भारतमा माओवादीद्वारा प्रहरी सवार गाडीमा आक्रमण

५ प्रहरीको घटनास्थलमै मृत्यु

भारतमा माओवादीद्वारा प्रहरी सवार गाडीमा आक्रमण

लोकसंवाद संवाददाता  |  समाचार  |  असार १, २०७६

काठमाडौं । भारतको झारखण्ड राज्यमा पर्ने सरायकेला खरसांवा जिल्लामा शुक्रबार साँझ सशस्त्र माओवादी विद्रोहीले प्रहरी सवार गाडीमा आक्रमण गरेका छन् ।आक्रमणबाट पाँच प्रहरीको मृत्यु भएको छ । मर्नेमा दुई असई र तीन कन्स्टेबल छन् ।

प्रहरीका अनुसार घटना पश्चिम बंगालसँग जोडिएको तिरुलडी थाना क्षेत्रमा भएको हो ।आक्रमणमा परेका प्रहरी सवार गाडी झारखण्डका कुकडूमा लाग्ने साप्ताहिक हाट बजारबाट फर्किरहेको थियो । प्रहरी सवार गाडी बाटोमा पहिलेदेखि ढुकेर बसेका माओवादी छापामार को आक्रमणमा परेको थियो ।

झारखण्ड प्रहरी प्रवक्ता र एडीजीएमएल मीणाले घटनाको पुष्टि गरेका छन् ।आक्रमणमा पाँच प्रहरीको घटनास्थलमै मृत्यु भयो । आक्रमण पछिल्लो एक महिनामा माओवादीहरुको चौथो आक्रमण हो ।

यस अघि मे २८ मासरायकेला खरसांवा जिल्लाको कुचाईमा माओवादी विद्राहीले बारुदी धराप विस्फोट गराएका थिए । त्यस घटनामा झारखण्ड प्रहरी र सीआरपीएफका २६ जवान घाइते भएका थिए । याे समाचार कान्तिपुबाट साभार गरिएकाे हाे ।