परिकारः  स्वादिलो चिकेन विङ्स

परिकारः  स्वादिलो चिकेन विङ्स

लोकसंवाद संवाददाता  |  जीवनशैली  |  असार १, २०७६

२० औं शताब्दीको उत्तरार्धपछि मात्रै चिकेन ‘डाइट’का रूपमा खान थालिएको पाइन्छ । नेपालमा भने केही पछि मात्रै यसलाई ‘डाइट’का रूपमा खान थालिएको हो । यो मासुका अन्य आइटमभन्दा सर्वसुलभ हुनुका साथै सर्वप्रिय पनि छ । यस्तै, यो रातो मासुभन्दा तुलनात्मक रूपमा स्वस्थ्यकर पनि मानिन्छ । चिकेनमा कोलेस्टोर तथा स्याचुरेटेड फ्याट कम हुन्छ । यसकारण पछिल्लो समय यसको माग बढिरहेको छ । चिकेनलाई बेकिङ, ग्रिलिङ, बार्केक्यु, फाई, वोइल्ड गरेर अनेक डिस तयार गरिन्छ । 

यसमध्येको एक हो– चिकेन विङ्स । पछिल्लो समय नेपालमा पनि यसलाई निकै रुचाइएको पाइन्छ । 

केही दिनअघि हाउस अफ विङ्समा काठमाडौं, कोटेश्वरका प्रदीप चिकेन विङ्स स्वाद आफूलाई निकै मनपरेको बताउँछन् । ‘अन्तभन्दा यहाँ विङ्सको स्वाद युनिक छ, त्यही भएर यहाँ दोस्रो पटक आएको हुँ,’ उनले भने । 

ग्राहक दिनप्रतिदिन बढ्न थालेपछि विङ्सका परिकार बनाउने रेस्टुरेन्ट पनि धमाधम खुलिरहेका छन् । 

दुई महिनाअघि मात्रै काठमाडौंको झोंछेमा हाउस अफ विङ्स नामक रेस्टुरेन्ट सञ्चालन भएको छ । रेस्टुरेन्टको मुख्य परिकार चिकेन विङ्स रहेको सञ्चालिका आयुशा श्रेष्ठ बताउँछिन् । 
रेस्टुरेन्टमा ग्राहक आउने क्रम उत्साहप्रद भएको बताउँछिन् । ‘गुलल रिभ्युमा ग्राहकको राम्रो रेस्पोनन्स आइरहेको छ,’ आयुशाले भनिन् । 

उनका अनुसार रेस्टुरेन्टमा विङ्सबाहेक राइस बाउल, हाउस ब्रेड पिजा, मम बढी मन पराइएका डिस हुन् ।

उनी परिकारको क्वालिटीप्रति पनि सचेत छिन् । ‘हामीले जुन टेस्ट दिन खोजेका थियौं त्यसमा सफल भएका छौं । अबका दिनमा टेस्ट र क्वालिटीको कन्सिस्टेन्सीलाई मेन्टेन गर्नुछ,’ उनले भनिन् । 
ग्राहकको स्वास्थ्यप्रति आफूहरू सचेत रहेको उनको भनाइ छ । उनले भनिन्, ‘हेल्थ नै वेल्थ भन्ने हाम्रो स्लोगन हो । त्यही भएर तेल, मसला तयारीमा विशेष ध्यान दिने गरेका छौं ।’

चिकेन विङ्स बनाउने तरिका 

सामग्री 

चिकेन विङ्स– ६ पिस 

अदुवा र लसुनको पेस्ट– ५ ग्राम

ओस्चेस्टर सस– १० ग्राम

अण्डा– १ वटा 

बेडक्रम– १०० ग्राम 

नुन– स्वादअनुसार । 

विधि 

यो सर्भ गर्नका लागि तयार भयो 

चिकेन विङ्सलाई लाइट मिल वा बार फुडका रूपमा पनि सर्भ गर्ने गरिन्छ । यसको सस विशेष प्रकार हुन्छ, जसमा भिनेगर बेस्ड पिपर र मेल्टेड बटर हालिएको हुन्छ । यो तात्तातै ग्रिन सलाद राखेर सर्भ गरिन्छ ।

काठमाडौंमा इन्ट्रोड्युस भएको कुनै पनि नयाँ मेनु आम ग्राहकसम्म पुगिहाल्छ । चाहे त्यो पिज्जा होस् वा रोल । पिज्जा र रोल पपुलर भएजस्तै चिकेन विङ्स पनि नेपाली ग्राहकमाझ पपुलर छ । साँझको एक दुई घण्टाको आरामदायी बसाइमा अर्डर गरिने स्न्याक्समा अचेल विङ्स पनि अनिवार्यजस्तै भएको छ ।

गर्मीयाममा चिसो बियरसँग क्रिप्सी फ्राइड विङ्स स्न्याक्सको कम्बिनेसन गजबको हुन्छ । त्यस्तै, कोल्ड कफी वा चिया पनि चिकेन विङ्ससँग स्विटेबल हुन्छ ।