भारतीय टोलीमा पन्त इन, धवन आउट

भारतीय टोलीमा पन्त इन, धवन आउट
शिखर धवन (बायाँ) र रिषभ पन्त ।

लोकसंवाद संवाददाता  |  खेलकुद  |  असार ४, २०७६

काठमाडौं । भारतीय टिमका प्रारम्भिक ब्याट्सम्यान शिखर धवन चोटका कारण विश्वकपबाट बाहिरिएका छन् ।

अस्ट्रेलियाविरुद्धको खेलमा ब्याटिङ गर्दा औंलामा चोट लागेपछि उनी विश्वकपबाट बाहिरिएका हुन् । उनी मध्य जुलाईमा मात्रै पूर्ण रूपमा फिट हुने बताइएको छ ।

औंलाको चोटका कारण उनले पाकिस्तानविरुद्ध खेल्न सकेनन् ।

धवनको स्थानमा रिषभ पन्तलाई टिममा राखिएको भारतीय क्रिकेट बोर्ड बिसिसिआईले जनाएको छ । पन्त यसअघि नै ब्याकअप खेलाडीका रूपमा इग्ल्याण्ड पुगिसकेका छन् ।

यो समाचार दैनिक जागरण डट कममा छ ।