न्युजिल्याण्डविरुद्ध पहिले ब्याटिङ गर्दै साउथ अफ्रिका

न्युजिल्याण्डविरुद्ध पहिले ब्याटिङ गर्दै साउथ अफ्रिका
रन लिने प्रयासमा हासिम अमला र क्विन्टन डि कक । तस्बिर : आइसिसी-क्रिकेट डट कम

लोकसंवाद संवाददाता  |  खेलकुद  |  असार ४, २०७६

काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज साउथ अफ्रिका र न्युजिल्याण्ड प्रतिष्पर्धा गरिरहेका छन् ।

अहिले साउथ अफ्रिका टस हारेर ब्याटिङ गरिरहेको छ । ७ ओभरको खेल सकिँदा साउथ अफ्रिकाले १ विकेट गुमाएर २२ रन जोडेको छ । हासिम अमला १३ र कप्तान फाप डु प्लेसिस ४ रनमा खेलिरहेका छन् ।

साउथ अफ्रिकाले पहिलो विकेटका रूपमा क्विन्टन डि ककलाई गुमाएको छ । उनी ५ रनको व्यक्तिगत स्कोरमा ट्रेन्ट बोल्टको बलमा आउट भएका हुन् ।

वर्षाका कारण मैदान भिज्दा निर्धारित समयभन्दा ढिलो सुरु भएको उक्त खेल ४९–४९ ओभरमा खेलाइन लागिएको छ ।