'इमो' मार्फत चिठ्ठा २५ लाख परेको भन्दै  ठगी गर्ने दुई पक्राउ

'इमो' मार्फत चिठ्ठा २५ लाख परेको भन्दै  ठगी गर्ने दुई पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  जेठ ३१, २०७६

मोरङ । चिठ्ठामा रु २५ लाख परेको भन्दै ठगी गर्ने  जनालाई प्रहरीले विहीबार पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका–११ बस्ने २३ वर्षीय निरज मरिक र मोरङ धनपालथान गाउँपालिका–६ बस्ने ३६ वर्षीय  श्रवण मलहाले इलाम जिल्ला इलाममाई नगरपालिका–८ बस्ने पासाङ शेर्पालाई ‘इमो’ मार्फत चिठ्ठा परेको छ भन्दै सन्देश पठाई रु एक लाख २० हजार ठगी गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक  घनश्याम श्रेष्ठले जानकारी दिनुभएकाे छ।

निजहरुले चिठ्ठा परेको भन्दै शेर्पालाई दस्तुर (कर) वापत पटक–पटक गरी मरिकको नाममा रु ४५ हजार र रु ७५ हजार गरी रु एक लाख २० हजार विराटनगरको एक बैंकको खातामा रकम पठाएपछि मरिक सम्पर्कविहीन भएका थिए ।

पक्राउ परेका मलाहा यसअघि विसं २०७५ पुस २६ गते यसरी नै ठगीमा पक्राउ परी जिल्ला अदालत मोरङबाट रु दुई लाख धरौटीमा छुटेका थिए । निजहरुलाई मुलुकी अपराध संहिता, २०७४ बमोजिम ठगीसम्बन्धी कसूरअन्तर्गत अनुसन्धान तथा कारवाही पक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ ।