चिलीमा ६.५ रेक्टर स्केलको भूकम्प

चिलीमा ६.५ रेक्टर स्केलको भूकम्प

लोकसंवाद संवाददाता  |  विदेश  |  जेठ ३१, २०७६

चिली । चिलीमा भूकम्पको झट्का महसुस गरिएको छ । कोक्विम्बोमा शुक्रबार ६.५ रेक्टर स्केलको भूकम्प गएको समाचार एजेन्सीले जनाएका छन् ।

भूकम्पको केन्द्रविन्दु कोक्विम्बोबाट १० किलोमिटर पश्चिममा र ८२ किलोमिटर गहिराइमा थियो । भूकम्पबाट जनधनको क्षति नभएको त्यहाँका सरकारी अधिकारीलाई उध्दृत गर्दै समाचार एजेन्सीले जनाएका छन् ।

कोक्विम्बोमा पछिल्लो पटक गत जनवरीमा ६.७ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यतिबेला भूकम्पको केन्द्रविन्दु कोक्विम्बोबाट १५ किलोमिटर दक्षिण-पश्चिममा र ५३ किलोमिटर गहिराइमा थियो ।

चिली विश्वको सबैभन्दा बढी भूकम्प जाने देश हो । सन् २०१० फेबु्रअरीमा चिलीमा ८.८ रेक्टर स्केलको भूकम्प गएको थियो, जसमा लगभग ५०० जनाको ज्यान गएको थियो ।