावादीहरुको छलफलबाट नै यो निष्कर्षमा पुगेको हो।

यसअघि यातायात व्यवसायीले सार्वजनिक यातायातको भाडा बढाउन माग गरेपछि विभागले १० प्रतिशत भाडा बढाएको थियो।