‘जन आक्रोश’ म्युजिक भिडियो  सार्वजनिक

काठमाडौँ । योगेश काजी र योङ्ग मिनिस्टरको स्वरमा रहेको हिपहप शैलीको गीत ‘जन आक्रोश’ सार्वजनिक गरिएको छ । योङ्ग मिनिस्टरको शब्द, योगेशको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो ।

विक्रम आदित्य शाहको निर्देशन रहेको गीतको भिडियोमा योगेश र योङ्ग मिनिस्टरकै अभिनय रहेको छ । वीरेन्द्र भाट विपिनले छायाङ्कन गरेको भिडियोलाई विक्रम आदित्य शाहले सम्पादन गर्नुभएको छ ।  गीतमा राजनीतिक वङ्ग्यलाई समेत प्रस्तुत गरिएको छ ।

‘जन आक्रोश’ म्युजिक भिडियो यहाँ सुन्न सकिन्छ

योगेशको पछिल्लो समय सार्वजनिक भएको गीत ‘एसेलुको पात...’ले चर्चा पाइरहेको बेला उनले नयाँ गीत ‘आक्रोश’ स्रोता÷दर्शकमाझ ल्याउनु भएको हो । 

आफ्ना अन्य गीत जस्तै ‘जन आक्रोश’ले पनि स्रोता / दर्शकको माया पाउनेमा आफू आशावादी बताउनु भएको छ । 

‘हामीले वर्तमान देशको अवस्थालाई हिपहप शैलीको गीत मार्फत प्रस्तुत गर्न खोजेका हौ, देशमा बढ्दै गएको विकृति विसङ्गतिलाई उजागर गर्ने प्रयास हो’, योगेशले भन्नुभयो ।