कोपा अमेरिकाः ब्राजिल बराबरीमा रोकियो

कोपा अमेरिकाः ब्राजिल बराबरीमा रोकियो

लोकसंवाद संवाददाता  |  खेलकुद  |  असार ४, २०७६

रियो डे जेनेरियो — कोपा अमेरिकामा आयोजक ब्राजिलले भेनेजुएलासँग मंगलबार गोलरहित बराबरी खेलेको छ ।

समूह ए को यो खेलपछि ब्राजिल चार अंकसहित शीर्ष स्थानमा छ । 

ब्राजिलले खेलका अवधिमा केही राम्रा मौका सिर्जना नगरेको होइन तर त्यो अवसरलाई गोलमा परिणत गर्न नसक्दा भेनेजुएलासँग  गोलरहित बराबरीमा रोकियो । 

यसअघि यसै समूहको अर्को खेलमा पेरुले भेनेजुएलालाई ३–१ ले हरायो।

जितपछि पेरुको पनि चार अंक भएको छ । पेरु, ब्राजिलपछि लिग तालिकाको दोस्रो स्थानमा छ।