म्यूजिक भिडियो 'तिमी बिना पतझड बनेको छ जीवन' (भिडियोसहित)

म्यूजिक भिडियो 'तिमी बिना पतझड बनेको छ जीवन' (भिडियोसहित)

लोकसंवाद संवाददाता  |  समाज  |  जेठ ३२, २०७६

काठमाडौं । डा. डी आर उपाध्यायको नयाँ गीत ‘तिमी बिना पतझड बनेको छ जीवन ’ म्यूजिक भिडियाे सार्वजनिक गरिएकाे छ ।

गायक प्रमोद खरेलको स्वर, सागर अधिकारी ‘शरद’को सङ्गीत, देवेन्द्र नेवाको एरेञ्ज र महेश्वरमान राजभण्डारीको मिक्सिङररेकडिङ रहेको मधुर गीत ‘तिमी बिना भन्दै पतझड बनेको छ जीवन’ को म्यूजिक भिडियाे सार्वजनिक भएको हो ।

अजय वाइवाको निर्देशन रहेको गीतको भिडयोमा आयुषमा, लक्ष्मी, सुजन, विशेष र निश्चललाई फिचरिङ गरिएको छ । प्रकाश बुढाथोकीको छायाँकन, अजय वाइवाको ड्रोन रहेको गीतको भिडियोलाई सिताराम भट्टराईले सम्पादन गर्नु भएकाे छ । 

'तिमी बिना पतझड बनेको छ जीवन' को भिडियो यहाँ हेर्न सकिन्छ 

‘हिरो २०१९’बाट सम्मानित गीतकार डा. डीआर उपाध्यायले एकै साथ ७ गीति एल्बमका ३६ ओटा गीत एकै पटक सार्वजनिक गरेर मिराकल वल्र्ड रेकर्ड, इण्डिया स्टार वल्र्ड रेकर्ड, एक्सकुलुसिभ वल्र्ड रेकर्ड, जीनस वल्र्ड रेकर्ड र एभरेष्ट वल्र्ड रेकर्डको प्रमाण पत्र प्राप्त गरिसक्नु भएको छ । 

डी। आर उपाध्यायका ‘प्रणय’ ‘जखम’, ‘माउन्टेन मेलोडी’, ‘नसालु नजर’, ‘जोहो’, ‘अन्तराप’, ‘प्रतिनाद’, ‘सहेली’, ‘परिष्कृत’, ‘कृति’ र ‘पृथक’ जस्ता गीति एल्बम स्रोतारदर्शकमाझ आएका छन् । त्यस्तै उनका ‘अतिरिक्त’, ‘भाग्यचक्र’, ‘स्वार्थी’, ‘त्यागी’, ‘बज्रघात’, ‘अपवित्र छायाँ’, ‘बिटुली’ ‘दगाबाज’ र ‘अधुरो प्रेम’ जस्ता उपन्यास पाठकमाझ ल्याइसक्नु भएकाे छ ।