इग्ल्याण्डका कप्तान मोर्गनद्वारा एक पारीमा सर्वाधिक छक्काको कीर्तिमान

इग्ल्याण्डका कप्तान मोर्गनद्वारा एक पारीमा सर्वाधिक छक्काको कीर्तिमान

लोकसंवाद संवाददाता  |  खेलकुद  |  असार ३, २०७६

काठमाडौं । इग्ल्याण्डका कप्तान इयान मोर्गनले एकदिवसीय क्रिकेटमा एक पारीमा सर्वाधिक छक्का प्रहार गरेका छन् ।

इग्ल्याण्डमा जारी विश्वकप प्रतियोगिताअन्तर्गत मंगलबार अफगानिस्तानविरुद्धको खेलमा उनले सो कीर्तिमान कायम गरेका हुन् । उनले उक्त खेलमा १७ छक्का प्रहार गरे ।

यसअघि यो कीर्तिमान संयुक्तरूपमा भारतका रोहित शर्मा, वेस्ट इण्डिजका क्रिस गेल र साउथ अफ्रिकाका पूर्वक्रिकेटर एभी डिभिलियर्सको नाममा थियो । उनीहरूले एक पारीमा १६ छक्का प्रहार गरेका थिए ।