भ्रष्टाचार आरोपमा अल्जेरियाका पूर्व प्रधानमन्त्री प्रहरी नियन्त्रणमा

भ्रष्टाचार आरोपमा अल्जेरियाका पूर्व प्रधानमन्त्री प्रहरी नियन्त्रणमा

लोकसंवाद संवाददाता  |  विदेश  |  जेठ ३१, २०७६

अल्जेरिया ।  अल्जेरियाको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री अब्देलमालेक सेल्लाललाई पक्राउ गर्न दिएको आदेशपछि प्रहरी नियन्त्रणमा  लिइएकाे छ ।

भ्रष्टाचारको अभियोगमा उहाँलाई पक्राउ गर्न बिहीबार आदेश दिइएको देशको राज्यद्वारा सञ्चालित इएन टेलिभिजनले जनाएका छन् । उहाँलाई पद र शक्तिको दुरुपयोग गरेको, सार्वजनिक कोषको रकम खर्च गरेको, व्यापारीहरुसँग फाइदा लिएको लगायतका अभियोगहरू लगाइएको छ ।

भ्रष्टाचारको अभियोगमा पक्राउ पर्नेमा उहाँ दोस्रो शीर्ष नेता हुनुहुन्छ । यसअघि अर्का पूर्व प्रधानमन्त्री अहमद औयाहियालाई पनि भ्रष्टाचार गरेको अभियोगमा पक्राउ गरिएको थियो । अल्जेरियामा पछिल्लो समयमा भ्रष्टाचार विरोधी अभियान सशक्तरूपमा अगाडि बढेको र अभियानकै प्रभाव स्वरूप विशिष्ट व्यक्तिहरूलाई पनि पक्राउ गरिएको बताइएको छ ।